राष्ट्रिय सभाको अध्यक्ष (नेपाल)
स्वरूप
(नेपालको राष्ट्रिय सभाका अध्यक्षहरूको सूचीबाट अनुप्रेषित)
राष्ट्रिय सभाको अध्यक्ष | |
---|---|
सम्बोधन | सम्माननीय |
नियुक्तिकर्ता | राष्ट्रिय सभा सदस्य |
प्रथम पदाधिकारी | डम्बरबहादुर सिंह |
उप | राष्ट्रिय सभाको उपाध्यक्ष |
तलब | रू |
नेपालको राष्ट्रिय सभाको अध्यक्ष नेपालको सङ्घीय संसदको माथिल्लो सदन, राष्ट्रिय सभाको अध्यक्षता गर्ने अधिकारी हो।[१][२] संसदीय प्रक्रियामा अध्यक्षको पदले अर्थपूर्ण महत्व राख्दछ। कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने, र निष्पक्ष बहस र छलफललाई सुनिश्चित गर्दछ। २९ फागुन २०८० मा, नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल यसको अध्यक्षमा निर्वाचित भएका थिए।[३]
योग्यता
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सभाको सदस्य हुनको लागि योग्यता संविधानको धारा ८७ र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा उल्लेख गरिएको छ:[४]
- नेपाली नागरिक हुनैपर्ने।
- मनोनयनको मितिमा कम्तीमा पैँतीस वर्ष उमेर पूरा भएको हुनुपर्ने।
- मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने।
- नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको हुनुपर्ने।
- कुनै पनि सङ्घीय कानूनद्वारा अयोग्य हुन नहुने।
- कुनै पनि लाभको पद धारण गरेको हुन नहुने।
अध्यक्ष तथा उपाध्यक्षहरू
[सम्पादन गर्नुहोस्]नाम | दल | पदभार ग्रहण | पदभार अन्त्य | |
---|---|---|---|---|
महासभा | ||||
डम्बरबहादुर सिंह | राजा महेन्द्रद्वारा मनोनित | वि.सं. २०१६ श्रावण ५ | वि.सं. २०१७ पौष १ | |
नेपाल अधिराज्यको संसद | ||||
बेनीबहादुर कार्की | नेपाली कांग्रेस | वि.सं. २०४८ असार १६ | वि.सं. २०५६ असार २९ | |
मोहम्मद मोहसिन | राष्ट्रिय प्रजातन्त्र पार्टी | वि.सं. २०५६ श्रावण २७[६] | वि.सं. २०५९ असार १२ | |
नेपालको सङ्घीय संसद | ||||
गणेशप्रसाद तिमिल्सिना | नेकपा (एमाले) | वि.सं. २०७४ चैत १ | २० फागुन २०८० | |
नारायणप्रसाद दाहाल | नेकपा (माओवादी केन्द्र) | २९ फागुन २०८० | बहालवाला |
नाम | दल | पदभार ग्रहण | पदभार अन्त्य | |
---|---|---|---|---|
महासभा | ||||
कमला राणा | राजा महेन्द्रद्वारा मनोनित | वि.सं. २०१६ श्रावण ६ | वि.सं. २०१७ पौष १ | |
नेपाल अधिराज्यको संसद | ||||
ऐश्वर्य लाल प्रधानाङ्ग | नेपाली कांग्रेस | वि.सं. २०४८ असार २० | वि.सं. २०४८ पौष १५ | |
दिलिपकुमार शाही | नेपाली कांग्रेस | वि.सं. २०४८ चैत्र ७ | वि.सं २०५४ असार १२ | |
चिरञ्जीवीप्रसाद रिजाल | नेपाली कांग्रेस | वि.सं. २०५४ श्रावण १२ | वि.सं. २०५८ असार १३ | |
रामप्रीत पासवान | नेकपा (एमाले) | वि.सं. २०५८ श्रावण १६ | वि.सं. २०६३ वैशाख ११ | |
नेपालको सङ्घीय संसद | ||||
शशीकला दाहाल | नेकपा (माओवादी केन्द्र) | वि.सं. २०७४ चैत ४ | वि.सं. २०७८ फागुन २० | |
उर्मिला अर्याल | नेकपा (माओवादी केन्द्र) | वि.सं. २०७९ माघ २३ | वि.सं. २०८० चैत १८ | |
विमला घिमिरे | नेपाल कम्युनिस्ट पार्टी (एमाले) | वि.सं. २०८० चैत २८ | हाल |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Federal Parliament of Nepal", hr.parliament.gov.np, अन्तिम पहुँच १९ फेब्रुअरी २०२४।
- ↑ "राष्ट्रिय सभा, नेपाल", hr.parliament.gov.np, अन्तिम पहुँच १९ फेब्रुअरी २०२४।
- ↑ "प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०।
- ↑ "राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५" (नेपालीमा), ४ जुलाई २०१८।
- ↑ ५.० ५.१ "पूर्व पदाधिकारीहरू", na.parliament.gov.np, अन्तिम पहुँच २०२२-११-२७।
- ↑ "muslim elected chairman of hindu nepals upper house of parliament", ucanews.com। वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-१६ मिति