श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रम तथा यातायात व्यवस्था मन्त्रालय नेपाल सरकारको श्रम तथा यातायात सम्बन्धि कार्यहरू गर्ने सर्वोच्च निकाय हो।

इतिहास[सम्पादन गर्नुहोस्]

सुरूमा उद्योग तथा वाणिज्य मन्त्रालयभित्र एक शाखाको रूपमा रहेको श्रम शाखालाई वि.सं. २०२८ सालमा छुट्टै विभागको रूपमा गठन गरी श्रम विभागको स्थापना गरिएको थियो। तत्पश्चात् वि.सं. २०३८ सालमा श्रम तथा समाज कल्याण मन्त्रालयको रूपमा स्थापित यस मन्त्रालयलाई वि.सं. २०५२ सालमा श्रम मन्त्रालयको नाममा रूपान्तरित गरियो। यसरी विभिन्न चरण पार गर्दै वि.सं. २०५७ सालदेखि यातायात सम्बन्धी कार्य समेतको जिम्मा लिई श्रम तथा यातायात व्यवस्था मन्त्रालयको रूपमा कार्यरत छ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • अर्थतन्त्रका विभिन्न क्षेत्रमा आवश्यक पर्ने श्रमशक्तिको लेखाजोखा गरी आवश्यक सक्षम,दक्ष, सिर्जनशील, प्रतिस्पर्धात्मक क्षमतावान् एवम् सीपयुक्त स्तरीय श्रमशक्ति उत्पादन गरी विश्वव्यापीकरण एवम् उदारीकरणको परिपेक्षमा स्वदशे भित्र तथा अन्तर्राष्ट्रिय श्रम बजारमासमेत आपूर्ति गर्न सकिने गरी श्रम शक्तिको विकास गर्नुका साथै औद्योगिक शान्ति, स्वस्थ र सुरक्षित रूपमा काम गर्ने वातावरण एवम् श्रमिकको प्रतिष्ठामा अभिबृद्धि गर्ने।
  • आयआर्जन एवम् स्वरोजगारमूलक कार्यक्रमहरूलाई शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धीकार्यक्रम सँगसँगै व्यापक रूपमा विस्तार गरी खास गरी असङ्गठित क्षेत्रमा कार्यरत बालश्रमिक एवम् तिनका अभिभावकहरूको चेतना र आयको स्तरमा बृद्धि गर्ने।
  • वैदेशिक रोजगार प्रवर्धनका लागि विश्वबजारको माग र आवश्यकतालाई दृष्टिगत गर्दैप्रि तस्पधार्त् मक क्षमता भएका जनशक्ति तयार गगर्नु का साथै श्रम आप्रवासका सबै चरणहरूलाई भरपर्दो, विश्वसनीय, पारदर्शी एवम् सहज र सरल बनाउने।
  • सुरक्षित, व्यवस्थित सेवामूलक यातायात व्यवस्था प्रणालीको विकास गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम मन्त्रालयको कार्य र जिम्मेवेवारी देहेहाय बमोजिम रहेकेको छ।

  • श्रम सम्बन्धी नीति तथा कार्यान्वयन सम्बन्धी,
  • श्रमशक्ति श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण सम्बन्धी,
  • श्रम सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूसँग सर्म्पर्क र सम्बन्ध सम्बन्धी,
  • श्रमिक र व्यवस्थापकबीचको सम्बन्ध सम्बन्धी,
  • रोजगार सेवा तथा श्रमिक आपूर्ति सम्बन्धी,
  • वैदेशिक रोजगार सम्बन्धी,
  • व्यवसायिक तालीमको सञ्चालन, समन्वय तथा प्रबर्द्धन सम्बन्धी,
  • नाबालक, महिला, अपाङ्ग तथा बधुवा मजदूरको सीप र तालीम सम्बन्धी,
  • ट्रेड युनियन सम्बन्धि,
  • श्रमिकहरूको सामाजिक सुरक्षा सम्बन्धी,
  • विदेशीहरूका लागि श्रम स्वीकृति दिने सम्बन्धी,
  • श्रम प्रशासन तथा व्यवस्थापन सम्बन्धी,
  • बोनस सम्बन्धी,
  • यातायात (हवाई यातायात बाहेक) तथा परिवहन सम्बन्धी व्यवस्थापन र सञ्चालन सम्बन्धी
  • नीति, योजना, कार्यान्वयन र नियमन सम्बन्धी,
  • सम्बन्धित संस्थान तथा सङ्गठन सम्बन्धी,
  • यातायात सेवा (हवाई यातायात सेवा बाहेक) व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित,
  • अन्तर्राष्ट्रिय संस्था वा निकायहरूसँग सर्म्पर्क सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल सरकार
श्रम तथा यातायात मन्त्रालय
सिहदरवार, काठमाडौँ, नेपाल
फोन : ४२४७८४२, ४२४१९६३
फ्याक्स : ४२५६८७७
ईमेल : info@moltm.gov.np

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

www.moltm.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-२६ मिति