थ्वं
स्वरूप
उत्पत्ति स्थान | नेपाल |
---|---|
मुख्य सामग्रीहरू | चामल |
थ्वं (अङ्ग्रेजी: Thwon) एक प्रकारको मदिरा युक्त पेय पदार्थ हो । यो नेवारी समुदायमा पर्वहरू तथा उत्सवमा बनाउने गरिन्छ । यसलाई चामलबाट बनाउने गरिन्छ । यो एक प्रकारको स्थानिय बियर हो । सामान्यतया यसलाई भातको बियर भनिने गरिन्छ । नेवारी समुदायमा विशेष पर्वको लागि थ्वं घरमा तयार गर्ने गरिन्छ । यसको रंग सेतो हुन्छ भने यसको स्वाद अयला भन्दा गुलियो हुने गर्दछ ।
प्रकार
[सम्पादन गर्नुहोस्]थ्वं दुई प्रकारको हुने गर्दछ;
- रातो थ्वं
- सेतो थ्वं