गजमुक्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो हात्तीको टाउकोमा हुने झारमौरो जस्तो हो र यो प्राप्त गर्नेले शक्ति, समृद्धि र साहस पाउँछ भन्ने विश्वास गरिन्छ। शास्त्रहरूमा पनि यसको उल्लेख छ। प्राणीशास्त्रले यसलाई स्वीकार्दैन। हात्तीविज्ञ नरेन्द्रबाबु प्रधानांग भने यस मिथकका बारेमा आफूलाई थाहा नभएको बताउँछन्। अहिलेसम्म यस विषयमा कुनै किसिमको अनुसन्धान नभएको उनको भनाइ छ।