लाजको लाली (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"लाजको लाली"
उदितनारायण झामल्लिका कार्कीको एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई:३३
लेबलम्युजिक नेपाल
गीतकार(हरू)एसपी कोइराला
साङ्गीतिक भिडियो
"लाजको लाली" युट्युबमा हेर्नुहोस्

लाजको लाली एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो।[१] यस गीतमा स्वर पुरुष तर्फ नेपाली तथा हिन्दी गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल एवम् स्थापित गायक उदितनारायण झाको रहेको छ भने महिला तर्फ मल्लिका कार्कीको रहेको छ। यो उदितनारायण झाको गीति सङ्गालो उपमामा (उपहार दोस्रो) समावेश गीत हो।[२]

यस गीतमा छायाङ्कन धरज जङ्ग शाहले गरेका छन् भने सम्पादन मिलन रत्न बज्राचार्यले गरेका छन् र यस गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका हुन्। यस गीतमा शब्द एसपी कोइरालाको रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ सङ्गीतकार आलोक श्रीको रहेको छ। यस गीतमा श्रव्य/श्रव्य दृश्य म्यूजिक नेपाल प्रालिको रहेको छ। यसको सिआरबिटि अङ्क ०१३०००४३२६ हो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खातामा ५ डिसेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा १२ लाख १० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई प्रमुख भूमिकामा देख्न सकिन्छ जसको सुरुवाती दृश्यमा ४,५ वटा रङ्गहरूको थुप्रो देखाइएको छ। नम्रता श्रेष्ठ एकैछि पछि दृश्यमा आउँछन् र उनले उक्त थुप्रैलाई फुक्दै रङ्गहरूलाई मिसाउन थाल्छिन् र नृत्य प्रस्तुत गर्दै उक्त रङ्ग राखेको थालीलाई हातमा लिन्छिन् र छट्कार्छिन्। रङ्गहरू गएर आर्यान सिग्देलको अनुहारमा छ्यापिन्छ र पछि उनले पानीले मुख धुन्छन्। सोही क्रममा उनीहरूको आँखा जुध्छ र गीतको सुरुवात हुन्छ।

सुरुवातमा उनी उ भएको नजिक जान्छिन् र दुबैजनाको हेराहेर पर्छ। एकैछिनको हेराहेर पछि, उनी मुस्कुराउँदै पछाडि फर्किन्छिन् र उनी पनि मुस्कुराउँछन्। दृश्य जङ्गलमा पुग्छ जसमा उनी हातमा एउटा कपडा लिँदै नृत्य प्रस्तुत गर्न थाल्छन्। अर्को दृश्यमा एकजना पुरुष र एकजना महिला भएको ठाउँमा उनी बसिरहेकी हुन्छिन् भने उक्त पुरुषले हार्मोनियम बजाउँदै गर्छन् र उनी गीत गाउँदै रङ्ग छ्यापिएको पल सम्झिन्छिन्। गीतमा धुनको आगमन हुन्छ जसमा एकजना युवाक दौडिँद‌ै सोही स्थानमा आउँदै गर्छन्। एकैछिन पछि दृश्य गोलभेडा, अमला, केरा लगायतका फलफूल र तरकारीहरू देखाइन्छ। उनीहरूका आमा छोरी खरबुजा व्यस्त देखिन्छन् र उनी पनि त्यहाँ आइपुग्छन् र उनलाई सम्पर्क गर्न चाहेको इशारा गर्छन् र उनले आमा नजिक भएको कारण नमिल्ने उनलाई इशारा गर्छिन्। उनले त्यसपछि चिचिण्डो ल्याएर उनलाई विभिन्न सङ्केतहरू देखाउन थाल्छन् र उनी सो दृश्य देखेर हाँस्छिन्।

अर्को दृश्यमा उजीहरू बीच फोनमा वार्ता चलिरहेको हुन्छ जसमा उनले गीत मार्फत आफ्ना मनका कुरा उनलाई व्यक्त गर्छन्। एकैछिन पछि दुबै जना नाच्न थाल्छन्। एकछिन पछि उनी एउटा रुखमा समाति गीत गाउन थाल्छिन् र उनलाई बारीमा भेटेको सम्झना गर्छिन् र पछि वर्तमानमा आउँदा उन सोही स्थानमा हुन्छिन् र आफ्नो टाउकोमा आफैले प्याट्ट हान्छिन्। एउटा खुला बारीमा उनी देखा पर्छन् जसमा उनले अवस्थित बुख्याचा उनी सम्झी नजिक गई गीत प्रस्तुत गर्छन्। पछि उनले उनको हात समाउँछिन् र उनीहरू एकैसाथ हर्सित मुद्रामा देखिन्छन् र वर्तमानमा आउँदा उनी भ्रममा परेको पत्ता पाउँछन् र सो बुख्याचा भएको ठाउँबाट प्रस्थान गर्छन्। गीतमा धुनको पुनरागमन हुन्छ जसमा उनी लगायतका विभिन्न प्राकृतिक दृश्यहरू समेटिएको हुन्छ। एउटा युवकले हार्मोनियम लिएर आउँछन् र उनी अधिकै हार्मोनियम बाधक हुन्छन्। उनी आइरहेको क्रममा उनले उनलाई रोक्छन् र उनलाई केही पैसा दिएर उक्त हार्मोनियम लिएर जान्छन्। दृश्यमा उनले गीत गाउँद‌ै हार्मोनियम बजाउँछन् र उनको आमा र उनले उनले बजाएको हेरेर बस्छन्। उ प्रति उजी बढि आकर्षित भएको देखेर उनले शङ्का गर्छिन्। दृश्य अर्कै स्थानमा मोडिन्छ जसमा उनी एउटा बारीमा बसेर गीत गाउँछन् र एकछिन पछि उनी पनि त्यहाँ आइ उनको छातीमा आफ्नो टाउको राख्छिन् जो उनको कल्पना मात्र हुन्छ। सोही दृश्य उनी उठ्छिन् र गीत अनुसनर ओठ समक्रमण गर्न थाल्छिन्। दृश्य बारीको बीचमा पुग्छ जसमा उनीहरू एक अर्काको नजिक रहि हर्सित देखिन्छन्। अन्त्य तर्फको दृश्यमा, उनीहरू फरक ठाउँबाट एकै ठाउँमा आइपुग्छन् र उनले उनको छातीमा देखाउँद‌ै त्यहाँ केही रहेको बताउँछन्। उनले नराम्रो दृष्टिले हेरेको अनुमान गर्दै उनको गालामा एक थप्पड हान्छिन् र आफैले आफ्नो शरीरमा हेरेर तर्सिँदै उक्त चिजलाई फाल्छिन् र दुबैले अङ्गालो हाल्छन्। यसका साथ‌ श्रव्य दृश्यको अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "उदितनारायणबाट पाएको प्रशंसा", साप्ताहिक, अन्तिम पहुँच २३ असोज २०७६ 
  2. "लाजको लाली - बहुचर्चित गीत", युट्युब, अन्तिम पहुँच २३ असोज २०७६ 
  3. "लाजको लाली गीतको आधिकारिक श्रव्य दृश्य", जेन युट्युब, अन्तिम पहुँच २३ असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]