भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
स्वरूप
टीम विवरण | |
---|---|
कप्तान | विजय जोल |
प्रशिक्षक | राहुल द्रविड |
मालिक | बिसिसिआई |
टिम जानकारी | |
निलो | |
१९७९ | |
इतिहास | |
आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप wins | २०००, २००८, २०१२ |
आधिकारिक वेबसाइट: | क्रिकइन्फो |
भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्ने गर्दछ । यस टिमको वर्तमान कप्तान विजय जोल हो भने प्रशिक्षक भूतपूर्व भारतीय क्रिकेट खेलाडी राहुल द्रविड हुन ।[१]
यस भारतीय टिमले तीनवटा अन्डर-१९ क्रिकेट विश्वकप जितिसकेको छ । सन् २००० मा यसले मोहम्मद कैफको कप्तानीमा जितेको थियो भने सन् २००८ मा विराट कोहली र सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा विश्वकप प्रतियोगिता जितेको थियो । यस टिमको ओडिआई खेलमा जित प्रतिशत (७५%) रहेको छ जुन अन्डर-१९ राष्ट्रिय क्रिकेट खेल्ने सबै टिमहरूको तुलनामा सबैभन्दा बढी हो ।[२]
अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन
[सम्पादन गर्नुहोस्]वर्ष | आयोजक | नतिजा |
---|---|---|
१९८८ | अस्ट्रेलिया | |
१९९८ | दक्षिण अफ्रिका | |
२००० | श्रीलङ्का | विजेता |
२००२ | न्युजिल्यान्ड | |
२००४ | बङ्गलादेश | |
२००६ | श्रीलङ्का | उप-विजेता |
२००८ | मलेसिया | विजेता |
२०१० | न्युजिल्यान्ड | छनौट नभएको |
२०१२ | अस्ट्रेलिया | विजेता |
२०१४ | संयुक्त अरब इमिरेट्स | ५औँ |
२०१६ | बङ्गलादेश |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dravid to coach India A, U-19 teams
- ↑ "Under-19s Youth One-Day Internationals / Team records / Results summary", ESPN Cricinfo, अन्तिम पहुँच ३० जुन २०१२।