मालदेव राठौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालदेव राठौर
मारवाडका राजा
शासनकाल९ मे १५३२ - ७ नवम्बर १५६२
पूर्वाधिकारीराव गङ्गाजी राठौर
उत्तराधिकारीराव चन्द्रसेन राठौर
जन्म५ डिसेम्बर १५११
जोधपुर, मारवाड, राजस्थान, भारत
मृत्यु७ नवम्बर १५६२
मेहरानगढ किल्ला, जोधपुर, मारवाड, राजस्थान, भारत
सन्तानराव चन्द्रसेन राठौर
राव उदयसिंह राठौर
रामचन्द्र (१५ पुत्र, २४ पुत्री)
नाम
मालदेव राठौर
घरानाराठौर-मारवाड
बाबुराव गङ्गाजी राठौर
आमामहारानी पद्मावती कुमारी
धर्महिन्दु

राव मालदेव राठौर ( १५११ – १५६२) जोधपुर, मारवाडका हिन्दु राजपूत राजा थिए । उनी मारवाडका राजा राव गङ्गाजीका पुत्र थिए । सन् १५२७ को खान्वाको युद्घमा उनले राजकुमारका रूपमा युद्ध लडेका थिए । उक्त युद्धमा हार बेहोर्दा राजपूत राज्यहरू कमजोर भएका थिए । तर उनले आफ्नो राज्यलाई दृढ नेतृत्व दिएका थिए । मुगल सम्राट हुमायूँले १५५५ मा उत्तर भारत कब्जा गरेका थिए । तर राव मालदेव सुर साम्राज्य वा मुगल साम्राज्य कसैको पनि पक्षधर बनेन र स्वतन्त्र राजाका रूपमा राज्य गरे । उनलाई फारसी इतिहासकार फेरिस्ताले हिन्दुस्तानका सर्वशक्तिमान राजा भनेर वर्णन गरेका थिए ।

स्रोत[सम्पादन गर्नुहोस्]