इथानोल इन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इथानोल पम्प स्टेसन
इथानोल पम्प स्टेसन, साउ पाउलो, ब्राजिल

इथानोल इन्धन भनेको उर्जाको लागि प्रयोग हुने इथाइल अल्कोहल हो। मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायः जसो मोटर इन्धन, मुख्यतया पेट्रोलको लागि एक जैविक ईन्धन संयोजकको रूपमा प्रयोग गरिन्छ।

इथानोल ईन्धनको " पेट्रोल ग्यालन समतुल्य " (GGE) १.५ छ, अर्थात् १ लिटर पेट्रोलले दिने बराबरको उर्जा प्राप्त गर्न १.५ लिटर इथानोलको आवस्यकता पर्छ। [१] [२]

बायोइथानोल (जैविक इथानोल) नवीकरणीय उर्जाको एक रूप हो जुन कृषि उत्पादनबाट उत्पादन गर्न सकिन्छ। यो धेरै साधारण बालीहरू जस्तै गाँजा, उखु, आलु, कासावामकैबाट बनाउन सकिन्छ । पेट्रोल प्रतिस्थापनमा जैविक इथानोल कती उपयोगी छ भन्ने बारेमा पर्याप्त बहस भएको छ। यसको उत्पादन र प्रयोगको चिन्ता खाद्यान्नको मूल्य वृद्धिसंग सम्बन्धित छ[३] यसको कारण भनेको खाद्यान्न उब्जनीको लागि आवश्यक कृषि योग्य जमिनको ठूलो मात्रा र साथ साथै इथानोल उत्पादनको सम्पूर्ण चक्रको उर्जा र प्रदूषण सन्तुलनको सँग सम्बन्धित छ। [४] [५]

इन्जिनहरू[सम्पादन गर्नुहोस्]

इन्धन मितव्ययिता[सम्पादन गर्नुहोस्]

इथानोलमा पेट्रोलमा भन्दा प्रति लिटर लगभग ३४% कम उर्जा हुन्छ, र सैद्धान्तिक रुपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रति लिटर पेट्रोल भन्दा ३४% कम शक्ति उत्पन्न हुन्छ। यद्यपि, इथानोलको अक्टेन रेटिङ उच्च हुने भएकाले कम्प्रेसन रेसियो वृद्धि गरेर इन्जिनको कुशलता बढाउन सकिन्छ। [६][७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gasoline Gallon Equivalent (GGE) Definition", energy.gov, अन्तिम पहुँच १२ अक्टोबर २०११ 
  2. "Alternative Fuels Data Center – Fuel Properties Comparison", Alternative Fuels Data Center, २०१४-१०-२९। 
  3. "Deforestation diesel – the madness of biofuel", अन्तिम पहुँच २७ अगस्ट २०११ 
  4. Youngquist, W. Geodestinies, National Book Company, Portland, Oregon, p.499
  5. "The dirty truth about biofuels", Oilcrash.com, १४ मार्च २००५, अन्तिम पहुँच २७ अगस्ट २०११ 
  6. "Alternative Fuels Data Center: Ethanol", Afdc.energy.gov, अन्तिम पहुँच २० जनवरी २०१५ 
  7. "U.S. Energy Information Administration (EIA)", मूलबाट २१ अगस्ट २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]