सिङ्कप्लिसिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक्सवे
उद्योगक्लाउड स्टोरेज विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय
,
उत्पादनहरूफाइल साझेदारी
वेबसाइटwww.syncplicity.com
सिङ्कप्लिसिटी
निर्माणकर्ता (हरू)एक्सवे
सञ्चालन प्रणालीविन्डोज, म्याक
उपलब्ध भाषाहरूअङ्ग्रेजी
प्रकारफाइल साझेदारी
अनुमति पत्रबन्द स्रोत
वेबसाइटwww.syncplicity.com Edit this on Wikidata

सिङ्कप्लिसिटी एक फाइल साझेदारी र  समक्रमण सेवा हो जसलाई सिङ्कप्लिसिटी निगमद्वारा विकसित गरिएको थियो। सेवाले प्रयोगकर्ताहरूलाई कम्प्युटरहरू बीच फाइलहरू भण्डारण गर्न र समक्रमण गर्न अनुमति दिन्छ। यसले माइक्रोसफ्ट विन्डोज र म्याकओएसलाई समर्थन गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

सिङ्कप्लिसिटी निगमलाई तीन पूर्व माइक्रोसफ्टमा कर्मचारीहरूद्वारा स्थापित गरीएको थियो।[१] सेवा सुरूमा बिटामा परीक्षणको लागि उपलब्ध गरिएको थियो भने सन् २००८ मा यसलाई सार्वजनिक गरिएको थियो।[२]

सन् २०१० पछि, म्याकओएस एक्स संस्करण १०.६ वा पछि चलिरहेको इण्टेलमा आधारित म्याकिन्तोस कम्प्युटरहरूका ग्राहकहरूका लागि सार्वजनिक गरिएको थियो।[३]

२१ मे २०१२ मा, सिङ्कप्लिसिटी निगमलाई इएमसी निगमद्वारा अधिग्रहण गरिएको थियो।[४]

जुलाई २०१५ मा, एक विश्वव्यापी निजी लगानी कम्पनी, स्काईभ्यू क्यापिटलले इएमसीबाट सिङ्कप्लिसिटीलाई खरीद गरेको थियो।[५]

फेब्रुअरी २०१७ मा, एक्सवेले स्काइभ्यू क्यापिटल मार्फत सिङ्कप्लिसिटीलाई खरीद गरेको थियो।[६]

खाताका प्रकारहरू[सम्पादन गर्नुहोस्]

सिङ्कप्लिसिटीले दुबै नि:शुल्क र भुक्तान खाताहरूको प्रस्ताव गर्दछ। [७]

अन्य फाइल समक्रमण सेवाहरू[सम्पादन गर्नुहोस्]

धेरै फाइल समक्रमण र भण्डारण सेवाहरू सिङ्कप्लिसिटीको सुरुवात गरिएको समय तिरै सुरुवात गरिएको थियो जसमा लाइभ  मेस, ड्रपबक्स , र सुगर सिङ्क समावेश छन्।[८] सिङ्कप्लिसिटीले गुगल डक्स, जोहो , र फेसबुक  सहित अन्य अनलाइन सेवाहरूको साथ समक्रमण गर्न अनुमति दिन्छ। कागजातहरू विन्डोज वा म्याकिन्तोस कम्प्युटरबाट सम्बन्धित गुगल कागजात खातासँग समक्रमण गर्न सकिन्छ।[९] तथापि, नि: शुल्क गुगल डक्स खाताहरूमा उर्ध्वभरण गरिएका कागजातहरू गुगल कागजात फाइल ढाँचामा रूपान्तरण गरिएको थियो। तस्वीरहरू फेसबुक एल्बमको साथ समक्रमण गर्न सकिन्छ।[१०] स्क्राइब्ड र पिकनिक लगायतका अनलाइन सेवाहरू सिङ्कप्लिसिटीद्वारा समर्थित छ।

समिक्षाहरू[सम्पादन गर्नुहोस्]

सन् २००८ मा, सिङ्कप्लिसिटी लाइफह्याकर रिडर पोलमा ड्रपबक्स पछाडिको दोस्रो सबैभन्दा राम्रो समक्रमण सफ्टवेयरको रूपमा मूल्याङ्कन गरिएको थियो र पिसि वर्ल्डका समीक्षकले सिङ्कप्लिसिटीलाई समक्रमण गर्ने सेवाहरूको माझ सबैभन्दा उत्कृष्ट सेवाको रूपमा छनौट गरिएको बताएका थिए।[११] पछिल्लो समीक्षाले (इएमसी स्वामित्व अन्तर्गत) सिङ्कप्लिसिटीले ड्रपबक्स र सुगर सिङ्कसँग मूल्य र भण्डारणमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्षम नहुन सक्ने कुरा देखाएको थियो तर यसमा सुरक्षा र उपलब्धता सहितका सुविधाहरू समावेश छन् जो प्रयोगकर्ताहरूलाई आकर्षक लाग्न सक्छ।[१२] नि: शुल्क संस्करणले अन्य निःशुल्क सेवाहरू भन्दा कम भण्डारण प्रदान गर्दछ। [१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CrunchBase Profile of Leonard Chung", क्ञ्चबेस डटकम, अन्तिम पहुँच २०१०-११-११ 
  2. Hrebicek, Ondrej, "The Beta period is over! | Syncplicity Blog", Blog.syncplicity.com, अन्तिम पहुँच २०१०-०५-३१ 
  3. "New Business Edition Release With Mac Support, Newsfeeds and IT Console" (प्रेस विज्ञप्ति), सिङ्कप्लिसिटी डटकम, २०१०-१०-०५, अन्तिम पहुँच २०१२-०५-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०२ मिति
  4. "EMC Acquires Syncplicity" (प्रेस विज्ञप्ति), इएमसी निगम, २०१२-०५-२१, अन्तिम पहुँच २०१२-०५-२२ 
  5. किङ, रिचेल, "EMC selling off Syncplicity unit to Skyview Capital | ZDNet", ZDNet (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-११ 
  6. "Axway Announces the Acquisition of Syncplicity" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०२-२३ 
  7. "Syncplicity Pricing and Comparison", सिङ्कप्लिसिटी डटकम, २०१२, अन्तिम पहुँच २०१२-०५-२२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२३ मिति
  8. "Sync Service Syncplicity Raises $2.35M", Venturebeat.com, २००८-१०-३१, अन्तिम पहुँच २०११-०२-१४ 
  9. "3 Tools to Sync Your Files with Google Docs", Readwriteweb.com, २०११-०१-२१, मूलबाट २०११-०६-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०२-१४ 
  10. Mishra, Manav (२०१०-०१-२२), "Desktop app to sync/backup Google Docs on your desktop", टेक्नोस्पोर्ट, मूलबाट २०१०-०१-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-२२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१९ मिति
  11. Adam Pash (जुलाई १७, २००८), "Five Best File Syncing Tools", लाइफ ह्याकर, अन्तिम पहुँच जनवरी ३०, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मार्च १६, २०१७ मिति
  12. स्कट डन द्वारा सिङ्कप्लिसिटीको समिक्षा (जुलाई ३१, २००८), "Syncplicity Syncplicity Utility Software Review", पिसी वर्ल्ड, अन्तिम पहुँच २०१०-०५-३१  वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-०९ मिति
  13. Best Backups review. Undated, but has page source and comment dated November 2012 वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]