बदलगाछी उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बदलगाछी
उपजिल्ला
बदलगाछी is located in बङ्गलादेश
बदलगाछी
बदलगाछी
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५८′उ॰ ८८°५४′पू॰ / २४.९६७°N ८८.९००°E / 24.967; 88.900निर्देशाङ्कहरू: २४°५८′उ॰ ८८°५४′पू॰ / २४.९६७°N ८८.९००°E / 24.967; 88.900
देश बङ्गलादेश
विभागराजहाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा२१३.९७ किमी (८२.६१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ [२])
 • जम्मा२०१,३४२[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)

बदलगाछी (बङ्गाली: বদলগাছী উপজেলাबङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो।[३] यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

बदलगाछी उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५३' देखि २५°०३' उत्तर अक्षांश र ८८°५१' देखि ८९°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। बदलगाछी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २१३.९८ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई धामइरहाटजयपुरहाट उपजिल्लाले उत्तर, नउगाँ सदर उपजिल्लाले दक्षिण, आक्केलपुर उपजिल्लाले पूर्व र महादेवपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ।जमुना नदि यस उपजिल्लाका प्रमुख नदि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा यो उपजिल्ला क्षेत्र नम्बर ७ मा पर्‍थ्यो। बङ्गलादेश मुक्ति अभियानका समयमा पाकिस्तानी सेना यस उपजिल्ला अन्तर्गतका कोला, भण्डरपुर र मिथापुरका मानिसहरूको सामूहिक हत्या तथा थुप्रै घरटहराहरूमा आगजनी गरेका थिए।  पाकिस्तानी सेनाले मोहनपुरका ११ जना सर्वसाधारणहरूको बीभत्स सामूहिक हत्या गरेका थिए। १५ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच भएको प्रत्यक्ष गोली हानाहानमा कयौं पाकिस्तानी सेना तथा २ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो र त्यसको सँगसँगै पाकिस्तानी सेनाले पहारपुर गाउँका लगभग सबै मानिसहरूको सामूहिक हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १८६०५८ रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या ९६०४० छ भने महिलाको जनसङ्ख्या ९००१८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६०८६६  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६३०२ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३३९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८५२० रहेको छ। यस उपजिल्लामा २३५ मस्जिद, ९३ हिन्दु मन्दिर, २ गिर्जाघर र १ चिहान रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, बिस्कुट कारखाना तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, तोरीको बिउ, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७१.८४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.१% मजदुरी, व्यापार र उद्योगमा १.५५%, वाणिज्यमा १२.२५%, सञ्चार र यातायातमा ३.५%, निर्माण क्षेत्रमा ०.७२%, सुविधा ४.३२%, धार्मिक सेवा ०.१२%, रेमिटेन्स ०.१ र अन्य ३.५% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बदलगाछी थानाको स्थापना सन् १८०७ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०% छ भने महिलाको साक्षरता दर ४०.१% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २ प्राबिधिक शिक्षण संस्था, १४ सामुदायिक विद्यालय, १०१ प्राथमिक विद्यालय र २५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बदलगाछी सरकारी क्याम्पस (सन् १९७२), बदलगाछी प्राबिधिक शिक्षण संस्था तथा क्याम्पस (सन् १९९९), बालुभरा अरबी उच्च विद्यालय (सन् १९१४), बदलगाछी पाइलट उच्च विद्यालय (सन् १९४२) गैरी तुलीया फजिल मदरसा (सन् १९६७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. राष्ट्रिय तथ्याङ्क (जुन २०१४), "এক নজরে বদলগাছী", जनवादी गणतन्त्र बङ्गलादेश, मूलबाट १ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ सेप्टेम्बर २०१३ मिति
  2. "बङ्गलादेश तथ्याङ्क विभाग", मूलबाट २०१४-०१-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२० मिति
  3. "बदलगाछि उपजिल्ला", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज, सन् २०१२। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]