गुगल एनलाइटिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुगल एनलाइटिक
Google Analytics logo
साइटको प्रकार
वेब विश्लेषण
मालिकगूगल
युआरएलwww.google.com/analytics
analytics.google.com
व्यवसायिकहो
दर्ताआवस्यक

गूगल एनलाईटिक अथवा एनलाईटिक्स, (अङ्ग्रेजी: Google Analytics) प्रकाशन गरिएको वेबसाईट लाई मापन वा वेब विश्लेषण गर्ने गूगलद्वारा सञ्चालन गरिएको सेवा हो । गुगलले यो सेवा सन् २००५ नोभेम्बरमा अर्चिनलाई आफ्नो स्वामित्वमा ल्याए पश्चात शुरू गरेको थियो । [१] गुगल एनलाइटिक हाल इन्टरनेटमा वेभ विश्लेषणको लागि प्रयोग हुने सेवाहरू मध्ये एक रहेको छ ।[२] यो सेवा दुई संस्करणमा उपलब्ध रहेको छ, गूगल एनलाईटिक्स ३६०[३] तथा गूगल एनलाईटिक्स मोबाइल एप

प्रविधि[सम्पादन गर्नुहोस्]

गूगल एनलाईटिक लाई कार्यान्वयन गर्न वेबसाईट मा एक प्रकारको पेज ट्याग राखिएको हुन्छ, जसलाई गूगल एनलाईटिक ट्रेकिङ्ग कोड भनिन्छ ।[४] यस्तो कोड जाबा-स्क्रिप्ट (एक प्रकारको प्रोग्रामिङ्ग भाषा) द्वारा बनेको हुन्छ जसलाई वेबसाईटमा रहेका सबै वेबपेजभित्र राखेपछि मात्र गुगल एनलाईटिक्सले सेवा प्रदान गर्दछ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००५ मा गुगल ले "अर्चिन सफ्टवेयर कर्पोरेसन" लाई अधिग्रहण गरी "अर्चिन अन डिमान्ड" सेवा को विकास गरेको थियो जसलाई सन् २००६ मा गुगल एनलाईटिक मा परिणत गर्ने विचार धारणाको प्रस्तुत भएको थियो । [६]

कार्य सम्पादन[सम्पादन गर्नुहोस्]

गूगल एनलाईटिक्सको कारण वेभसाइटको कार्य सम्पादनमा पर्न सक्ने प्रभावको बारेमा धेरै अनलाईन छलफल भएको छ ।[७][८][९] तर गूगलले सन् २००९ डिसेम्बरमा वेभसाइट खुल्न ढिला हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्नको लागि अङ्क्रोनोउस जाभा स्क्रिप्ट लागू गरेको थियो । [१०][११]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

गुगल एनलाइटिक सबैभन्दा बढी प्रयोग गरिने बेभ विश्लेषण सेवा हो[२], हाल १०,००० प्रसिद्ध बेभसाइटहरू करिब ५५ प्रतिशतमा यसको प्रयोग रहेको छ ।[१२] साथै १,०००,००० प्रमुख बेभसाइटहरूमा ४९.९५ प्रतिशतले यसको प्रयोग गरेको छ ।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Our history in depth", Google, अन्तिम पहुँच २०१२-०७-१६ 
  2. २.० २.१ "Usage of traffic analysis tools for websites", W3Techs, अन्तिम पहुँच २००९-१२-१० 
  3. Muret, Paul (मार्च १५, २०१६), "Introducing the Google Analytics 360 Suite", Google, अन्तिम पहुँच २६ अप्रिल २०१६ 
  4. How to Properly Add Google Analytics Code
  5. "Google Developers Tracking Code Overview" 
  6. "Here comes Measure Map" 
  7. "Google Groups" 
  8. "Google Analytics Code is Slowing Down My Site - Analytics Market" 
  9. "Is Google Analytics Slow or Not? — Woopra", ४ फेब्रुअरी २००९। 
  10. "Google Analytics Launches Asynchronous Tracking - The official Google Code blog", १ डिसेम्बर २००९। 
  11. "Making the Web Faster" 
  12. "Google Biz Chief: Over 10M Websites Now Using Google Analytics", TechCrunch, अन्तिम पहुँच २०१२-०४-२५ 
  13. "Google Analytics Market Share", MetricMail, अन्तिम पहुँच २०१०-०८-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-२७ मिति