अप्रत्यक्ष कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अप्रत्यक्ष कर त्यस्तो कर हो जुन जनताबाट सिधै नलिइदैन तर जनताले यसको बोझ बहन गर्नु पर्छ। भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ। कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ। अप्रत्यक्ष करलाई भार हस्तान्तरण हुने कर भनेर पनि बुझिन्छ। [१] वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर अप्रत्यक्ष करका उदाहरण हुन्।

देशमा तयार गरिएको वस्तुमा लाग्ने उत्पादन शुल्क, आयात वा निर्यातमा लाग्ने सीमा शुल्क आदि अप्रत्यक्ष कर हुन्। जस्तै- सेवाकर Service tax, केन्द्रिय उत्पाद शुल्क, सीमा शुल्क आदि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. डा. टोकराज पाण्डे (२०७५ माघ ६), "कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ?", नयाँ पत्रिका।