मोन्टी देसाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोन्टी देसाई
व्यक्तिगत जानकारी
जन्ममुम्बई, भारत
भूमिकाप्रशिक्षक

मोन्टी देसाई एक भारतीय व्यावसायिक क्रिकेट प्रशिक्षक हुन् जो हाल नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक छन्।

उनले आन्ध्र क्रिकेट टोलीबाट आफ्नो प्रशिक्षण करियर सुरु गरेका थिए,[१] जहाँ उनले रणजी ट्रफीको २०१८–१९ सिजनमा टोलीको नेतृत्व गरेका थिए। पछि, उनी सन् २०१८ मा अफगानिस्तान राष्ट्रिय टोली र सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स राष्ट्रिय टोलीमा ब्याटिङ प्रशिक्षकको रूपमा सामेल भएका थिए। उनलाई २०१९ आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि क्यानाडा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।

सन् २०१९ मा उनी त्यसपछि वेस्ट इन्डिज राष्ट्रिय टोलीको लागि ब्याटिङ प्कोरशिक्षकको रूपमा सामेल भएका थिए र सन् २०२१ सम्म सेवा गरेका थिए। उनी इन्डियन प्रिमियर लिग फ्रान्चाइजी राजस्थान रोयल्सगुजरात लायन्सको प्रदर्शन प्रशिक्षक र प्रतिभा स्काउटको रूपमा पनि रहेका थिए। सन् २०२३ मा, उनलाई नेपाल क्रिकेट सङ्घद्वारा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। सन् २०२३ क्रिकेट विश्वकप छनोटका लागि छनोट गर्न र सफलतापूर्वक एकदिवसीय स्थिति कायम राख्न टोलीको नेतृत्व गरेका थिए।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Subrahmanyam, V. V. (२०१८-१०-२९), "Monty Desai: 'Vihari's India selection a catalyst for Andhra players to dream big'", sportstar.thehindu.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  2. "Nepal retain ODI status with a thumping win over UAE", The Kathmandu Post, १२ मार्च २०२३, अन्तिम पहुँच १९ मार्च २०२३ 
  3. "What’s behind the swift shift in Team Nepal’s batting form", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २०२३-०३-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]