मेगाफोन
व्यवसाय प्रकार | खुला संयुक्त पुँजी कम्पनी |
---|---|
आइएसआइएन | RU000A0JS942 |
उद्योग | मोबाइल दूरसञ्चार |
स्थापित | मे २००२ |
केन्द्रीय कार्यालय | मस्को, रुस |
मुख्य व्यक्ति | Gevork Vermishyan, कार्यकारी अधिकृत (२०१८) |
उत्पादनहरू | मोबाइल सञ्जाल, निश्चित-लाइन टेलिफोन सेवा |
आम्दानी | $४.७३ बिलियन[१] (२०१६; २०१७) |
परिचालन आय | $८५१ मिलियन (२०१६) |
$३८२ मिलियन (२०१६) | |
कुल सम्पत्ति | $६.८९ बिलियन (२०१६) |
कुल इक्विटी | $१.८५ बिलियन (२०१६) |
मालिक | युएसएम समूह (५६.३२%) गाजप्रोमबैंङ्क (१८.७९%) एमआइसिएल (३.९२%) |
कर्मचारी सङ्ख्या | 25,000 (2014) |
सहायक कम्पनीहरू | स्वाइनटेरा मिडिया |
वेबसाइट | www.megafon.ru |
मेगा फोन (रूसी: МегаФон)(पहिला उत्तर-पश्चिम जीएसएमको रूपमा चिनिने), रुसको दोस्रो मोबाइल फोन सञ्चालक हो[२] र रूसमा तेस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो ।[३] दूरसञ्चार क्षेत्रमा यसको मुख्य प्रतिस्पर्धीहरू: मोबाइल टेलि सिस्टम (एमटीएस), भिम्पेलकम (बिलाइन) र टेलि २ (रोस दूरसञ्चार) हो र निश्चित-लाइन खण्डमा, रोस दूरसञ्चार र मल्टिरिजनल ट्रान्सिट टेलिकम हुन् ।[४] जून २०१२ को अनुसार कम्पनीले ताजिकिस्तानमा १.६ मिलियन र रुसमा ६२.१ मिलियन प्रयोगकर्ताहरूमा सेवा प्रदान गर्दछ । यसको मुख्यालय रुसको राजधानी मस्कोमा रहेको छ । यसका शाखा कार्यलयहरू इरान, उज्बेकिस्तान र ताजिकिस्तानमा पनि रहेको छ । यो खुला संयुक्त पुँजी कम्पनीको रूपमा स्थापना भएको थियोे ।
यसले धेरै क्षेत्रीय कम्पनीहरूको अधिग्रहण गरेपछि सन् २००२ मा कम्पनीले आफ्नो नाम, उत्तर-पश्चिम जीएसएमबाट मेगाफोनमा बदलेको थियोे जसले गर्दा यो रुसको सबै क्षेत्रमा सेवा पुर्याउने पहिलो दूरसञ्चार सेवा प्रदायक बनेको थियोे । यसको अर्थ मेगा - "ठूलो" र फोन - "टेलिफोन" हुन आउँछ ।
इतिहास
[सम्पादन गर्नुहोस्]१७ जून १९९३, उत्तर-पश्चिम जीएसएमको दर्ता मिति रहेको थियो अलेक्जेन्डर मलिसिभ कम्पनीका पहिला महाप्रबन्धक थिए । प्रमुख अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा स्क्यान्ड्याभियन कम्पनीहरू जस्तै सोनेरा (फिनल्यान्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्विडेन) र टेलिनोर इन्भेस्ट एएस (नर्वे) रहेका थिए र यसलाई नोकियाद्वारा दूरसञ्चार उपकरण आपूर्ति गरिएको थियो ।[५][६] यसले सन् १९९४ मा रुसमा जीएसएम (2 जी) सञ्जालको व्यावसायिक प्रक्षेपण गरेको थियोे ।[७][८]
१९९९ – कम्पनीमा प्रयोगकर्ताहरूको सङ्ख्या १००,००० भन्दा बढी पुगेको थियोे । यसले रूसको उत्तर-पश्चिमको उत्तरी क्षेत्रहरूमा आफ्नो सेवा सक्रिय रूपमा विस्तार गरेको थियोे । उत्तर-पश्चिम जीएसएमको रूपमा, यो रुसको पहिलो सञ्चालक थियो जसले युरोपको सबै देशहरूमा रोमिङ सम्झौतामा हस्ताक्षर गरेको थियोे ।
२००० – कम्पनीको शेयरधनिहरूले ठूलो बजारमा सेवा दिने योजनाका अनुसार डसले नयाँ रणनीति अपनायो ।[९][१०]
नोभेम्बर २००१ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या ५००,००० पुगेको थियोे ।[११][१२]
मे २००२ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या १ मिलियन भन्दा बढी पुगेको थियोे ।[१३]
मालिक र व्यवस्थापन
[सम्पादन गर्नुहोस्]कम्पनीलाई सबैभन्दा ठूलो विदेशी लगानीकर्ताहरूद्वारा स्थापित गरिएको थियो: सोनेरा (फिनल्यान्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्विडेन) हाल टेलेनर इन्भेस्ट एएस (नर्वे) सँग समायोजन भइ टेलिया कम्पनीमा आबद्ध भएको छ । दूरसञ्चार उपकरणहरू भने नोकियाबाट खरीद गरिएको थियो ।
मार्च २०१८ सम्म यस कम्पनीको मालिक निम्नानुसार छन्:
- युएसएम समूह - ५६.३२%
- गाजप्रोमबैङ्क - १८.७९%.
- एसआइसिएल - ३.९२%
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ https://corp.megafon.com/ai/document/9763/file/Megafon_2016_ENG_with_AR.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०४ मिति
- ↑ "МегаФон" больше не третий Kommersant
- ↑ "Обзор: Телеком 2014, CNews Telecom 2014: Крупнейшие телекоммуникационные компании России", सि न्युज डट आरयु, अन्तिम पहुँच १७ जुलाई २०१५।
- ↑ "Ъ - "Большая тройка" отчиталась", अन्तिम पहुँच १७ जुलाई २०१५।
- ↑ "МегаФон" отметил свое 15-летие в Северной столице" वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२४ मिति
- ↑ "Как закалялась сталь"
- ↑ "1993-1994. Как на ваше дело повлияла сотовая связь?" Kommersant
- ↑ "История бренда МегаФон" ब्रान्डपिडिया
- ↑ "Совет директоров и акционеры "Северо-Западного GSM" одобрили план развития компании", अन्तिम पहुँच १७ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण ७ अप्रिल २०२२ मिति
- ↑ "Северо-Западный GSM" обрел федеральность" कम न्युज
- ↑ "Количество абонентов "Северо-Западного GSM" превысило 600 тыс. человек.", अन्तिम पहुँच १७ जुलाई २०१५।
- ↑ ""Северо-Западный GSM" приступил к реализации проекта сотовой связи в Таджикистане - Старые новости - Новости Санкт-Петербурга - Фонтанка.Ру", अन्तिम पहुँच १७ जुलाई २०१५।
- ↑ "К сети "Северо-Западного GSM" подключился миллионный абонент - Старые новости - Новости Санкт-Петербурга - Фонтанка.Ру", अन्तिम पहुँच १७ जुलाई २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२५ मिति