समय् बजि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समय् बजि
समय् बजि
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यकाठमाडौँ
मुख्य सामग्रीहरूचिउरा, छोइला, आलु, अचार, बारा, माछा, अण्डा, साग, भटमास, लसुन, अदुवा, अयला

समय् बजि (नेवारी: समय् बजि) नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपालमा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ । यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार श्राद्धमा समेत खुवाइने गरिन्छ । यो परिकार खुवाउनको लागि कुनै विशेष पर्व वा चाड हुनु पर्दैन, यो परिकारको सजिलो भएकोले वर्ष भरि नै यसलाई खानाको रूपमा प्रयोग गर्ने गरिन्छ । समय् बजि नेवारी समुदायको हरेक कार्यक्रममा प्रयोग हुने गर्दछ ।

समय् बजिको नेवारी शाव्दिक अर्थ नास्ताको रूपमा खाइने चिउराको परिकार हुन्छ । पहिले पहिले पाहुना आएको बेला नास्ताको रूपमा खुवाइने परिकार समय् बजि हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]