ढाँचा:प्रमुख लेख/नेपाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवनागरीमा नेपाली शब्द

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटानम्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो। नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तैखस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको मगर जातिले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ। (पूरा  पढ्नुहोस्...)