युइएफए महिला युरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युइएफए महिला युरो
स्थापना१९८४; ४० वर्ष अघि (१९८४)
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या५२ (छनोट)
१६ (प्रतिस्पर्धी)
वर्तमान विजेतानेदरल्यान्ड नेदरल्यान्ड (प्रथम उपाधि)
सबैभन्दा सफल टोली जर्मनी (८औँ उपाधि)
वेबसाइटwww.uefa.com/womenseuro/
सन् २०२२ युइएफए महिला युरो

युइएफए महिला युरो वा युइएफए युरोपेली महिला प्रतियोगिता युरोपेली फुटबल महासङ्घमा आवद्ध देशहरूका लागि खेलाइने एक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो जसलाई युरोपेली फुटबल महासङ्घले चार चार वर्षको अन्तरालमा आयोजना गर्ने गर्दछ। यो युरोपेली पुरुष प्रतियोगिता वा सामान्यतया युइएफए युरोको समान प्रतियोगिता हो। यसलाई सन् १९८४ देखि फुटबलको नियामक निकाय फिफाले मान्यता प्रदान गरेको छ। छनोट खेल पार गरेपछि युरोपेली फुटबल महासङ्घमा आबद्ध राष्ट्रहरू यसमा प्रतिस्पर्धा गर्नका लागि योग्य हुन्छन्। प्रतियोगितामा १६ वटा देशहरूले प्रतिस्पर्धा गर्दछन्। जर्मनी महिला राष्ट्रिय फुटबल टोली हालसम्मको इतिहासमा सबैभन्दा सफल टोली हो जसले ८ पटक यो उपाधि चुमिसकेको छ।[१]

सन् १९९१ र सन् १९९५ मा, यो प्रतियोगितालाई फिफा महिला विश्वकपको छनोट खेलको रूपमा आयोजना गरिएको थियो। यस भन्दा अगाडि सन् २०१७ मा यो प्रतियोगिताको आयोजना गरिएको थियो जसमा आयोजक नेदरल्यान्डले डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो। सन् २०१७ देखि, यसमा जम्मा १६ टोलीले प्रतिस्पर्धा गरेका छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

युरोपमा राष्ट्रिय महिला फुटबल टोलीहरूको बीच प्रतियोगिताको स्थापना गर्ने विचार सन् १९६० र सन् १९७० को बीचको निस्किएको थियो।[२] युइएफएद्वारा मान्यता प्राप्त नभएका दुई पहिलो महादेशीय प्रतियोगिताहरू वास्तवमा सन् १९६९ र सन् १९७९ (क्रमशः इटालीडेनमार्कले जितेका थिए) मा आयोजना गरिएको थियो।[३]

सन् १९८० को दशकको सुरुवात तिर, युइएफएले युरोपमा महिला फुटबलको विकास गर्नका लागि उत्सुकता देखाएको थियो र आधिकारिक प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको थियोे।[४] यसको पहिलो संस्करण सन् १९८४ मा भएको थियो जसमा स्विडेनले इङ्ल्यान्ड विरुद्ध पेनाल्टी सुटआउटद्वारा खेल जित्दै पहिलो युरोपेली महिला विजेता टोली बनेको थियो। यसको दोस्रो संस्करण तीन वर्ष पछि सन् १९८७ मा भएको थियो जसमा आयोजकले पूर्व विजेता स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको थियो।[५]

सन् १९८७ मा भएको युइएफए महिला युरोको चार वर्ष पछि प्रत्येक दुई वर्षको अन्तरालमा यसको आयोजना भएको थियो।[६] सन् १९८९ को प्रतियोगितालाई पश्चिम जर्मनीले आफ्नो राष्ट्रमा आयोजना गरेको थियो जसमा यसले पूर्व विजेता नर्वेलाई फाइनलमा ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि प्राप्त गरेको थियोे।[७] सन् १९९१ मा, डेनमार्कले यस प्रतियोगिताको आयोजना गरेको थियो।[८] एकीकरण भएको जर्मनीले फाइनल खेलमा आयोजक डेनमार्कलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो र यसका साथै यसले सन् १९९१ मा दोस्रो पटक उपाधि प्राप्त गरेको थियो।[९] सन् १९९३ मा, युइएफए महिला युरोको पाँचौँ संस्करण इटालीले आयोजना गरेको थियोे जसमा जसको फाइनलमा आयोजक इटाली नर्वेसँग १-० गोल अन्तरले पराजित भएको थियो र यसका साथै यसले जर्मनीको किर्तिमानीलाई बराबरी गरेको थियोे।[१०]

सङ्गठन[सम्पादन गर्नुहोस्]

सन् १९८४ मा, पहिलो संस्करण पछि युरोपेली महिला फुटबल प्रतियोगिता नियमित रूपमा विजोर वर्षहरूमा आयोजना गरिन्छ। युइएफए यसको सङ्गठनको पर्यवेक्षण गर्दछ।[११] युइएफएको कार्यकारी समितिले आयोजक देशको छनोट गरेको थियो। सन् २००९ को युरो कपको लागि ११ जुलाई २००६ मा, फिनल्यान्डलाई आयोजक राष्ट्रको रूपमा छनोट गरिएको थियो।[१२] सन् १९८४ र सन् १९९५ मा भएको यो प्रतियोगिताको विभिन्न देशहरूमा सञ्चालन भएको थियो जसले अन्तिम चरणको प्रतिस्पर्धालाई समेटेको थिएन। यो प्रतियोगिता पुरानै ढाँचा अनुसार सञ्चालन भएको थियो।[१३]

नतिजा[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक फाइनल तेस्रो स्थानको खेल वा सेमिफाइनलमा पराजित टोली टोलीहरूको सङ्ख्या
विजेता गोल अन्तर उप विजेता तेस्रो स्थान गोल अन्तर चौथो स्थान
सन् १९८४
विवरण
विभिन्न
स्विडेन
१–०
०–१
४–३ (पेनाल्टी)

इङ्ल्यान्ड
 डेनमार्क इटाली
सन् १९८७
विवरण
 नर्वे
नर्वे
२–१
स्विडेन

इटाली
२–१
इङ्ल्यान्ड
सन् १९८९
विवरण
 पश्चिम जर्मनी
पश्चिम जर्मनी
४–१
नर्वे

स्विडेन
२–१
(अतिरिक्त समय)
इटाली
सन् १९९१
विवरण
 डेनमार्क
जर्मनी
३–१
(अतिरिक्त समय)

नर्वे

डेनमार्क
२–१
(अतिरिक्त समय)

इटाली
सन् १९९३
विवरण
 इटाली
नर्वे
१–०
इटाली

डेनमार्क
३–१
जर्मनी
सन् १९९५
विवरण
विभिन्न
जर्मनी
३–२
स्विडेन

इङ्ल्यान्ड नर्वे
सन् १९९७
विवरण
 नर्वे
 स्विडेन

जर्मनी
२–०
इटाली
 स्पेन स्विडेन
सन् २००१
विवरण
 जर्मनी
जर्मनी
१–०
स्विडेन
 डेनमार्क नर्वे
सन् २००५
विवरण
 इङ्ल्यान्ड
जर्मनी
३–१
नर्वे

फिनल्यान्ड स्विडेन
सन् २००९
विवरण

फिनल्यान्ड

जर्मनी
६-२
इङ्ल्यान्ड
 नेदरल्यान्ड नर्वे १२
सन् २०१३
विवरण
 स्विडेन
जर्मनी
१–०
नर्वे
 डेनमार्क स्विडेन १२
सन् २०१७
विवरण
 नेदरल्यान्ड
नेदरल्यान्ड
४–२
डेनमार्क
 अस्ट्रिया इङ्ल्यान्ड १६
सन् २०२२
विवरण

इङ्ल्यान्ड
१६

सारांश[सम्पादन गर्नुहोस्]

यसमा सन् १९६९ र सन् १९७९ को दुईवटा अनौपचारिक खेलहरूको तथ्याङ्क समावेश छैन।

टोली विजेता उप विजेता
 जर्मनी ८ (सन् १९८९, सन् १९९१, सन् १९९५, सन् १९९७, सन् २००१, सन् २००५, सन् २००९, सन् २०१३)
 नर्वे २ (सन् १९८९, सन् १९९३) ४ (सन् १९८९, सन् १९९१, सन् २००५, सन् २०१३)
 स्विडेन १ (सन् १९८४) ३ (सन् १९८७, सन् १९९५, सन् २००१)
 नेदरल्यान्ड १ (सन् २०१७)
 इटाली २ (सन् १९९३, सन् १९९७)

इङ्ल्यान्ड
२ (१९८४, २००९)
 डेनमार्क १ (२०१७)

प्रतिस्पर्धाका चरणहरू[सम्पादन गर्नुहोस्]

यो प्रतियोगिता प्राय: छनोट चरण र प्रतिस्पर्धा चरण गरी दोहोर चरणामा सञ्चालन हने गरेको छ। युरोपेली फुटबल महासङ्घमा सम्बद्ध सबै ५५ देशहरूले यसको छनोट चरण खेल्न पाउँछन्।

छनोट चरण[सम्पादन गर्नुहोस्]

आयोजक देश बाहेक सबै राष्ट्रहरूले छनोट चरणमा भाग लिनु पर्दछ। यो छनोट चरण प्रत्येक दुई दुई वर्षमा हने गरेको छ।

पहिलो चरण[सम्पादन गर्नुहोस्]

सन् २०१७ उत्तरार्ध प्रतियोगितामा छनोट भएका १६ टोलीहरूलाई हरेक ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक टोलीले यसको प्रत्येक समूहको एक पटक प्रतिस्पर्धीहरूको सामना गर्दछन्। दुई उत्कृष्ट टोलीहरू क्वाटर फाइनलमा खेल्न योग्य हुन्छन्।

दोस्रो चरण[सम्पादन गर्नुहोस्]

बाँकी प्रतियोगिताहरू समूहका आठ टोलीहरू बीच हुन्छ जसले क्वार्टर फाइनल, सेमीफाइनल र फाइनल गरी तीनवट निस्कासन चरण समावेश गर्दछ। तेस्रो स्थानको लागि कुनैपनि वर्गीकरण खेल हुँदैन।

नियमित समयको अन्त्यमा खेल बराबरी भएपछि ३० मिनेट समय थप गरी खेल पुन: सञ्चालन गरिन्छ र उक्त खेलमा पनि बराबरी भएको खण्डमा पेनाल्टी सुटआउटद्वारा विजेता घोषित गरिन्छ।

सहभागिता[सम्पादन गर्नुहोस्]

छनोट चरणमा भाग लिनेहरूको सङ्ख्या सन् १९८४ मा १६ देशहरूमा सिमित थियो भने यो सङ्ख्यालाई सन् २०१७ मा, ४६ मा वृद्धि गरिएको छ। पहिलो विस्तार सन् १९९७ मा भएको थियो जसमा प्रतियोगिता खेल्नका लागि आठ राष्ट्रहरू योग्य भएको थिए। प्रतियोगिता त्यसपछि बाह्र राष्ट्रहरूसँग २००९ मा दोस्रो पटक विस्तार भएको थियो। सन् २००५ देखि, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।

सञ्चार माध्यम तथा प्रत्यक्ष प्रसारण[सम्पादन गर्नुहोस्]

प्रत्यक्ष प्रसारण[सम्पादन गर्नुहोस्]

सन् २००५ संस्करणको युइएफए महिला युरोलाई यूरोस्पोर्ट दूरदर्शन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो। बिबिसीले इङ्ल्यान्डबाट प्रतियोगिता फाइनलबाट तीन समूह चरणका खेलहरूको प्रसारण गरेको थियोे। ११ जुन २००५ मा, विवादित इङ्ल्यान्ड र स्विडेन खेललाई बिबिसी मार्फत २०% वा ३० लाख बेलायती दर्शकहरू हेरेका थिए।

रङ्गशालामा उपस्थिति[सम्पादन गर्नुहोस्]

सन् २००५ को संस्करणको १५ खेलले २९,०९२ दर्शकहरूलाई आकर्षित गरेको थियो। इङ्ल्यान्ड र फिनल्यान्डको बीचको सुरुवाती खेलका लागि रङ्गशालामा २१,००० दर्शकहरू उपस्थित भएका थिए। सन् २००५ मा, प्रत्येक खेलका लागि औसत रूपमा ७,८२५ दर्शकहरू रङ्गशालामा उपस्थित भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]