हुम्यो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुम्यो डटकम
व्यवसाय प्रकार
निजी कम्पनी
स्थापितसन् २००७
केन्द्रीय कार्यालयलण्डनबर्लिन[१]
मुख्य व्यक्ति
पिटर डुबेन्स (अध्यक्ष)
डान कोनलोन (प्रवन्ध निर्देशक)
अमजिद जमन (वित्तिय निर्देशक)[२]
उत्पादनहरूअनलाइन फाइल भण्डारण
कर्मचारी सङ्ख्या
११ (अगष्ट २००८)[३]
वेबसाइटwww.humyo.com

हुम्यो डटकम एक बादल भण्डारण सेवा थियो। हुम्योमा भण्डारण गरिएका फाइलहरू अन्य प्रयोगकर्ताहरूसँग साझेदारी गर्न र वेब पृष्ठहरूमा प्रकाशित गर्न सकिन्छ। कम्पनीले पूर्व बेङ्क अफ इङ्गल्याण्डको भण्डारणमा स्वामित्व कायम गरेको थियो जसमा यसले आफ्ना प्रयोगकर्ताहरूको लागि आँकडा भण्डारण गर्न प्रयोग हुने सेवकहरूमा पनि स्वामित्व कायम गरेको थियो।[४] हुम्योले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्यचेक गणतन्त्रमा सेवा प्रदान गर्दथ्यो। यसको सम्पूर्ण कोष निजी लगानीकर्ताहरू मार्फत प्राप्त गरेको थियो। कम्पनीका प्रमुख कार्यालयहरू जर्मनीको राजधानी बर्लिन र इङ्गल्याण्डको राजधानी लण्डनमा अवस्थित थिए।

इतिहास[सम्पादन गर्नुहोस्]

हुम्यो डटकमलाई सन् २००७ मा डान कोनलोन (प्रवन्ध निर्देशक) र पिटर डुबेन्स (अध्यक्ष) द्वारा स्थापना गरिएको थियो र सुरुमा यसले भण्डारण ३० गिगाबाइट स्थान नि: शुल्क प्रस्ताव गरेको थियो।

कम्पनीले यसको परीक्षण संस्करण सन् २००८ को मार्चमा बन्द गरेको थियो जसमा त्यतिबेला यसमा १,००,००० प्रयोगकर्ताहरू रहेका थिए[५] र पछि अगष्ट २००८ मा यसमा २,१५,००० प्रयोगकर्ताहरू रहेका थिए।[३]

अक्टोबर २००८ मा, कम्पनीले प्रदान गर्दै आइरहेको नयाँ प्रयोगकर्ताहरूका लागि नि: शुल्क ३० गिगाबाइटको भण्डारण स्थानलाई घटाउँदै १० गिगाबाइटमा झारेको थियो जसमा ५ गिगाबाइट तस्वीर, श्रव्य दृश्य र सङ्गीतका लागि रहेको थियो[६] भने बाँकी ५ गिगाबाइट अन्य फाइलहरूको लागि रहेको थियो।

११ जून २०१० मा, कम्पनीलाई एक जापानी भाइरस विरोधी कम्पनी ट्रेण्ड माइक्रोद्वारा अज्ञात रकमको लागि अधिग्रहण गरिएको बताएको थियो।[७]

सेप्टेम्बर २०१० मा सेवालाई ट्रेण्ड माइक्रोले सेफ सिङ्कमा पुनर्गठन गरी सेवा सञ्चालन गरेको थियो।

सेफ सिङ्क ३१ जनवरी २०१६ मा सेवाको अन्तिम क्षणमा पुगेको थियो। ट्रेण्ड माइक्रोले १ जनवरी २०१७ मा, परिवर्तनशील उपभोक्ताहरूका आवश्यकता, वातावरण, र सूचना प्रविधिको उपयोग गर्नका लागि सेवालाई अनुकूलन वा अद्यावधिक गर्न नसकेका कारण सेवा अन्त्यको घोषणा गरेको थियो। कम्पनीले सेवाको अन्तिम क्षण पार गर्दै सेफ सिङ्कको सदस्यता भुक्तानलाई स्वीकार गरेको थियो।[८] कम्पनीले मे २०१६ सम्ममा सदस्यता लामो अवधिमा अग्रिम भुक्तान गर्ने उपभोक्तालाई कुनै क्षतिपूर्तिको योजना उपलब्ध गराएको थिएन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]