इथानोल इन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इथानोल पम्प स्टेसन
इथानोल पम्प स्टेसन, साउ पाउलो, ब्राजिल

इथानोल इन्धन भनेको उर्जाको लागि प्रयोग हुने इथाइल अल्कोहल हो। मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायः जसो मोटर इन्धन, मुख्यतया पेट्रोलको लागि एक जैविक ईन्धन संयोजकको रूपमा प्रयोग गरिन्छ।

इथानोल ईन्धनको " पेट्रोल ग्यालन समतुल्य " (GGE) १.५ छ, अर्थात् १ लिटर पेट्रोलले दिने बराबरको उर्जा प्राप्त गर्न १.५ लिटर इथानोलको आवस्यकता पर्छ। [१] [२]

बायोइथानोल (जैविक इथानोल) नवीकरणीय उर्जाको एक रूप हो जुन कृषि उत्पादनबाट उत्पादन गर्न सकिन्छ। यो धेरै साधारण बालीहरू जस्तै गाँजा, उखु, आलु, कासावामकैबाट बनाउन सकिन्छ । पेट्रोल प्रतिस्थापनमा जैविक इथानोल कती उपयोगी छ भन्ने बारेमा पर्याप्त बहस भएको छ। यसको उत्पादन र प्रयोगको चिन्ता खाद्यान्नको मूल्य वृद्धिसंग सम्बन्धित छ[३] यसको कारण भनेको खाद्यान्न उब्जनीको लागि आवश्यक कृषि योग्य जमिनको ठूलो मात्रा र साथ साथै इथानोल उत्पादनको सम्पूर्ण चक्रको उर्जा र प्रदूषण सन्तुलनको सँग सम्बन्धित छ। [४] [५]

उत्पादन[सम्पादन गर्नुहोस्]

इथानोल इन्धन उत्पादन गर्ने विभिन्न तरिकाहरू छन्, तर सबैभन्दा आम तरिका फर्मेन्टेसन (किण्वन) मार्फत हुन्छ।

इथानोलको ठूलो मात्रामा उत्पादनका लागि आधारभूत चरणहरू हुन्: माइक्रोबियल (खमीर) चिनीको किण्वन, आसवन, निर्जलीकरण (आवश्यकताहरू भिन्न हुन्छन्, तलको इथेनॉल इन्धनको मिश्रण हेर्नुहोस्), र डिनेचरिङ (वैकल्पिक)। किण्वन गर्नु अघि, केही बालीहरूलाई सेलुलोज र स्टार्च जस्ता कार्बोहाइड्रेटको शर्करामा शुद्धीकरण वा हाइड्रोलाइसिस चाहिन्छ। सेल्युलोजको सेक्रेरिफिकेशनलाई सेल्युलोलिसिस भनिन्छ (सेलुलोसिक इथेनॉल हेर्नुहोस्)। स्टार्चलाई चिनीमा परिणत गर्न इन्जाइमहरू प्रयोग गरिन्छ।

Although there are various ways ethanol fuel can be produced, the most common way is via fermentation.

The basic steps for large-scale production of ethanol are: microbial (yeast) fermentation of sugars, distillation, dehydration (requirements vary, see Ethanol fuel mixtures, below), and denaturing (optional). Prior to fermentation, some crops require saccharification or hydrolysis of carbohydrates such as cellulose and starch into sugars. Saccharification of cellulose is called cellulolysis (see cellulosic ethanol). Enzymes are used to convert starch into sugar.[६]

फर्मेन्टेसन

डिस्टिलेसन

डीहाईड्रेसन

इन्जिनहरू[सम्पादन गर्नुहोस्]

इन्धन मितव्ययिता[सम्पादन गर्नुहोस्]

इथानोलमा पेट्रोलमा भन्दा प्रति लिटर लगभग ३४% कम उर्जा हुन्छ, र सैद्धान्तिक रुपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रति लिटर पेट्रोल भन्दा ३४% कम शक्ति उत्पन्न हुन्छ। यद्यपि, इथानोलको अक्टेन रेटिङ उच्च हुने भएकाले कम्प्रेसन रेसियो वृद्धि गरेर इन्जिनको कुशलता बढाउन सकिन्छ। [७][८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gasoline Gallon Equivalent (GGE) Definition", energy.gov, अन्तिम पहुँच १२ अक्टोबर २०११ 
  2. "Alternative Fuels Data Center – Fuel Properties Comparison", Alternative Fuels Data Center, २०१४-१०-२९। 
  3. "Deforestation diesel – the madness of biofuel", अन्तिम पहुँच २७ अगस्ट २०११ 
  4. Youngquist, W. Geodestinies, National Book Company, Portland, Oregon, p.499
  5. "The dirty truth about biofuels", Oilcrash.com, १४ मार्च २००५, अन्तिम पहुँच २७ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २००९ मिति
  6. "New Enzyme for More Efficient Corn Ethanol Production", Green Car Congress, ३० जुन २००५, अन्तिम पहुँच १४ जनवरी २००८ 
  7. "Alternative Fuels Data Center: Ethanol", Afdc.energy.gov, अन्तिम पहुँच २० जनवरी २०१५ 
  8. "U.S. Energy Information Administration (EIA)", मूलबाट २१ अगस्ट २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]