चन्द्र महर्जन
Chandra Maharjan | |
---|---|
चन्द्र महर्जन | |
Member of Constituent Assembly of Nepal | |
पद बहाली November 2013 | |
राष्ट्रपति | Ram Baran Yadav |
प्रधानमन्त्री | Sushil Koirala |
उपराष्ट्रपति | Paramananda Jha |
व्यक्तिगत विवरण | |
जन्म | Lalitpur, Nepal | १६ नोभेम्बर १९५४
राष्ट्रियता | Nepali |
राजनीतिक दल | Nepali Congress |
चन्द्र महर्जन दोस्रो संविधान सभाको सदस्य हुन्। उनले नेपाली कांग्रेस को प्रतिनिधित्व गर्दै ललितपुर क्षेत्र नं २बाट २०७० को दोश्रो संविधानसभा चुनाव जितेका थिए । [१][२][३]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]चन्द्र महर्जन २०११ साल मंसिर १ गते ललितपुर ८ सुबाहालमा जन्मिएका हन् । उनका बाबुको नाम चन्द्रमान महर्जन र आमाको नाम बुद्धिमाया महर्जन हो ।
राजनीतिक वृति
[सम्पादन गर्नुहोस्]राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका महर्जनले २०२८ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०२८ सालमा तत्कालिन नेकपा चौम (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा थालेका महर्जन सुरुमा कम्युनिष्टप्रति आस्था राख्ने उहाँ २०३७ सालको जनमत सङ्ग्रहपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ सङ्गठन, जनजाति सङ्घको केन्द्रीय सदस्य र विभागमा रहेर काम गरेका महर्जनले नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी लिइसकेका छन् । महर्जनले २०४९ सालमा ललितपुर उपमहानगरपालिकाको उपमयेर भएका हुन्।
२०६४ सालको संविधानसभा चुनावमा ललितपुर २बाट पराजित भएका महर्जन २०७० को दोस्रो संविधानसभाको चुनावमा भने ललितपुर क्षेत्र नं २बाट विजयी भएका थिए । उनले २३२३२ मत ल्याएर विजयी भएका हुन । ईंट्टा व्यवसायमा संलग्न महर्जन ज्यापू समाजको उपाध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानको महासचिव तथा रोटरी क्लवको संस्थापक सदस्य हुन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "MyRepublica :: Election Special", MyRepublica.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४।
- ↑ "Nepalnews.com - News from Nepal as it happens :: Elected Members", Nepalnews.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४। वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
- ↑ "Election Candidate - Chandra Maharjan", Ujyaaloonline.com, मूलबाट ८ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४।