दियालो बङ्गला
दियालो बङ्गला | |
सामान्य विवरण | |
---|---|
सहर | भरतपुर |
राष्ट्र | नेपाल |
निर्देशाङ्क | २७°४३′N ८४°२६′E / २७.७१°N ८४.४३°Eनिर्देशाङ्कहरू: २७°४३′N ८४°२६′E / २७.७१°N ८४.४३°E |
सम्पन्न | वि.सं २०२६ |
स्वामित्व | नेपाल ट्रस्ट |
दियालो बङ्गला शाहवंशीय राजाहरूको शितकालीन दरबार हो। यसलाई राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए। यो दरवार भरतपुरमा नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ।[१] यो दरबारमा सबै भन्दा धेरै बस्ने राजा महेन्द्र हुन भने राजा वीरेन्द्र पनि माघेसक्रन्तिको अबसर परेर बस्न आउने गर्दथे। हाल यो नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ। २०२८ माघ १७ राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो।[२] यसको कुल क्षेत्रफल ५७ बिघा १३ कठ्ठा ७ धुर रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो दरबार २०२६ सालमा निर्माण सम्पन्न भएको थियो। तत्कालीन राजा महेन्द्र यहाँ २०२८ माघ ३ गथे बस्न आएका थिए भने उनी यहाँ एक महिनाको लागि बस्ने योजना रहेको थियो। माघ १६ गते रातको ११ बजे राजालाई अचानक हृदयाघात भएर उनको मृत्यु भएको थियो। राजाको निधन यही दरबारमा भएकाले यसलाई चासोको साथ हेरिएको थियो।[३]
पछि ओझेलमा परेको यस दरबारलाई २०८१ असार २३ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने", कालिका दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८०।[स्थायी मृत कडी]
- ↑ "राजा महेन्द्र र गणतन्त्र नेपाल"। प्रतिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "कस्तो छ भरतपुरको दियालो बंगला दरबार ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ "दियालो बङ्गला आमनागरिकका लागि खुला", देश सञ्चार (नेपालीमा), रासस, अन्तिम पहुँच २२ असार २०८१।