बारा (खाना)
स्वरूप
उत्पत्ति स्थान | नेपाल |
---|---|
मुख्य सामग्रीहरू | मासको दाल |
बारा मास वा मुगीको दालबाट बनाइने रोटी हो। बारालाई तेलमा फ्राई गरेर बनाइन्छ । यसलाई वोह भनेर नेवारी समुदायमा चिनिने गर्दछ। परम्परागत रूपमा बारा सिलौटामा पिसेको मासको वा मुगीको दालबाट बनाइने गरिन्थ्यो।[१] नेवारी समुदायमा बाराको ठूलो महत्त्व रहेको छ भने पूजा देखि भोज भतेरहरूमा यसको प्रयोग हुने गर्दछ। विजया दशमीको हरेक दिन मासु विनाको बारा तयार गरेको बिहान नभेद्याको रूपमा भगवानलाई चढाउने गरिन्छ।