स्मार्टफ्रेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिटि स्मार्टफ्रेन टेलिका टिबिके
व्यवसाय प्रकार
सार्वजनिक ढाँचा:Idx
उद्योगदूरसञ्चार
स्थापित(२००२-१२-०२)डिसेम्बर २, २००२
केन्द्रीय कार्यालयजाकार्ता, इन्डोनेसिया
मूल सङ्गठनमिडिया नुसन्त्रा सिट्रा[१](सन् २००२-२०१०)
बकरी समूह (सन् २००३-२०१६)
सिनार मास समूह (सन् २००६-हाल)
राजावाली कर्पोरा (सन् २००७-२०१६)
इलियाड एसए (सन् २०१८-हाल)
वेबसाइटwww.smartfren.com/en

पर्सिरन टर्बटास स्मार्टफ्रेन टिबिके वा साधारणतया स्मार्टफ्रेन, एसियाली राष्ट्र इन्डोनेसियामा आधारित एक ताररहित सञ्जाल सञ्चालक हो जसको प्रधान कार्यालय इन्डोनेसियाको राजधाजी जाकार्ताको केन्द्रित भूभागमा अवस्थित छ। यसलाई पर्सिरन टर्बटास सिनार मस कम्युनिकासी टेक्नोलोजी कम्पनी अन्तर्गतको इन्डोनेसियाली बहु राष्ट्रिय कम्पनी सिनार मसको सहायक कम्पनी हो। यो अौपचारिक रूपमा चौथो पुस्ता सञ्जालको प्रयोग गरी सञ्चालन हुने गरेको छ भने यो सन् २०१४ देखि सिडिएमए प्रविधिबाट यसमा रूपान्तरण भएको थियो।[२] सन् २०१८ को हालैको एक तथ्याङ्क अनुसार, स्मार्टफ्रेनका १ करोड दश लाख सक्रिय ग्राहकहरू रहेकन छन् जसले गर्दन यो इन्डोनेसियाको ५अौँ ठूलो दूरसञ्चार कम्पनी बनेको छ।[३]

स्मार्टफ्रेनले इन्डोनेसियाको राजधानी र ठूला सहरहरूमा गरी २०० भन्दा बढी सहरहरूमा ताररहित आवाज तथा डाटा सेवा सञ्चालन गर्ने गर्दछ। यसले सो सेवा प्रदान गर्नका लागि भिओएलटिईको प्रयोग गर्दछ। सन् २०१५ मा, कम्पनीले दीर्घकालीन क्रम विकास- उन्नतको प्रक्षेपण गरेको थियो। उक्त सेवालाई सञ्चालनमा ल्याउने यो इन्डोनेसियाको पहिलो कम्पनी बनेको थियो जसको डाउनलोड गति ३०० मेगाबाइट प्रति सेकेण्ड सम्म पुगेको थियो। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

२२ मार्च २०११ भन्दा अघि, पर्सिरन टर्बटास स्मार्टफ्रेन दूरसञ्चार (स्मार्टफ्रेन)को मूल नाम पर्सिरन टर्बटास स्मार्ट टेलिकम टिबिके र पर्सिरन टर्बटास मोबाइल-८ दूरसञ्चार टिबिके रहेको थियो। [५] पर्सिरन टर्बटास मोबाइल-८ दूरसञ्चार टिबिके मूल रूपमा पर्सिरन टर्बटास ग्लोबल मेडियाकम टिबिकेको स्वामित्वमा रहेको थियो। तथापि, वित्तीय सङ्कट र उत्पादन बिक्रीमा आएको गिरावटका कारण, कम्पनीलाई १२ अगष्ट, २००९ मा सिनर मास समूहले अधिग्रहण गरेको थियो[६] र २३ मार्च २०११ मा यसको नाम परिवर्तन गरेर पर्सिरन टर्बटास स्मार्टफ्रेन दूरसञ्चार टिबिके राखिएको थियो।[७]

प्रतिस्पर्धीहरू[सम्पादन गर्नुहोस्]

स्मार्टफ्रेन इण्डोनेसियनको ५अौँ सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो। यसका मुख्य प्रतिस्पर्धीहरू: इन्डोनेसियाको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी टेलकमसेल, एक्सएल आजियाटा, र ओरिदूको सहायक इण्डोस्याट ओरिडु हुन्।

एड्रोम्याक्स ब्राण्ड[सम्पादन गर्नुहोस्]

स्मार्टफ्रेनले एन्ड्रोम्याक्स ब्राण्ड अन्तर्गत उत्कृष्ट उपकरणहरू उत्पादन गर्न हिसन्से, हायर, जेटटिई जस्ता केही चीनमा आधारित स्मार्टफोन निर्माताहरूसँग साझेदारी गरेको छ। यी फोनहरू या त सिडिएमए २००० १x वा दीर्घकालीन सञ्जालका नयाँ ढाँचाहरूमा सञ्चालन गर्दछन्।

नाराहरू[सम्पादन गर्नुहोस्]

स्मार्ट दूरसञ्चारको रूपमा[सम्पादन गर्नुहोस्]

  • रस्मार्ट, हेबत, हेमत (सन् २००६-२०११)

मोबाइल-८ दूरसञ्चारको रूप[सम्पादन गर्नुहोस्]

फ्रेन[सम्पादन गर्नुहोस्]

१) कार्तु सेलुलरकु (सन् २००३-२००६)

२) सेलुलर फिलिहन सेरदास (सन् २००६-२००८)

३) 'मुरा, टिडक 'रिपोट (सन् २००८-२००९)

४) हेमत, टिडक रिपोट (सन् २००९-२०११)

हेपी[सम्पादन गर्नुहोस्]

  • पास्ति लेबिह उण्टुङ (सन् २००८-२०१०)

स्मर्टफ्रेनको रूपमा[सम्पादन गर्नुहोस्]

  • लिभ स्मार्ट (सन् २०११-२०१८)
  • फोरजी गो फर इट (सन् २०१५-२०१८, स्मार्टफ्रेनको प्रक्षेपण पश्चात्)
  • हेबत, हेमात, सेपात (सन् २०१८-हाल)
  • जुवारनया

इण्टरनेट अनलिमिटेड (सन् २०१८-हाल)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २००७-०२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-१०  वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-२५ मिति
  2. Puspitasari, Ika (२०१८-०७-०३), "Jumlah pelanggan 4G Smartfren meningkat", kontan.co.id (idमा), अन्तिम पहुँच २०१८-०७-२५ 
  3. Febrian, Ahmad (२०१८-०४-२४), "Jumlah pelanggan seluler menyusut", kontan.co.id (idमा), अन्तिम पहुँच २०१८-०७-२५ 
  4. "Utang Menumpuk, Bakrie Telecom Terancam Tinggal Papan Nama", टेम्पो, १६/०३/२०१५। 
  5. Bimantara Citra वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-२५ मिति
  6. BEI Akan Panggil Manajemen Mobile-8
  7. Global Mediacom Lepas FREN ke Sinarmas

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]