प्रयोगकर्ता:Abhasdr
अाभास धरानन्द राजोपाध्याय
[सम्पादन गर्नुहोस्]एम्.फिल्. (अङ्ग्रेजी) *, एम्.ए. / स्नातकोत्तर (मानवशास्त्र, २०७४), एम्.ए.एम्.सी.जे. / स्नातकोत्तर (अामसञ्चार तथा पत्रकारिता, पूर्वाञ्चल विश्वविद्यालय सर्वोत्कृष्ट २०७०)
काठमाडाैँ, नेपाल
अाभास धरानन्द राजोपाध्याय हाल काठमाडाैँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजको अामसञ्चार तथा पत्रकारिता विभागका शिक्षक हुन् । विश्वविद्यालयकै सर्वोत्कृष्टका रूपमा ४.०० मा ४.०० सी.जी.पी.ए.को सर्वोत्कृष्ट नतिजा सहित उनले पूर्वाञ्चल विश्वविद्यालय स्वर्ण पदक २०१३ लगायत तीन स्वर्ण पदक पाएका थिए । उनी नेपालका सम्माननीय राष्ट्रपतिबाट नेपाल विद्याभूषण 'ख'बाट विभूषित भइसकेका छन् । राजोपाध्याय पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एम्.फिल्. गर्दै छन् भने उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । उनले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको एक अायोजनामा सहयोगी अनुसन्धाताका रूपमा कार्य गरिसकेका छन् । उनी नेवाः संकिपा समाजका कार्यकारी सदस्य पनि हुन् । उनको अनुसन्धान अभिरुचिहरूमा लोकवार्ता, किंवदन्ती, मिडिया, सांस्कृतिक मानवशास्त्र, रीतिरिवाज, जात्रा, माैखिक इतिहास, नेवार अध्ययन अादि पर्दछन् । उनले वि.सं. २०६३ देखि अमलेख साप्ताहिकमा सात वर्षसम्म सह-सम्पादकका रूपमा कार्य गरेका थिए । उनका विभिन्न लेखहरू राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा प्रकाशित छन् भने लोकवार्ता सम्बन्धित केही कार्यपत्रहरू राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मलेनहरूमा प्रस्तुत गरिसकेका छन् ।
शैक्षिक उपलब्धि
[सम्पादन गर्नुहोस्]- २०७५ = एम्.फिल्. (अङ्ग्रजी), काठमाडाैँस्थित Institute for Advanced Communication, Education & Research (IACER) कलेजबाट
- २०७४ = एम्.ए. / स्नातकोत्तर (मानवशास्त्र), काठमाडाैँस्थित त्रिचन्द्र क्याम्पसबाट
- २०७० = एम्.ए.एम्.सी.जे. / स्नातकोत्तर (अामसञ्चार तथा पत्रकारिता), काठमाडाैँस्थित कान्तिपुर सिटी कलेजबाट
सम्बद्धता
[सम्पादन गर्नुहोस्]- शिक्षक, एम.ए.एम.सी.जे. (अामसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर), कान्तिपुर सिटी कलेज (पूर्वाञ्चल विश्वविद्यालयसँग अाबद्ध)
- सम्पादक, के.सी.सी. मिडिया जर्नल, कान्तिपुर सिटी कलेजको अामसञ्चार तथा पत्रकारिता विभागबाट प्रकाशित
- स्वतन्त्र अनुसन्धाता (संस्कृति, इतिहास, सांस्कृतिक मानवशास्त्र, रीतिरिवाज, जात्रा)
- अाजीवन सदस्य, अर्को पुस्ता कार्यक्रम, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार
- अाजीवन सदस्य, नेवाः संकिपा समाज
रुचि
[सम्पादन गर्नुहोस्]सम्पदा, जीवन्त सांस्कृतिक सम्पदा, संस्कृति, इतिहास, सांस्कृतिक मानवशास्त्र, दक्षिण एसियाली अध्ययन, नेवार अध्ययन, सञ्चार, लोकवार्ता, किंवदन्ती, माैखिक इतिहास, अामसञ्चार
प्राज्ञिक प्रकाशन/कार्यपत्र
[सम्पादन गर्नुहोस्]- २०७५ = "Dharahara vs. Kasthamandap News Coverage Post 2015 Gorkha Earthquake" विष्ट, जनार्दन । (सं.)। KCC Media Journal । २ः१ । काठमाडाैँ : अामसञ्चार तथा पत्रकारिता विभाग, कान्तिपुर सिटी कलेज । पृ. । [प्रेसमा]
- २०७४ =
- २०७३ =
- २०७२ = "Heritage Information in the vaṃśāvalīs: Examples from the Gopālarājavaṃśāvalī". पाठक, एकराज । (सं.) । KCC Media Journal । १ः१ । काठमाडाैँ : अामसञ्चार तथा पत्रकारिता विभाग, कान्तिपुर सिटी कलेज । पृ.३७-४२ ।
पदक/सम्मान
[सम्पादन गर्नुहोस्]- २०७२ = नेपाल विद्याभूषण 'ख' नेपालका सम्माननीय राष्ट्रपतिबाट
- २०७० = पूर्वाञ्चल विश्वविद्यालय स्वर्ण पदक, २०१३
- २०७० = नारायण प्रसाद कोइराला स्वर्ण पदक, २०१३
- २०७० = अोम प्रकाश गोयल स्वर्ण पदक, २०१३