चन्द्र महर्जन
Chandra Maharjan | |
|---|---|
चन्द्र महर्जन | |
Chandra Maharjan addressing his voters after the victory at CA Election 2013. | |
| Member of Constituent Assembly of Nepal | |
| पद बहाली November 2013 | |
| राष्ट्रपति | Ram Baran Yadav |
| प्रधानमन्त्री | Sushil Koirala |
| उपराष्ट्रपति | Paramananda Jha |
| व्यक्तिगत विवरण | |
| जन्म | १६ नोभेम्बर १९५४ |
| राजनीतिक दल | Nepali Congress |
Deprecated parameter birthnameDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter viceprimeministerDeprecated parameter viceprimeminister2Deprecated parameter honorific-prefixDeprecated parameter vicepresident2Deprecated parameter restingplacecoordinatesDeprecated parameter imagesizeDeprecated parameter otherpartyDeprecated parameter primeminister2Deprecated parameter primeministerDeprecated parameter vicepresidentDeprecated parameter smallimage
चन्द्र महर्जन दोस्रो संविधान सभाको सदस्य हुन्। उनले नेपाली कांग्रेस को प्रतिनिधित्व गर्दै ललितपुर क्षेत्र नं २बाट २०७० को दोश्रो संविधानसभा चुनाव जितेका थिए । [१][२][३]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]चन्द्र महर्जन २०११ साल मंसिर १ गते ललितपुर ८ सुबाहालमा जन्मिएका हन् । उनका बाबुको नाम चन्द्रमान महर्जन र आमाको नाम बुद्धिमाया महर्जन हो ।
राजनीतिक वृति
[सम्पादन गर्नुहोस्]राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका महर्जनले २०२८ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०२८ सालमा तत्कालिन नेकपा चौम (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा थालेका महर्जन सुरुमा कम्युनिष्टप्रति आस्था राख्ने उहाँ २०३७ सालको जनमत सङ्ग्रहपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ सङ्गठन, जनजाति सङ्घको केन्द्रीय सदस्य र विभागमा रहेर काम गरेका महर्जनले नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी लिइसकेका छन् । महर्जनले २०४९ सालमा ललितपुर उपमहानगरपालिकाको उपमयेर भएका हुन्।
२०६४ सालको संविधानसभा चुनावमा ललितपुर २बाट पराजित भएका महर्जन २०७० को दोस्रो संविधानसभाको चुनावमा भने ललितपुर क्षेत्र नं २बाट विजयी भएका थिए । उनले २३२३२ मत ल्याएर विजयी भएका हुन । ईंट्टा व्यवसायमा संलग्न महर्जन ज्यापू समाजको उपाध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानको महासचिव तथा रोटरी क्लवको संस्थापक सदस्य हुन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "MyRepublica :: Election Special", MyRepublica.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४।
- ↑ "Nepalnews.com - News from Nepal as it happens :: Elected Members", Nepalnews.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४। अभिलेखिकरण १४ जुलाई २०१४ वेब्याक मेसिन
- ↑ "Election Candidate - Chandra Maharjan", Ujyaaloonline.com, मूलबाट ८ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४।