ब्रि बेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रि बेला
२०१६ अक्टोबरमा ब्रि बेला
वास्तविक नामब्रियाना मोनिक गार्सिया-कोलेस[१][२]
जन्म (1983-11-21) नोभेम्बर २१, १९८३ (उमेर ४०)[१]
सान डियागो,क्यालिफोर्निया अमेरिका[३][४]
जीवनसाथी(हरू)
बच्चा
परिवारनिक्की बेला (दिदी)
जोन लाउरिनाइटिस (बुवा)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्रि बेला
उचाई५ फिट ६ इन्च (१६८ सेमी)[५]
तौल१२३ पाउन्ड (८ स्टोन ११ पाउन्ड; ५६ किग्रा)[५]
प्रशिक्षकटम पिचार्डस्[१]
नेटालिया[६]
डब्ल्यूडब्ल्यूई प्रशिक्षण केन्द्र
पदार्पणसेप्टेम्बर १५,२००७

ब्रियाना मोनिक डेनियलसन (जन्म २१ नोभेम्बर १९८३) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, अभिनेत्री, मोडेल तथा व्यवसायी हुन्। उनी अहिले आफ्नो रिङ नाम ब्रि बेलाको रूपमा डब्ल्युडब्ल्युईमा हस्ताक्षर गरिकी छन्। उनी दुवै र स्म्याकडाउन ब्रान्डहरूमा प्रदर्शन गर्छन्।[७] उनी प्राय उनको जुम्लिया दिदी निक्की बेलासँग बेला जुम्ल्याहाको रूपमा देखा पर्छिन्। उनी एक-पटक डब्ल्युडब्ल्युई महिला विजेता भैसकेकी छिन्।

ब्रियाना र उनकी जुम्ल्याहा दिदी निकोलले सन् २००७ मा अमेरिकाको स्ट्यामफोर्ड स्थित व्यावसायिक कुस्तीको एक सक्रिय निकाय डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने निकोलको साथमा ब्रियानाले डब्ल्यूडब्ल्यूईको तत्कालीन विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ मार्फत व्यावसायिक कुस्ती कार्य जीवनको सुरुवात गरेकी थिइन् जसन फ्लोरिडाको टाम्पामा अवस्थित रहेको थियो। सन् २००७ सेप्टेम्बर १५ का दिन निकोलको साथमा ब्रियानाले फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा पर्दापण गरेका थिए भने उनीहरूको द बेला टुइन्सको रूपमन देखिएका थिए। उक्त सङ्घका लागि खेलिएको पहिलो खेलमा उनीहरूले नेटालिया र केसी भेनीलाई पराजित गर्न सफल भएका थिए। सन् २००८ मा ब्रियाना र निकोलको डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा पदोन्नति भएको थियो भने सन् २००८ अगस्ट २९ का दिन ब्रियानाले ब्रि बेलाको रूपमा डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा पर्दापण गरेकी थिइन् जहाँ उनले पहिलो खेलमा भिक्टोरियालाई पराजित गरेकी थिइन्। सन् २०११ अप्रिल ११ का दिन ब्रिले इभ टोरेजलाई डब्ल्यूडब्ल्यूई डिभास उपाधिका लागि आयोजित खेलमा टोरेजलाई पराजित गर्दै पहिलोपटक डिभास विजेता बन्न सफल भएकी थिइन् जुन उनको डब्ल्यूडब्ल्यूईमा पहिलो उपाधि जित थियो। सन् २०१२ मे १ का दिन निकी र ब्रिले स्वतन्त्र सर्किट कुस्तीमा पर्दापण गरेका थिए भने सन् २०१३ मा उनीहरू पुनः डब्ल्यूडब्ल्यूईमन फिर्ता भएका थिए। सन् २०१४ मा ब्रि र स्टेफ्नी म्याकमेन बीच द्वन्द्वको सुरुवात भएको थियो भने सन् २०१४ मा आयोजित समरस्ल्याम नामक एक वार्षिक कार्यक्रममा स्टेफिनीले ब्रिलाई पराजित गरेकी थिइन् जुन खेलमा ब्रिकी दिदी निकीले उनलाई आक्रमण गर्दै विश्वलाईनै चकित पारेकी थिइन्। सन् २०१४ को अन्त्यतिरनिकी र ब्रिले एलिसा फक्ससँगको सहकार्य द टिम बेलाको स्थापना गरेका थिए भने उनीहरूको विभिन्न महिला कुस्ती खेलाडीहरूको टोलीसँग द्वन्द्वको सुरुवात भएको थियो। सन् २०१८ देखि ब्रले डब्ल्यूडब्ल्यूईमा फाट्टफुट्ट उपस्थिति जनाउँदै आएकी थिइन् भने त्यसपछिका दिनहरूमा द बेला टुइन्सको रूपमा देखा परेकी ब्रिले सन् २०१९ मा कुस्तीबाट सन्यास लिएकी थिइन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

ब्रियाना मोनिक गार्सिया कोलेसको जन्म सन् १९८३ नोभेम्बर २१ का दिन अमेरिकाको क्यालिफोर्निया स्थित सान डियागमा भएको थियो भने उनी फिनेक्स, एरिजोनामा हुर्किएकी थिइन्।[८] ब्रियानाको जन्म उनको दिदी निकोल भन्दा १६ मिनेट पछि भएको थियो।[८][९] ब्रियानाका बुबा आमाको नाम क्रमशः जोन गार्सिया र क्याथी कोलेस हो।[९][१०] ब्रियाना मेक्सिकी र इटालेली वंशकी हुन्। विद्यालयकालमा उनी र उनकी दिदी निकोलले स्कोटडेल क्लबका लागि फुटबल खेल्ने गरेका थिए। सन् २००२ मा ब्रियाना सापाराल उच्च विद्यालयबाट स्नातक तह सम्पन्न गरेकी थिइन्।[९][११] ब्रियाना थप अध्ययन गर्नका लागि क्यालिफोर्नियाको सान डियागो पुगेकी थिइन् भने त्यसको १ वर्ष पछि उनी लस एन्जल्स फिर्ता भएकी थिइन् भने उनले त्यसमयस एक होटलमा सेवकको रूपमा काम गरेकी थिइन्।[१२] उनले त्यसपछि अभिनय र केही उत्प्रेरणादाय कामहरू गर्न सुरु गरेकी थिइन्। ब्रियाना पहिलोपटक राष्ट्रिय टेलिभिजद्वारा प्रसारित फक्स रियालिटी कार्यक्रममा देखा परेकी थिइन्।[१३] सन् २००६ मा निकोल र ब्रियाना अन्तर्राष्ट्रिय बडी डबल्स टुइन्स सर्च नामक एक प्रतियोगितामा भाग लिएका थिए। सन् २००६ मा डब्ल्यूडब्ल्यूईद्वारा आयोजित खेलाडी छनोट कार्यक्रममा ब्रि र निकीले पनि सहभागिता जनाएका थिए।[१४]

व्यावसायिक कुस्ती खेलजीवन[सम्पादन गर्नुहोस्]

अन्य सञ्चार माध्यमहरू[सम्पादन गर्नुहोस्]

डब्ल्यूडब्ल्यूईमा आवद्ध हुनु अगाडि ब्रि र निकोल मिट माई फल्क्स नामक एक कार्यक्रममा देखा परेका थिए।[१५] ब्रियाना र निकोल अमेरिकी साङ्गीतिक समूह अट्रिउको राइट साइड अफ द बेड नामक एक गीतको आधिकारिक सङ्गीत दृश्य चित्रमा देखा परेका थिए। सन् २०१४ मा उनीहरू अमेरिकी गायक ट्रेजको ना ना नामक एक गीतको आधिकारिक दृश्य चित्रमा देखा परेका थिए।[१६] सन् २०१२ को अक्टोबरमा निकोल र ब्रियानाले रिडिकुलसनेस नामक एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।[८][१७] सन् २०१४ मा, द साइको नाम एक अमेरिकी टेलिभिजन शृङ्खलाको अ नाइटमेअर अन स्टेट स्ट्रिट नामक एक भागमा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए।[१८][१९] सन् २०१३ को जुलाईमा डब्ल्यूडब्ल्यूईले निर्माण गरेको टोटल डिभास नामक एक वास्तविक टेलिभिजन कार्यक्रमका ब्रि र निकी मुख्य पात्र रहेका थिए भने उक्त कार्यक्रमका शृङ्खलाहरूमा केही पुरुष कुस्ती खेलाडीहरू पनि देखा परेका थिए जसमा डेनियल ब्रायन, जोन सिना, डल्फ जिग्लर आदि समावेश भएका थिए।[२०][२१] डब्ल्यूडब्ल्यूईद्वारा निर्माण गरिएको तथा इ! सञ्जाल मार्फत सार्वजनिक गरिएको टोटल डिभासमा निकी र ब्रिको साथमा नेटालिया, इभा मेरी, बेकी लिन्च, सार्लेट फ्लेयर, पेइज आदि देखा परेका थिए।[२२] सन् २०१६ अक्टोबर ५ का दिन निकी र ब्रिले टोटल बेलाज नामक वास्तविक टेलिभिजन कार्यक्रमको सुरुवात गरेका थिए जहाँ उनीहरूको घरायसी र कुस्ती बाहिरको जीवनलाई चित्रण गरिएको थियो। [२३] सन् २०१४ मा निकी र ब्रिल कोन्फेसन्स अफ क विमेनाइजर नामक एक चलचित्रमा देखा परेका थिए भने सन् २०१५ मा सार्वजनिक गरिएको द फाइन्टोन्स एन्ड डब्ल्यूडब्ल्यूई:स्टोन एज स्म्याकडाउन नामक एक चलचित्रमा आवाज दिएका थिए।[२४][२५] सन् २०१३ मे २४ का दिन सार्वजनिक गरिएको द जेबिएल एन्ड कोल सो नामक एक कार्यक्रममा निकी र ब्रि दुवैजनाले अतिथिको रूपमा उपस्थिति जनाएका थिए। मिस युएफको सन् २०१३ को शृङ्खलालामा निकी उक्त कार्यक्रमको एक निर्णायकको रूपमा रहेकी थिइन्।[२६] सन् २०१४ को एमटिभी युरोप सङ्गीत पुरस्कारमा निकी र ब्रि दुवै जनाले उपस्थिति जनाएका थिए जहाँ उनीहरूले उत्कृष्ट महिलाका लागि सङ्गीत पुरस्कार प्रस्तुत गरेका थिए।[२७] निकी र ब्रि दुवै जना सन् २०१५ को टिन च्वाइस पुरस्कारका लागि मनोनयनमा परेका थिए। सन् २०१६ को फेब्रुअरीमा ब्रि पेइज, नेटालिया र क्रिस्ली नोज बेस्ट नाटकका कलाकारहरूको साथमा ८८औँ एकेडेमी पुरस्कारमा उपस्थिति भएका थिए।[२८] सन् २०१६ मन निकी र ब्रिले च्वाइस महिला खेलाडी विधामा टिन च्वाइस पुरस्कार जित्न सफल भएका थिए। [२९]

सन् २०१६ नोभेम्बर २१ का दिन ब्रि र निकी बेलाले "द बेला टुइन्स" नामक एक युट्युब खाता सार्वजनिक गरेका थिए भने उक्त खाता मार्फत उनीहरू स्वयमले निर्माण गरेका सामग्रीहरू प्रस्तुत हुन्छन्।[३०] सन् २०१७ मार्च २ का दिन उनीहरू ह्वेन समवान ट्राइज टु स्टिल योर बिएफ नामक एक दृश्य चित्रमा देखा परेका थिए।[३१] सन् २०१७ नोभेम्बर १ का दिन निकी र ब्रिले बर्डिबी नामक एक ब्रान्डको स्थापना गरेका थिए। द बेला टुइन्स हालसम्म ११ डब्ल्यूडब्ल्यूई भिडिओ खेलहरूमा देखा परेका छन्।[३२] द बेला टुइन्सले सन् २०१० मा स्म्याकडाउन भर्सेस नामक एक खेल मार्फत डब्ल्यूडब्ल्यूई भिडिओ खेल जगतमा पर्दापण गरेका थिए भने उनीहरू यससँगै डब्ल्यूडब्ल्यूई '१२ (डिएलसी), डब्ल्यूडब्ल्यूई '१३, डब्ल्यूडब्ल्यूई २के१४ (डिएलसी), डब्ल्यूडब्ल्यूई २के१५, डब्ल्यूडब्ल्यूई २के१६, डब्ल्यूडब्ल्यूई २के१७, डब्ल्यूडब्ल्यूई २के१८, डब्ल्यूडब्ल्यूई २के१९, डब्ल्यूडब्ल्यूई २के२० मा देखा परिसकेका छन्।[३३][३४]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा ब्रिले उनी समकक्षी पुरुष कुस्ती खेलाडी डेनियल ब्रायनसँग विवहाको प्रतिज्ञा भैसकेकोको कुरा सार्वजनिक गरेकी थिइन्।[३५] सन् २०१४ अप्रिल ११ का दिन ब्रि र ब्रायनको विवहा भएको थियो। ब्रायन र ब्रि दुवैजना शाकाहारी हुन्।[३६] सन् २०१६ अक्टोबर ५ का दिन ब्रिले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी थिइन् भने सन् २०१७ मे ९ का दिन उनीहरूको पहिलो सन्तानको रूपमा छोरी ब्रिडी जो जेनियलसनको जन्म भएको थियो।[३७] सन् २०२० जनवरी २९ का दिन ब्रिले आफू दोस्रोपटक गर्भवती भएको कुरा सार्वजनिक गरेकी थिइन् भने सोही दिन उनकी दिदी निकीले पनि आफू पहिलो सन्तानको साथमा गर्भवती भएक‍ कुरा सार्वजनिक गरेकी थिइन्।[३८][३९] ब्रिले सन् २०२० अगस्ट १ का दिन बडी डिजर्ट डेनियलसनलाई जन्म दिएकी थिइन्।[४०][४१]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "द बेला टुइन्स", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच मार्च ३१, २००९ 
  2. "बेला टुइन्सको आधिकारिक वेबसाइट", NicoleandBrianna.com, मूलबाट अप्रिल १८, २०१२-मा सङ्ग्रहित। 
  3. "द बेला टुइन्स", विजार्ड इन्टरनेन्मेन्ट, मूलबाट जुन १९, २०१५-मा सङ्ग्रहित। 
  4. "निक्की बेलाको जानकारी", प्रोफाइट, अन्तिम पहुँच जुन १९, २०१५ 
  5. ५.० ५.१ "ब्रि बेलाको जानकारी", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर १३, २००९ 
  6. "टेटल डिभाजको एक शृङ्खला -२८ जुलाई २०१३", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जुलाई २८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १०, २०१७ मिति
  7. Bluestone, Gabrielle (जुलाई २०, २०२०), "'Total Bellas' Refuse to Be Knocked Out by Quarantine", द न्यु योर्क टाइम्स, अन्तिम पहुँच अगस्ट २७, २०२० 
  8. ८.० ८.१ ८.२ Hyson, Sean, "HOW THE WWE'S BELLA TWINS BECAME SPORTS PERFORMERS", Muscle & Fitness, अन्तिम पहुँच मार्च ४, २०१६ 
  9. ९.० ९.१ ९.२ Finnerty, Megan (मार्च १७, २०१०), "Scottsdale-raised Bella Twins enjoying their WWE success", The Arizona Republic, अन्तिम पहुँच डिसेम्बर १०, २०१३ [dead link]
  10. "Nikki Bella Bio", World Wrestling Entertainment, अन्तिम पहुँच अक्टोबर १३, २००९ 
  11. Adelson, Andrea (मार्च २४, २००८), "The road to WrestleMania might start in Tampa", Newsday, अन्तिम पहुँच मार्च ३१, २००९ 
  12. "Bella Twins: WWE Divas", rightpundits.com, नोभेम्बर १९, २००८, मूलबाट जनवरी १, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३१, २००९  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १, २०११ मिति
  13. "Body Doubles International Twins Search Finals Where the Most Beautiful Twins in the World Will be Announced", Press Release Newswire, मे १८, २००६, अन्तिम पहुँच मार्च ३१, २००९ 
  14. "The Garcia Twins: WWE's Newest Divas", rightpundits.com, अगस्ट १०, २००७, मूलबाट सेप्टेम्बर ५, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३१, २००९ 
  15. "Atreyu - Right Side of the Bed", अक्टोबर ३, २०११ – YouTubeद्वारा। 
  16. "The Bella Twins on MTV", MTV, अन्तिम पहुँच अक्टोबर १, २०१२ 
  17. "The Bella Twins guest star on USA Network's 'Psych': photos", WWE, अन्तिम पहुँच मार्च ४, २०१६ 
  18. Caldwell, James (जुलाई १२, २०१३), "WWE News: WWE & E! announce "Total Divas" details, number of episodes, male cast members", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २०, २०१३ 
  19. Linda, Ge (अप्रिल १८, २०१६), "WWE's Bella Twins Get 'Total Divas' Spinoff Series (Video)", THE WRAP। 
  20. "Confessions of a Womanizer", NicoleandBrianna.com (official website), अन्तिम पहुँच डिसेम्बर १०, २०१३ 
  21. Kapur, Bob (नोभेम्बर ११, २०१३), "Total Divas: Rookie Eva Marie offends, Nikki Bella's patience ends, Ariane makes amends, and Nattie Neidhart needs Depends", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच नोभेम्बर १३, २०१३ 
  22. "The Bellas get SWEET on The JBL & Cole Show – Episode #26: May 24, 2013 (5:22)", WWE, जुन १०, २०१३, मूलबाट जुन ८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २४, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जुन ८, २०१३ मिति
  23. "Nikki Bella to be celebrity judge for Miss USA pageant", WWE, अन्तिम पहुँच जुन ११, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जुन १३, २०१३ मिति
  24. Nicholson, Barry (नोभेम्बर १०, २०१४), "Biffy Clyro and Slash honour Ozzy Osbourne and One Direction win big at MTV EMAs 2014 – full report", NME, अन्तिम पहुँच नोभेम्बर १२, २०१४ 
  25. Phull, Hardeep (नोभेम्बर १०, २०१४), "The best and worst moments of the 2014 EMAs", New York Post, अन्तिम पहुँच नोभेम्बर १२, २०१४ 
  26. "Teen Choice Awards 2015 Winners: Full List", भेराइटी।पत्रिका, अगस्ट १६, २०१५, अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  27. "Brie Bella, Paige and Natalya take on The Chrisley Family during 'E! Countdown to the Red Carpet: The 2016 Academy Awards'", WWE, फेब्रुअरी २८, २०१६, अन्तिम पहुँच फेब्रुअरी २९, २०१६ 
  28. "Nikki and Brie celebrate their birthday by launching "The Bella Twins" YouTube channel", WWE.com 
  29. Singh, Lilly (मार्च २, २०१७), "When Someone Tries to Steal Your BFF", YouTube, अन्तिम पहुँच मार्च २, २०१७ 
  30. "Sneak Preview: Bella Twins' New Wine", अगस्ट २१, २०१७। 
  31. "The Bella Twins launch Birdiebee", डब्ल्युडब्ल्युई, नोभेम्बर १, २०१७। 
  32. Siegel, Sarah, "The Bella Twins Are Throwing Down With Their New Bodycare Line", PopSugar, अन्तिम पहुँच जनवरी २९, २०१९ 
  33. WWE.com, Staff (डिसेम्बर ३, २०१३), "'WWE 2K14': New Downloadable Content available now!", WWE.com, अन्तिम पहुँच अक्टोबर ३०, २०१५ 
  34. Matthew, Artus (जुन २७, २०१६), "Superstars to be featured on WWE 2K17 roster", WWE.com, अन्तिम पहुँच अक्टोबर १, २०१६ 
  35. "Total Divas Brie Bella and WWE Superstar Daniel Bryan Get Engaged—See the Ring!", E! Online, सेप्टेम्बर २७, २०१३। 
  36. "News/Total Divas' Brie Bella and WWE Superstar Daniel Bryan Are Married—See the Wedding Pics!", E! Online, अप्रिल १२, २०१४, मूलबाट अप्रिल १२, २०१४-मा सङ्ग्रहित। 
  37. Guglielmi, Jodi (अप्रिल २४, २०१८), "Total Bellas' Brie Bella Talks Raising Daughter Birdie, 11 Months, as a Vegetarian", People, अन्तिम पहुँच फेब्रुअरी २१, २०१९ 
  38. "Brie Bella Is Pregnant! Total Bellas Star Is So Excited to Be Expecting Her First Child with Husband Daniel Bryan", E! Online, अक्टोबर ५, २०१६। 
  39. Barnett, Josh (मे १०, २०१७), "WWE's Brie Bella and Daniel Bryan welcome daughter Birdie Joe Danielson", USA Today, अन्तिम पहुँच अगस्ट २७, २०२० 
  40. "Brie and Nikki Bella Are Both Pregnant – and Due Less Than 2 Weeks Apart: 'It's Crazy!'", People (magazine), जनवरी २९, २०२०। 
  41. "It's a Boy! Brie Bella and Daniel Bryan Welcome Their Second Child", People (magazine), अगस्ट २, २०२०। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]