विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/फेब्रुअरी २०१५
स्वरूप
- २६ फेब्रुअरी २०१५
- राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले आफ्नी प्रेमिका प्राप्ती राज्यलक्ष्मी राणासंग विवाह गरेका हुन् । (नागरिक दैनिक)
- २३ फेब्रुअरी २०१५
- काठमाडौंको वसन्तपुर स्थित एक ट्युसन सेन्टरभित्र कक्षामा रहेका २ किशोरीहरुमाथि मास्क लगाएर आएका एक व्यक्तिबाट एसिडको बोत्तल प्रहार भएको छ । एसिड लागेर १६ वर्षीया संगीता मगर र १५ वर्षीया सीमा बस्नेत घाइते भएका छन् । (कान्तिपुर समाचार)
- २१ फेब्रुअरी २०१५
- सौगात विष्टले संसारकै सबैभन्दा कान्छा फिल्म निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्ड प्राप्त गरेका छन् । सात वर्ष तीन सय चालीस दिनको उमेरमा सौगातले आफू निर्देशित फिल्म 'लभ यु बाबा' प्रदर्शनमा ल्याएका थिए । (कान्तिपुर समाचार)
- १४ फेब्रुअरी २०१५
- २०१५ क्रिकेट विश्वकप आरम्भ भएको छ । (कान्तिपुर समाचार)
- १० फेब्रुअरी २०१५
- भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले बहुमत ल्याएको छ। कुल ७० सिट रहेको दिल्ली विधान सभमा आपले ६७ सिटमा विजय प्राप्त गरेको छ। (नागरिक दैनिक)