पूर्व बाङ्लार सर्वहारा पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्व बाङ्लार सर्वहारा पार्टी

পূর্ব বাংলার সর্বহারা পার্টি
छोटो रूपPBSP
संस्थापकसिराज सिकदार
स्थापना३ जुन १९७१ (1971-06-03)
विचारधारासाम्यवाद
मार्क्सवाद-लेलिनवाद-माओवाद
जातीय संसदको सिट
० / ३५०

पूर्व बाङ्लार सर्वहारा पार्टि (बङ्गाली: পূর্ব বাংলার সর্বহারা পার্টি) बङ्गलादेशको एक कम्युनिष्ट राजनैतिक दल हो। पार्टीले सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा ठूलो भूमिका खेलेको थियो। सन् १९७० को दशकमा को शुरूवातमा यो पूर्व पाकिस्तानबाट नयाँ गठित बङ्गलादेश राज्यलाई सघाउन सशस्त्र सङ्घर्षमा संलग्न भएको थियो। यो दल सक्रिय रहन्छ र अझै पनि आफ्नो विरोधीहरू विरुद्ध हिंसात्मक आक्रमण गर्दछ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

यो समूह पूर्वी पाकिस्तानमा कम्युनिष्ट आन्दोलनको चीन समर्थक प्रवृत्तिबाट उदाउन शुरू गरेको थियो। सन् १९६७ मा सिराज सिकदार ढाकामा माओ त्से तुङ विचार अनुसन्धान केन्द्रको गठन गरेका थिए। यस अनुसन्धान केन्द्रमा धेरै पटक जमात-ए-इस्लामी कार्यकर्ताहरूले शारीरिक हमला भएको थियो। ८ जनवरी १९८८ मा उक्त समूहले पूर्वा बाङ्लार श्रमिक आन्दोलनको शुरूवात गरेको थियो। यस सङ्गठनले एक सम्मेलनको आयोजना गरेको थियो जुन एम दिनमानै ढाकामा जुट मिल मजदुरको निवासमा सम्पन्न भएको थियो।[१] सम्मेलनमा केन्द्रका ४० देखि ५० जना अनुयायीहरू उपस्थित थिए।

यस प्रवृत्तिको रेखा त्यतिबेला पूर्वी पाकिस्तानमा रहेका अन्य चिनियाँ समर्थक समूहसँग स्पष्ट रूपमा भिन्न थियो। सिक्दारको समूहले पाकिस्तानलाई औपनिवेशिक शक्तिको रूपमा देख्यो र पूर्वी बाङ्लाको लागि राष्ट्रिय मुक्ति र पूर्वी बङ्गाल लोकतान्त्रिक गणतन्त्रको गठनको लागि सङ्घर्ष गर्न चाहेको थियो। यो आधिकारिक जनवादी गणतन्त्र चीन विदेश नीतिको विपरीत थियो जसले सामान्यतया भारतको विरुद्ध पाकिस्तानलाई समर्थन गर्थ्यो। यस समूहले अमेरिकी साम्राज्यवाद, सोभियत सामाजिक साम्राज्यवाद, भारतीय विस्तारवाद र सामन्तवादको पनि विरोध गरेको थियो।[२]

सन् १९६८ को बीचमा यस समूहले आन्दोलनमा भूमिगत कार्यहरू शुरू गरेको थियो। यस समूहले झण्डा प्रिण्ट गर्ने यन्त्र कब्जा गरी रातो झण्डाको ढाँचा तयार पारेका थिए। ८ जनवरी १९७० मा यस समूहले ढाका, मुन्सिगञ्ज र मयमनसिङ्ह मा पूर्वी बङ्गालको (वर्तमान बङ्गलादेशको राष्ट्रिय झण्डा) झण्डा फहराएको थियो। ६ मे १९७० कार्ल मार्क्सको जन्मदिनमा यस समूहले ढाकास्थित पाकिस्तान परिषद् कार्यालयमा बम फ्याँकेको थियो। सोही वर्ष अक्टोबरमा यो समूहले अमेरिकी सूचना केन्द्र सहित पूर्वी पाकिस्तान वरपरका थुप्रै भवनहरूमा बम आक्रमण गरेको थियो।

बङ्गलादेश स्वतन्त्रता युद्ध[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने सिकदारको समूहले राष्ट्रिय प्रतिरोध कक्षहरू स्थापना गर्ने प्रयास गरेको थियो।[३] यस समूहले ३० अप्रिलमा पूर्व बङ्गाल सशस्त्र देशप्रेमिक बाहिनी नामक एक अर्धसैनिक बलको स्थापना गरे जसले पाकिस्तानी सेनाको विरुद्ध सशस्त्र सङ्घर्ष गर्न शुरू गरेको थियो। उल्लेखनीय कुरा के छ भने, यो समूह केवल चिनियाँ समर्थक गुट थियो जसले प्रतिरोध सङ्घर्षमा सक्रियतापूर्वक भाग लिएको थियो। अन्य समूहहरूले या त बढी तटस्थ अडान लिए वा पाकिस्तान सरकारलाई प्रतिरोध आन्दोलनमा रोक्न सहयोग गरेका थिए।[४]

३ जुन १९७१ का दिन बरिशाल जिल्लाको बैठकमा पूर्वा बाङ्लार सर्वहारा पार्टीलाई एक राजनीतिक पार्टीको रूपमा घोषित गरिएको थियो।[५]

स्वतन्त्रता पश्चात्[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको स्वतन्त्रता पश्चात् पीबीएसपी नयाँ अवामी लिग सरकारको मुख्य चुनौतीको रूपमा देखा पर्‍यो जसलाई भारतीय कठपुतलीको रूपमा मानिन्थ्यो। पहिलो पार्टी काङ्ग्रेस १४ जनवरी १९७२ सम्पन्न भएको थियो जसको पार्टीको अध्यक्षमा रूपमा सिकदार चुनिएका थिए। अप्रिल १९७३ मा पूर्व बाङ्लार राष्ट्रिय मुक्ति मोर्चा ११ समूहको गठबन्धन गठन भयो जसक‍ पनि सिकदार अध्यक्ष बनेका थिए। मोर्चा गठन भएपछि पार्टीले बङ्गलादेशी राज्यको विरुद्ध सशस्त्र सङ्घर्ष अभियानको शुरूवात गरेको थियो। पार्टीको विश्वविद्यालय सर्कल बीच कडा समर्थन थियो। यसको रातो झण्डा र सङ्बाद प्रमुख समाचार प्रकाशित गरेको थियो।[६] यो पार्टि ढाका, बरिशाल, फरीदपुर , मयमनसिङ्ह, टाङ्गाइल, चट्टग्राम, सिलेट र कुमिल्ला जिल्लाहरूमा सक्रिय थियो। यसले अवामी लिगका कार्यकर्ताहरूको हत्या र देश भरका प्रहरी चौकीमा आक्रमण गरेको थियो।

सिकदारको मृत्यु[सम्पादन गर्नुहोस्]

सिराज सिकदारलाई सन् १९७४ मा चट्टग्रामको हलिसहरबाट पक्राउ गरिएको थियो। सिकदारलाई सन् १९७५ जनवरी २ का दिन साभर थाना सवारी साधन विसौनीमा गोली हानी हत्या गरिएको थियो। सिकदारको मृत्यु पश्चात् यस दल दुई भागमा विभाजित भएको थियो। पछि ती दुई पार्टीहरू अन्य पार्टिमा विभाजित भएका थिए। प्रमुख गुटको नेतृत्व सिराज सिक्दारको दोस्रो नेतृत्व एमडी हमिदुल होकले गरेका थिए जसले पार्टीको बागडोर लिएका थिए।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Amin, Md. Nurul (जुलाई १९८६), "Maoism in Bangladesh: The Case of the East Bengal Sarbohara Party", Asian Survey (University of California Press) 26 (7): 759–773, जेएसटिओआर 2644210, डिओआई:10.2307/2644210 
  2. Adil, Nehal (अप्रिल ८, २००६), "Storm over Timor Sea", The Financial Express (Dhaka), मूलबाट मार्च १३, २००७-मा सङ्ग्रहित। 
  3. Khan, Muazzam Hussain (२०१२), "Sikder, Siraj", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  4. आहमेद (सन् २०१२), http://en.banglapedia.org/index.php?title=Radical_Politics |chapter-url= शीर्षक नै (सहायता), in इसलाम, सिराजुल; जामाल, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  5. "Puubo Banglar Sarbahara Party", Regional Information Base on Terrorism, मूलबाट फेब्रुअरी २२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २००६ 
  6. "The strategy and the struggle of different political parties who opposed AWAMI-BKSAL regime needed a careful study", MajorDalim.com, मूलबाट मार्च २२, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २००६  वेब्याक मेसिन अभिलेखिकरण मार्च ११, २००७ मिति[स्वयं-प्रकासित श्रोत]
  7. "Leftist Parties of the World: Bangladesh", BroadLeft  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०३ मिति[स्वयं-प्रकासित श्रोत]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]