ट्राइबल रेन
ट्राइबल रेन | |
---|---|
उत्पत्ति | नाम्ची, सिक्किम, भारत |
विधा | नेपाली प्रयोगात्मक |
सक्रिय वर्ष | २०१३–वर्तमान |
सदस्यहरू | |
| |
पूर्व सदस्य(हरू) | |
राहुल राई |
ट्राइबल रेन सिक्किमको एक नेपाली प्रयोगात्मक साङ्गीतिक समूह हो।[१][२] यो समूहले सन् २०१७ मा आफ्नो पहिलो एल्बम 'रोक यो समय' लोकार्पण गरेका थिए। 'भनाइ', 'चिन्ता' र 'नरिसाउन' यस समूहका केही चर्चित गीतहरू हुन्।[३]
गठन र सफलता
[सम्पादन गर्नुहोस्]सन् २०१३ मा राहुल राई, केन्नेथ अधिकारी, प्रवेस लामा र सुशान्त घतानीले यो समूह गठन गरेका थिए। राई मुख्य गायक र गितारवादक थिए। लामा, घतानी र अधिकारीले क्रमशः गितार, क्याजोन र किबोर्ड बजाउँथे।
उनीहरूले सुरुमा एउटा एकल गीत 'चिन्ता' जारी गरे र त्यसपछि दुई अन्य एकल गीत 'भनाइ' र 'नरिसाउन' लोकार्पण गरेका थिए। त्यसपछि उनीहरूले ११ गीतहरू समावेश गरी सन् २०१७ मा 'रोक यो समय' नामक एल्बम लोकार्पण गरेका थिए।[४]
राहुल राईको निधन
[सम्पादन गर्नुहोस्]'भनाइ'को साङ्गीतिक भिडियो सन् २०१३ फेब्रुअरी १३ मा प्रदर्शन गरिएको थियो। त्यसको एक दिनपछि सन् २०१८ फेब्रुअरी १४ मा मुख्य गायक राहुल राई आत्महत्या गरेको अवस्थामा मृत फेला परेका थिए।[५][६][७] सन् २०२२ अप्रिल १४ मा, राहुल राईको जीवनमा आधारित वृत्तचित्र जारी भएको थियो।[८]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Republica, "Tribal Rain’s ‘Sahara’ in memory of late Rahul Rai", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४।[स्थायी मृत कडी]
- ↑ "Remembering Rahul Rai: Tribal Rain Lead Singer", NEPWAVE (en-USमा), २०२२-०२-१३, अन्तिम पहुँच २०२२-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
- ↑ "In conversation with Sikkim’s freestyle acoustic band – Tribal Rain" (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४।
- ↑ "Sikkim’s popular band ‘Tribal Rain’ to release their first album today", thenortheasttoday.com (en-INमा), २०१६-०९-१६, अन्तिम पहुँच २०२२-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-०७ मिति
- ↑ "The Lost Star: A tribute to Rahul Rai of Tribal Rain.", Wandering Souls Of Sikkim (en-USमा), २०१८-०३-०९, अन्तिम पहुँच २०२२-०८-०४।
- ↑ Desk, TheDC News (२०१८-०२-१५), "Tribute to Rahul Rai - It Shall Rain No More", The Darjeeling Chronicle (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०४।
- ↑ Tamang, Yougan (२०१८-०३-२५), "Namchi pays tribute to Tribal Rain frontman, the Late Rahul Rai", summittimes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
- ↑ "The idiosyncrasies of a gem: Documentary film on the life of Rahul Rai set to premiere - Sikkim Breaking News | Trending News" (en-USमा), २०२२-०४-१४, अन्तिम पहुँच २०२२-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति