पत्नीतला उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पत्नीतला
পত্নীতলা
पत्नीतला is located in बङ्गलादेश
पत्नीतला
पत्नीतला
बङ्गलादेश को नक्शामा पत्नीतला उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°३′उ॰ ८८°४४′पू॰ / २५.०५०°N ८८.७३३°E / 25.050; 88.733निर्देशाङ्कहरू: २५°३′उ॰ ८८°४४′पू॰ / २५.०५०°N ८८.७३३°E / 25.050; 88.733
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा३८२.३९ किमी (१४७.६४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२३१,९००
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
६५४०
वेबसाइटपत्नीतला उपजिल्लाको आधिकारिक नक्शा

पत्नीतला (बङ्गाली: পত্নীতলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

पत्नीतला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४१' देखि २४°५९' उत्तर अक्षांश र ८८°४०' देखि ८८°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। पत्नीतला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३८२.३९ वर्ग किलोमिटर ओगटेको। [२] यस उपजिल्लालाई धामोइरहाट उपजिल्ला र।भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, महादेवपुर दक्षिण, बदलगाछी उपजिल्लाले पूर्व, सापाहारपोरशा उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिव र अतराई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३][४][५]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २०९४५० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०८५२९ छ भने महिलाको जनसङ्ख्या १००९११ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६३४५३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३०८३० रहेको छ।[६] त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३६४१, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११४७३ रहेको छ। यस उपजिल्लामा सन्थल र महाली जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३३६ मस्जिद, १४७ हिन्दु मन्दिर र ९ गिर्जाघर रहेका छन्।[७]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, आलु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, फलाम उद्योग, आइसक्रिम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, चामल र मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५ माछापालन केन्द्र, ४ दुग्ध सङ्कलन केन्द्र तथा ३० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८०.२४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.०७% मजदुरी, व्यापार र उद्योगमा ०.७०%, वाणिज्यमा ७.७५%, सञ्चार र यातायातमा २.०५%, निर्माण क्षेत्रमा ०.४१%, सुविधा ३.६५%, धार्मिक सेवा ०.१४%, विदेशी रोजगारी ०.०६% र अन्य २.९४% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय पत्नीतला थानाको स्थापना सन् १९०७ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल पत्नीतला उपजिल्लामा १ नगरपालिका, ११ सङ्घ परिषद्, २९७ मौजा र २९२ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४८.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.१% छ भने महिलाको साक्षरता दर ४६.३% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १२२ प्राथमिक विद्यालय, २८ मदरसा रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; नाजीपुर सरकारी क्याम्पस (सन् १९७३), नाजीपुर म‍हिला क्याम्पस (सन् १९९५), कताबाडी उच्च विद्यालय (सन् १९२४), नाजीपुर पाइलट उच्च विद्यालय (सन् १९३०), सालाबाला कन्या विद्यालय (सन् १९२०), नाजीपुर सदिम फजिल मदरसा (सन् १९६९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৯ জুলাই ২০১৪), "এক নজরে পত্নীতলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. Tuhin, Shamsul Arefin (२०१२), "Patnitala Upazila", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "पत्नीतला उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  4. "জেলা আদমশুমারীর পুস্তিকা ২০১১ দক্ষিণ দিনাজপুর", দক্ষিণ দিনাজপুরের মানচিত্র চতুর্থ পৃষ্ঠায় সিডি ব্লক দেখাচ্ছে, আদমশুমারি পরিচালনা অধিদপ্তর, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  5. "জেলা মানব উন্নয়ন প্রতিবেদন", উত্তর দিনাজপুর জেলার লোকাল সেটিং দেখাচ্ছে মানচিত্র (দক্ষিণ দিনাজপুর জেলা অন্তর্ভুক্ত), পরিকল্পনা, পরিসংখ্যান এবং প্রোগ্রাম বাস্তবায়ন বিভাগ, পশ্চিমবঙ্গ সরকার, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  6. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  7. "Bangladesh Population and Housing Census 2011: Zila Report – Nagaon", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]