मोन्टी देसाई
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | मुम्बई, भारत |
भूमिका | प्रशिक्षक |
मोन्टी देसाई एक भारतीय व्यावसायिक क्रिकेट प्रशिक्षक हुन् जो हाल नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक छन्।
उनले आन्ध्र क्रिकेट टोलीबाट आफ्नो प्रशिक्षण करियर सुरु गरेका थिए,[१] जहाँ उनले रणजी ट्रफीको २०१८–१९ सिजनमा टोलीको नेतृत्व गरेका थिए। पछि, उनी सन् २०१८ मा अफगानिस्तान राष्ट्रिय टोली र सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स राष्ट्रिय टोलीमा ब्याटिङ प्रशिक्षकको रूपमा सामेल भएका थिए। उनलाई २०१९ आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि क्यानाडा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।
सन् २०१९ मा उनी त्यसपछि वेस्ट इन्डिज राष्ट्रिय टोलीको लागि ब्याटिङ प्कोरशिक्षकको रूपमा सामेल भएका थिए र सन् २०२१ सम्म सेवा गरेका थिए। उनी इन्डियन प्रिमियर लिग फ्रान्चाइजी राजस्थान रोयल्स र गुजरात लायन्सको प्रदर्शन प्रशिक्षक र प्रतिभा स्काउटको रूपमा पनि रहेका थिए। सन् २०२३ मा, उनलाई नेपाल क्रिकेट सङ्घद्वारा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। सन् २०२३ क्रिकेट विश्वकप छनोटका लागि छनोट गर्न र सफलतापूर्वक एकदिवसीय स्थिति कायम राख्न टोलीको नेतृत्व गरेका थिए।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Subrahmanyam, V. V. (२०१८-१०-२९), "Monty Desai: 'Vihari's India selection a catalyst for Andhra players to dream big'", sportstar.thehindu.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१९।
- ↑ "Nepal retain ODI status with a thumping win over UAE", The Kathmandu Post, १२ मार्च २०२३, अन्तिम पहुँच १९ मार्च २०२३।
- ↑ "What’s behind the swift shift in Team Nepal’s batting form", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २०२३-०३-१९।