सिङ्कप्लिसिटी
उद्योग | क्लाउड स्टोरेज |
---|---|
केन्द्रीय कार्यालय | , |
उत्पादनहरू | फाइल साझेदारी |
वेबसाइट | www |
निर्माणकर्ता (हरू) | एक्सवे |
---|---|
सञ्चालन प्रणाली | विन्डोज, म्याक |
उपलब्ध भाषाहरू | अङ्ग्रेजी |
प्रकार | फाइल साझेदारी |
अनुमति पत्र | बन्द स्रोत |
वेबसाइट | www |
सिङ्कप्लिसिटी एक फाइल साझेदारी र समक्रमण सेवा हो जसलाई सिङ्कप्लिसिटी निगमद्वारा विकसित गरिएको थियो। सेवाले प्रयोगकर्ताहरूलाई कम्प्युटरहरू बीच फाइलहरू भण्डारण गर्न र समक्रमण गर्न अनुमति दिन्छ। यसले माइक्रोसफ्ट विन्डोज र म्याकओएसलाई समर्थन गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]सिङ्कप्लिसिटी निगमलाई तीन पूर्व माइक्रोसफ्टमा कर्मचारीहरूद्वारा स्थापित गरीएको थियो।[१] सेवा सुरूमा बिटामा परीक्षणको लागि उपलब्ध गरिएको थियो भने सन् २००८ मा यसलाई सार्वजनिक गरिएको थियो।[२]
सन् २०१० पछि, म्याकओएस एक्स संस्करण १०.६ वा पछि चलिरहेको इण्टेलमा आधारित म्याकिन्तोस कम्प्युटरहरूका ग्राहकहरूका लागि सार्वजनिक गरिएको थियो।[३]
२१ मे २०१२ मा, सिङ्कप्लिसिटी निगमलाई इएमसी निगमद्वारा अधिग्रहण गरिएको थियो।[४]
जुलाई २०१५ मा, एक विश्वव्यापी निजी लगानी कम्पनी, स्काईभ्यू क्यापिटलले इएमसीबाट सिङ्कप्लिसिटीलाई खरीद गरेको थियो।[५]
फेब्रुअरी २०१७ मा, एक्सवेले स्काइभ्यू क्यापिटल मार्फत सिङ्कप्लिसिटीलाई खरीद गरेको थियो।[६]
खाताका प्रकारहरू
[सम्पादन गर्नुहोस्]सिङ्कप्लिसिटीले दुबै नि:शुल्क र भुक्तान खाताहरूको प्रस्ताव गर्दछ। [७]
अन्य फाइल समक्रमण सेवाहरू
[सम्पादन गर्नुहोस्]धेरै फाइल समक्रमण र भण्डारण सेवाहरू सिङ्कप्लिसिटीको सुरुवात गरिएको समय तिरै सुरुवात गरिएको थियो जसमा लाइभ मेस, ड्रपबक्स , र सुगर सिङ्क समावेश छन्।[८] सिङ्कप्लिसिटीले गुगल डक्स, जोहो , र फेसबुक सहित अन्य अनलाइन सेवाहरूको साथ समक्रमण गर्न अनुमति दिन्छ। कागजातहरू विन्डोज वा म्याकिन्तोस कम्प्युटरबाट सम्बन्धित गुगल कागजात खातासँग समक्रमण गर्न सकिन्छ।[९] तथापि, नि: शुल्क गुगल डक्स खाताहरूमा उर्ध्वभरण गरिएका कागजातहरू गुगल कागजात फाइल ढाँचामा रूपान्तरण गरिएको थियो। तस्वीरहरू फेसबुक एल्बमको साथ समक्रमण गर्न सकिन्छ।[१०] स्क्राइब्ड र पिकनिक लगायतका अनलाइन सेवाहरू सिङ्कप्लिसिटीद्वारा समर्थित छ।
समिक्षाहरू
[सम्पादन गर्नुहोस्]सन् २००८ मा, सिङ्कप्लिसिटी लाइफह्याकर रिडर पोलमा ड्रपबक्स पछाडिको दोस्रो सबैभन्दा राम्रो समक्रमण सफ्टवेयरको रूपमा मूल्याङ्कन गरिएको थियो र पिसि वर्ल्डका समीक्षकले सिङ्कप्लिसिटीलाई समक्रमण गर्ने सेवाहरूको माझ सबैभन्दा उत्कृष्ट सेवाको रूपमा छनौट गरिएको बताएका थिए।[११] पछिल्लो समीक्षाले (इएमसी स्वामित्व अन्तर्गत) सिङ्कप्लिसिटीले ड्रपबक्स र सुगर सिङ्कसँग मूल्य र भण्डारणमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्षम नहुन सक्ने कुरा देखाएको थियो तर यसमा सुरक्षा र उपलब्धता सहितका सुविधाहरू समावेश छन् जो प्रयोगकर्ताहरूलाई आकर्षक लाग्न सक्छ।[१२] नि: शुल्क संस्करणले अन्य निःशुल्क सेवाहरू भन्दा कम भण्डारण प्रदान गर्दछ। [१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "CrunchBase Profile of Leonard Chung", क्ञ्चबेस डटकम, अन्तिम पहुँच २०१०-११-११।
- ↑ Hrebicek, Ondrej, "The Beta period is over! | Syncplicity Blog", Blog.syncplicity.com, अन्तिम पहुँच २०१०-०५-३१।
- ↑ "New Business Edition Release With Mac Support, Newsfeeds and IT Console" (प्रेस विज्ञप्ति), सिङ्कप्लिसिटी डटकम, २०१०-१०-०५, अन्तिम पहुँच २०१२-०५-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०२ मिति
- ↑ "EMC Acquires Syncplicity" (प्रेस विज्ञप्ति), इएमसी निगम, २०१२-०५-२१, अन्तिम पहुँच २०१२-०५-२२।
- ↑ किङ, रिचेल, "EMC selling off Syncplicity unit to Skyview Capital | ZDNet", ZDNet (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-११।
- ↑ "Axway Announces the Acquisition of Syncplicity" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०२-२३।
- ↑ "Syncplicity Pricing and Comparison", सिङ्कप्लिसिटी डटकम, २०१२, अन्तिम पहुँच २०१२-०५-२२। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२३ मिति
- ↑ "Sync Service Syncplicity Raises $2.35M", Venturebeat.com, २००८-१०-३१, अन्तिम पहुँच २०११-०२-१४।
- ↑ "3 Tools to Sync Your Files with Google Docs", Readwriteweb.com, २०११-०१-२१, मूलबाट २०११-०६-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०२-१४।
- ↑ Mishra, Manav (२०१०-०१-२२), "Desktop app to sync/backup Google Docs on your desktop", टेक्नोस्पोर्ट, मूलबाट २०१०-०१-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-२२। वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१९ मिति
- ↑ Adam Pash (जुलाई १७, २००८), "Five Best File Syncing Tools", लाइफ ह्याकर, अन्तिम पहुँच जनवरी ३०, २०१७। वेब्याक मेसिन अभिलेखिकरण मार्च १६, २०१७ मिति
- ↑ स्कट डन द्वारा सिङ्कप्लिसिटीको समिक्षा (जुलाई ३१, २००८), "Syncplicity Syncplicity Utility Software Review", पिसी वर्ल्ड, अन्तिम पहुँच २०१०-०५-३१। वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-०९ मिति
- ↑ Best Backups review. Undated, but has page source and comment dated November 2012 वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२३ मिति