विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/क्रिस्टियानो रोनाल्डो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्रिस्टियानो रोनाल्डो[सम्पादन गर्नुहोस्]

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पोर्चुगल राष्ट्रिय फुटबल टिम तथा रियल म्याड्रिडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन् । उनले सन् २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनले सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका थिए।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल सङ्घद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने एकमात्र खेलाडी हुन। उनलाई सन् २०१६ मा इएसपिएन र फोर्ब्सले सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:१६, २९ अगस्त २०१७ (युटिसी(UTC))


समुदायको मतदानको आधारमा प्रमुख लेख निर्वाचित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५६, ३१ अगस्त २०१७ (युटिसी(UTC))