नारायणी डेभलपमेन्ट बैंक
स्वरूप
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
उद्योग | बैङ्किङ |
स्थापित | २०५८ असोज १२ |
केन्द्रीय कार्यालय | बकुलहर, रत्ननगर |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | चन्द्रमान मलेकु (अध्यक्ष) विष्णु रेग्मी (कार्यकारी अधिकृत)[१] |
कुल सम्पत्ति | २६.२५ करोड |
नारायणी डेभलपमेन्ट बैंक नवलपरासी, चितवन र मकवानपुर गरि ३ जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको एक विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]
नारायणी विकास बैंक लिमिटेडले सुरुमा २०५८ असोज १२ देखि जिल्ला स्तरीय "ख" वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा नारायणी औधोगिक विकास बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गरेको थियो र पछि यसको नाम परिवर्तन गरी नारायणी डेभलपमेन्ट बैंक लिमिटेड राखिएको। बैंकको प्रधान कार्यालय चितवनको रत्ननगर–१ टाँडीमा रहेको छ। बैंकको टाँडी, यज्ञपुरी क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणगढ र पर्सा गरी पाँच वटा शाखा रहेका छन् ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु", अनलाइन पाना (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा", नागरिक दैनिक (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच ५ चैत २०८०।
- ↑ "Introduction", नारायणी डेभलपमेन्ट बैंक, अन्तिम पहुँच ५ चैत २०८०।