ढाँचा:इतिहासमा आज/१, सेप्टेम्बर
स्वरूप
मुसफिकुर रहिम (सन् १९८८)
- वि.सं. १९७१ (सन् १९१४) - रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो।
- वि.सं. १९८० (सन् १९२३) - जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो।
- वि.सं. २०१९ (सन् १९६२) - संयुक्त राज्यले पृथ्वीको जनसङ्ख्या ३ अर्व पुगेको घोषणा गरेको थियो।
- वि.सं. २०२६ (सन् १९६९) - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए।
- वि.सं. २०४८ (सन् १९९१) - उज्बेकिस्तानले सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- वि.सं. २०६१ (सन् २००४) - इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो।