सामग्रीमा जानुहोस्

डिसी करेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिसी करेन्ट (DC) (रेड लाइन) ठाडो अक्षले करेन्ट वा भोल्टेज देखाउँछ र तेर्सो 'टी' अक्षले समय मापन गर्दछ र शून्य मान देखाउँछ।

डिसी करेन्ट(DC) विद्युत चार्जको एक-दिशात्मक प्रवाह हो। एक इलेक्ट्रोकेमिकल सेल डीसी करेन्टको एक प्रमुख उदाहरण हो। डिसी करेन्ट तार जस्ता कन्डक्टरबाट बग्न सक्छ, तर अर्धचालकहरू, इन्सुलेटरहरू, वा इलेक्ट्रोन वा आयन बीम जस्तै भ्याकुम पनि बग्न सक्छ। डिसी करेन्टमा विद्युतीय प्रवाह निरन्तर दिशामा बग्छ, यस विपरित एसी करेन्टमा करेन्टको दिशा निरन्तर परिवर्तन भैरहन्छ। यस प्रकारको करेन्टका लागि पहिले प्रयोग गरिएको शब्द ग्याल्भानिक करेन्ट प्रयोग गरिन्थ्यो ।[]

एसी करेन्टलाई रेक्टिफायरको प्रयोग गरेर डिसी करेन्टमा रूपान्तरण गर्न सकिन्छ, रेक्टिफायरमा इलेक्ट्रोनिक तत्व/ डायोड हुन्छ जसले करेन्टलाई एक दिशामा मात्र प्रवाह गर्छ। डिसी करेन्टलाई इन्भर्टरको माध्यमबाट एसी करेन्टमा रूपान्तरण गर्न सकिन्छ।

डिसी करेन्टको ब्याट्रीको चार्जदेखि लिएर इलेक्ट्रोनिक प्रणाली, मोटरका लागि ठूला पावर आपूर्तिमा धेरै उपयोग गरिन्छ। डिसी करेन्ट मार्फत प्रदान गरिएको धेरै मात्रामा विद्युतीय ऊर्जा एल्युमिनियमको गलन र अन्य इलेक्ट्रोकेमिकल प्रक्रियाहरूमा प्रयोग गरिन्छ। यो विशेष गरी सहरी क्षेत्रमा केही रेलवेको लागि पनि प्रयोग गरिन्छ। उच्च-भोल्टेज डिसी करेन्ट ठूलो मात्रामा पावर प्रसारण गर्न वा एसी पावर ग्रिडहरू आपसमा जडान गर्न प्रयोग गरिन्छ।

डिसी करेन्ट १८०० मा इटालियन भौतिकशास्त्री एलेसान्ड्रो भोल्टाको ब्याट्री, भोल्टाइक पाइल, द्वारा उत्पादन गरिएको थियो।[] करेन्ट कसरी प्रवाहित भयो भन्ने प्रकृतिलाई अझै बुझ्न सकिएको थिएन । फ्रान्सेली भौतिकशास्त्री आन्द्रे-मैरी एम्पियरले करेन्ट धनात्मक(Positive)बाट ॠणात्मक(Negative) दिशामा प्रवाहित हुन्छ भन्ने अनुमान गरे। []

जब फ्रान्सेली उपकरण निर्माता हिप्पोलाइट पिक्सी सन् १८३२ मा पहिलो डाइनामो इलेक्ट्रिक जेनेरेटर निर्माण गरे, उनले पत्ता लगाए कि चुम्बकले प्रत्येक आधा मोडमा तारको लूपहरू पार गर्दा यसले बिजुलीको प्रवाहलाई उल्टाएर एसी करेन्ट उत्पन्न गर्दछ। एम्पीयरको सुझावमा, पिक्सीले पछि एक कम्युटेटर थप गरे। कम्युटेटर एक प्रकारको "स्विच" हो जहाँ शाफ्टमा सम्पर्कहरूले "ब्रश" सम्पर्कहरूसँग डिसी करेन्ट उत्पादन गर्न काम गर्दछ।

सन् १८७० को दशकको अन्त्य र सन् १८८० को दशकको सुरुमा विद्युत गृहहरूमा बिजुली उत्पादन हुन थाल्यो। यी सुरुमा पावर आर्क प्रकाश (एक लोकप्रिय प्रकारको सडक बत्ति)को लागि सेट अप गरिएको थियो र धेरै उच्च भोल्टेजमा चल्थ्यो (सामान्यतया ३,००० भोल्ट भन्दा बढी)।[] सन् १८८२ मा आविष्कारक थोमस एडिसन विद्युतमा आधारित आफ्नो इनक्यान्डिसेन्ट बल्ब "उपयोगिता" सुरु गरेपछि व्यापार र घरहरूमा भित्री विद्युतीय प्रकाशका लागि कम भोल्टेज डिसी करेन्टको व्यापक प्रयोग भयो। भोल्टेज बढाउन र कम गर्न ट्रान्सफर्मरहरू प्रयोग गर्न सुरु भएपछि धेरै लामो प्रसारण लाईनमा एसी करेन्टको महत्त्वपूर्ण फाइदाहरूको कारण, डिसी करेन्टलाई अर्को केही दशकहरूमा पावर डेलिभरीमा एसी करेन्टद्वारा प्रतिस्थापन गरियो। सन् १९५० को दशकको मध्यमा, उच्च-भोल्टेज डिसी करेन्ट प्रसारण विकसित भएको थियो, र अब लामो दूरीको उच्च भोल्टेज एसी करेन्ट प्रणालीहरूको सट्टा एक विकल्प बन्यो।

डिसी करेन्टका प्रकारहरू

घरेलु तथा व्यापारिक भवन

[सम्पादन गर्नुहोस्]

डीसी सामान्यतया कम भोल्टेजको उपकरणहरूमा पाइन्छ, विशेष गरी जहाँब्याट्रीहरू वा सौर्य ऊर्जा प्रणालीद्वारा संचालित हुन्छन् (किनकि दुवैले डीसी मात्र उत्पादन गर्न सक्छ।

धेरैजसो इलेक्ट्रोनिक सर्किट वा उपकरणहरूलाई डीसी पावर सप्लाई चाहिन्छ।

अधिकांश मोटर वाहनहरूले डीसी प्रयोग गर्छन्। अटोमोटिभ ब्याट्रीले इन्जिन स्टार्टिङ, प्रकाश, इग्निसन प्रणाली, र इन्फोटेनमेन्ट प्रणालीका लागि शक्ति प्रदान गर्दछ। अल्टरनेटर एक एसी उपकरण हो जसले ब्याट्री चार्जका लागि डीसी उत्पादन गर्न रेक्टिफायर प्रयोग गर्दछ। अधिकांश राजमार्ग यात्री सवारी साधनहरूले १२ भोल्ट प्रणालीहरू प्रयोग गर्छन्। धेरै भारी ट्रकहरू, कृषि उपकरणहरू, वा डिजेल इन्जिन भएका डोजर उपकरणहरूले २४ भोल्ट प्रणालीहरू प्रयोग गर्छन्। केही पुराना सवारी साधनहरूमा, जस्तै क्लासिक फोक्सवैगन बिटलमा, ६ भोल्ट प्रयोग गरिएको थियो।  

ब्याट्री विद्युतीय गाडीमा, त्यहाँ सामान्यतया दुई अलग-अलग डीसी प्रणालीहरू हुन्छन्। "कम भोल्टेज" डीसी प्रणाली सामान्यतया १२ भोल्ट मा सञ्चालन गर्दछ, र आन्तरिक दहन इन्जिन वाहनमा जस्तै उद्देश्य पूरा गर्दछ।[] "उच्च भोल्टेज" प्रणाली ३००-४०० भोल्टमा सञ्चालन हुन्छ (गाडीमा निर्भर हुन्छ) र ट्र्याक्सन मोटरहरू लागि शक्ति प्रदान गर्दछ।[] कर्षण मोटरका लागि भोल्टेज बढाउँदा तिनीहरूबाट बग्ने करेन्टलाई कम गर्दछ र दक्षता बढाउँछ।

टेलिफोन एक्सचेन्ज सञ्चार उपकरणले मानक-४८ भोल्ट डीसी विद्युत प्रयोग गर्दछ।  विद्युत आपूर्ति प्रणाली र ब्याट्री ब्याङ्कको धनात्मक टर्मिनललाई ग्राउन्डिङ गरेर ॠणात्मक ध्रुवीयता प्राप्त गरिन्छ।

उच्च भोल्ट शक्ति प्रसारण

[सम्पादन गर्नुहोस्]

उच्च-भोल्टेज डिसी करेन्ट (एचभीडीसी) विद्युत शक्ति प्रसारण प्रणालीहरूले विद्युतीय शक्तिको थोक प्रसारणको लागि डीसी प्रयोग गर्दछ। लामो दूरीको प्रसारणका लागि, एचभीडीसी प्रणालीहरू कम खर्चिलो हुन सक्छ र विद्युतीय नोक्सान कम हुन सक्छ।

फ्युल सेल प्रयोग गर्ने उपकरणहरू ले पनि केवल डीसी उत्पादन गर्दछ। फ्युल सेल ले हाइड्रोजन र अक्सिजनलाई उत्प्रेरकसँग मिसाएर बिजुली र पानी उपोत्पादको रूपमा उत्पादन गर्दछ

हल्का विमान विद्युतीय प्रणालीहरू सामान्यतया १२ व वा २४ व डिसी हुन्छन् जुन अटोमोबाइलहरू जस्तै हुन्छन्।  

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Clinical Electrophysiology: Electrotherapy and Electrophysiologic Testing, पृ: १०। 
  2. "Alessandro Giuseppe Antonio Anastasio Volta – grants.hhp.coe.uh.edu", मूलबाट २०१७-०८-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०५-२९ 
  3. Breithaupt, Jim (२०१०), Physics, Palgrave Macmillan, पृ: १७५, आइएसबिएन 9780230231924 
  4. "The First Form of Electric Light History of the Carbon Arc Lamp (1800–1980s)" 
  5. Pradhan, S. K.; Chakraborty, B. (२०२२-०७-०१), "Battery management strategies: An essential review for battery state of health monitoring techniques", Journal of Energy Storage 51: 104427, आइएसएसएन 2352-152X, डिओआई:10.1016/j.est.2022.104427 
  6. Arcus, Christopher (८ जुलाई २०१८), "Tesla Model 3 & Chevy Bolt Battery Packs Examined", CleanTechnica, अन्तिम पहुँच ६ जुन २०२२