माक्सिमिलियेँ रबस्पियर
माक्सिमिलियेँ द रबस्पियर | |
---|---|
सार्वजनिक सुरक्षा समितिका सदस्य | |
कार्यकाल २७ जुलाई १७९३ – २८ जुलाई १७९४ | |
पूर्वाधिकारी | तोमा-अगुस्तँ द आसपारिन |
उतराधिकारी | जाक निकोला बियु-भरान |
राष्ट्रिय महाधिवेशनका अध्यक्ष | |
कार्यकाल ४ जुन १७९४ – १९ जुन १७९४ | |
पूर्वाधिकारी | क्लुद अँथुवन पियर |
उतराधिकारी | इली लाकोस्त |
कार्यकाल २२ अगस्ट १७९३ – ७ सेप्टेम्बर १७९३ | |
पूर्वाधिकारी | मेरी-जँ एहु द सेसेल |
उतराधिकारी | जाक-निको बियु-भरान |
राष्ट्रिय महाधिवेशनका उपसभापती | |
कार्यकाल २० सेप्टेम्बर १७९२ – २७ जुलाई १७९४ | |
निर्वाचन क्षेत्र | पेरिस |
राष्ट्रिय संविधान सभाका अपाध्यक्ष | |
कार्यकाल ९ जुलाई १७८९ – ३० सेप्टेम्बर १७९१ | |
राष्ट्रिय सभाका उपाध्यक्ष | |
कार्यकाल १७ जुन १७८९ – ९ जुलाई १७८९ | |
तेस्रो वर्गको इस्टेट जनरलका उपाध्यक्ष | |
कार्यकाल ६ मे १७८९ – १६ जुन १७८९ | |
निर्वाचन क्षेत्र | अर्तवा |
जाकोबिन क्लब प्रमुख | |
कार्यकाल ३१ मार्च – ३ जुन १७९० | |
कार्यकाल ७ अगस्ट – २८ अगस्ट १७९३ | |
सार्वजनिक सुरक्षा आयोगका सदस्य | |
कार्यकाल २६ मार्च १७९३ – ३ अप्रिल १७९३ | |
व्यक्तिगत विवरण | |
जन्म | माक्सिमिलियेँ फ्रँस्वा मेरी इसिदोर द रबस्पियर ६ मे १७५८ अरास प्रान्त, अर्तवा, फ्रान्स |
मृत्यु | २८ जुलाई १७९४ पल्ज दे ल रिभोलुस्योँ, पेरिस, फ्रान्स | (उमेर ३६)
मृत्युुको कारण | गियोतिनद्वारा मृत्युुदण्ड |
राष्ट्रियता | फ्रान्सेली |
राजनीतिक दल | ला मोन्तान्या (सन् १७९२–१७९४) |
अन्य राजनीतिक संलग्नता | जाकोबिन क्लब (सन् १७८७–१७९४) |
मातृ शिक्षाप्रतिष्ठान | लुई-ले-गँह कलेज पेरिस विश्वविद्यालय |
जीवनवृति | वकिल र राजनीतिज्ञ |
हस्ताक्षर | |
माक्सिमिलियेँ रबस्पियर ((फ्रान्सेली: [mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ] ६ मे १७५८ -२८ जुलाई १७९४ ) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई फ्रान्सेली राज्यक्रान्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छ। रबस्पियर फ्रान्सको राष्ट्रिय सभा, फ्रान्सको राष्ट्रिय संविधान सभा र जाकोबियोँ क्लबको सदस्य थिए।
आर्रा प्रान्तको वकील रबस्पियर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि गरिएको आन्दोलनको नेतृत्व गरेका थिए। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरेका थिए। उनी फ्रान्समा सद्गुणको गणतन्त्र [१] स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतङ्क बिनाको सद्गुण र सद्गुण बिनाको आतङ्क निरर्थक छ।" [२] उनले क्रान्तिको समयमा लुई सोह्रौँ र रानी अँतवानेतलाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। रबस्पियरलाई लेँकोरेप्तिब्ल अर्थात् जसलाई भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.historyguide.org/intellect/virtue.html
- ↑ वर्मा, लाल बहादुर (२००९), आधुनिक विश्व इतिहास की झलक, इलाहाबाद: अभिव्यक्ति प्रकाशन, पृ: 38–40।