ट्राइबल रेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्राइबल रेन
उत्पत्तिनाम्ची, सिक्किम, भारत
विधानेपाली प्रयोगात्मक
सक्रिय वर्ष२०१३–वर्तमान
सदस्यहरू
  • केन्नेथ अधिकारी
  • प्रवेस लामा
  • सुशान्त घतानी
पूर्व सदस्य(हरू)
राहुल राई

ट्राइबल रेन सिक्किमको एक नेपाली प्रयोगात्मक साङ्गीतिक समूह हो।[१][२] यो समूहले सन् २०१७ मा आफ्नो पहिलो एल्बम 'रोक यो समय' लोकार्पण गरेका थिए। 'भनाइ', 'चिन्ता' र 'नरिसाउन' यस समूहका केही चर्चित गीतहरू हुन्।[३]

गठन र सफलता[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा राहुल राई, केन्नेथ अधिकारी, प्रवेस लामा र सुशान्त घतानीले यो समूह गठन गरेका थिए। राई मुख्य गायक र गितारवादक थिए। लामा, घतानी र अधिकारीले क्रमशः गितार, क्याजोन र किबोर्ड बजाउँथे।

उनीहरूले सुरुमा एउटा एकल गीत 'चिन्ता' जारी गरे र त्यसपछि दुई अन्य एकल गीत 'भनाइ' र 'नरिसाउन' लोकार्पण गरेका थिए। त्यसपछि उनीहरूले ११ गीतहरू समावेश गरी सन् २०१७ मा 'रोक यो समय' नामक एल्बम लोकार्पण गरेका थिए।[४]

राहुल राईको निधन[सम्पादन गर्नुहोस्]

'भनाइ'को साङ्गीतिक भिडियो सन् २०१३ फेब्रुअरी १३ मा प्रदर्शन गरिएको थियो। त्यसको एक दिनपछि सन् २०१८ फेब्रुअरी १४ मा मुख्य गायक राहुल राई आत्महत्या गरेको अवस्थामा मृत फेला परेका थिए।[५][६][७] सन् २०२२ अप्रिल १४ मा, राहुल राईको जीवनमा आधारित वृत्तचित्र जारी भएको थियो।[८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Republica, "Tribal Rain’s ‘Sahara’ in memory of late Rahul Rai", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  2. "Remembering Rahul Rai: Tribal Rain Lead Singer", NEPWAVE (en-USमा), २०२२-०२-१३, अन्तिम पहुँच २०२२-०८-०४ 
  3. "In conversation with Sikkim’s freestyle acoustic band – Tribal Rain" (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  4. "Sikkim’s popular band ‘Tribal Rain’ to release their first album today", thenortheasttoday.com (en-INमा), २०१६-०९-१६, अन्तिम पहुँच २०२२-०८-०४ 
  5. "The Lost Star: A tribute to Rahul Rai of Tribal Rain.", Wandering Souls Of Sikkim (en-USमा), २०१८-०३-०९, अन्तिम पहुँच २०२२-०८-०४ 
  6. Desk, TheDC News (२०१८-०२-१५), "Tribute to Rahul Rai - It Shall Rain No More", The Darjeeling Chronicle (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  7. Tamang, Yougan (२०१८-०३-२५), "Namchi pays tribute to Tribal Rain frontman, the Late Rahul Rai", summittimes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  8. "The idiosyncrasies of a gem: Documentary film on the life of Rahul Rai set to premiere - Sikkim Breaking News | Trending News" (en-USमा), २०२२-०४-१४, अन्तिम पहुँच २०२२-०८-०४