नौमुठे गाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नौमुठे गाई या अछामी गाई नेपालमा पाइने सानो जातको गाई हो [१] । यो गाईको प्रजाति लोपोन्मुख स्थितीमा रहेको छ [२]। यस गाईको प्रजातिलाई 'नौमुठे गाई' भनिनुको कारण यसको उचाई लगभग नौमुठी हुनु हो । यो गाईको प्रजाति नेपालको अछाम जिल्लामा पाइन्छ । साथै यो गाईलाई छोरीको विवाहमा दाइजो स्वरूप दिने चलनले गर्दा अन्य जिल्लाहरूमा समेत पाइन्छ ।[३]

महत्त्व[सम्पादन गर्नुहोस्]

यो गाई सानो रहेकोले पाल्न सहज हुने मानिन्छ । यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दुध दिन्छन् । धार्मिक पर्व तथा तिर्थ ब्रतमा यसको आवश्यक मानिन्छ । यस प्रजातिको गाईको दुध तथा गहुँतलाई औषधि जन्यरूपमा पनि लिइन्छ ।

पाइने स्थान[सम्पादन गर्नुहोस्]

नेपालको अछाम जिल्ला [४], बाजुरा [५] जिल्ला लगायत नेपालको मध्य पश्चिमी भेग ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 10 Sep 2017, "गौ पूजाका लागि ‘नौ मुठे’ गाई", http://ujyaaloonline.com, Ujyalo News Network, अन्तिम पहुँच १० Sep २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २०१६ मिति
  2. Sanjib, Chaudhary (१० सेप्टेम्बर २०१७), "संसारकै सबैभन्दा सानो प्रजातिको गाईको सङ्ख्या घट्दो", Global Voices, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 
  3. "नौमुठे गाईको उचति संरक्षण नहुँदा लोप हुने चिन्ता", मेचिकाली डट कम [dead link]
  4. "विश्वकै होचो गाई लोपोन्मुख", सोलु अनलाइन, १० सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ [dead link]
  5. "बाजुरामा नौ मुठे गाई लोपउन्मुख अवस्थामा", नेपाली किसान, १० Sep २०१७, अन्तिम पहुँच १० Sep २०१७ [dead link]

बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]