रणजीत कुँवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री काजी
रणजीत कुँवर
जुम्लाको बडाहाकिम
व्यक्तिगत विवरण
जन्मसन् १८५३
गोरखा
मृत्युगवेश्वर, काँगडा, भारत
सन् १८१५
नातारामकृष्ण कुँवर (पिता)
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल-भोट युद्ध

रणजीत कुँवर नेपाली काजी तथा सैनिक अधिकारी थिए। उनी सुरूवाती जुम्लाको बडाहाकिम थिए । उनले नेपाल एकीकरणको युद्धमा सन् १७७५ मा उपरदाङ्ग र सोमेश्वरको विजय सक्रिय भूमिका निभाएका थिए । त्यस्तै सन् १७८१ मा तनहुँ, कास्की र लम्जुङ्गलाई नेपालमा गाभ्न उनले पनि भूमिका निर्वाह गरेका थिए ।[१] उनले श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वमा नेपाल-तिब्बत युद्धमा भाग लिएका थिए । उनी अभिमान सिंह बस्नेतसँग पछिल्ला फौजमा आइ युद्ध लडेका थिए ।[२] सन् १८०४ मा उनलाई काजी बनाइएको थियो । सन् १८०८ मा काँगडा पुगेका थिए । सन् १८१५ मा ६२ वर्ष को उमेरमा गवेश्वर, काँगडामा घाइते भै मृत्यवरण गरे ।[१]

परिवार[सम्पादन गर्नुहोस्]

उनी सरदार रामकृष्ण कुँवरका एक्ला छोरा हुन् । उनको जन्म सन् १७५३ मा भएको थियो । उनका तीन छोरा थिए: बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त बहादुर कुँवर । उनका नाति जंगबहादुर राणाले राणा वंशको उदय गराएका थिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]