जयकुमारनाथ शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जयकुमार नाथ शाह नेपाली खेलकुद विेशषगरी नेपाली क्रिकेटका त्यस्ता व्यक्तित्व हुनुहुन्छ जो एक्लैसँग नेपाली क्रिकेटको समग्र इतिहास जोडिएर आउँछ। विक्रम सम्वत १९९३ मा नेपालको सिंहदरबारमा शाह र राजा खानदानका राजा महाराजाबीच भएको क्रिकेट खेल देख्नुभएको थियो शाहले। अध्ययनको क्रममा भारतको राँची पुग्नुभएपछि क्रिकेटबारे जानकार हुनुभएको थियो शाह। भारतमै क्रिकेटसँग साइनो गाँसेर नेपाल फर्कनुभएपछि ४० वर्षसम्म शाहले नेपाली क्रिकेटको लागि मरिहत्ते गर्नुभयो र नेपाली क्रिकेटलाई आजको सम्मानजनक अवस्थासम्म ल्याइपुर् याउने सारथीको भूमिका खेल्नुभयो। राजकीय पालन पोषणमा हुर्किनुभएका शाहको बाल्यकाल नेपालमा भन्दा भारतको राँची र पटनामा वित्यो। दरवारीया परम्परा अनुसार सातकक्षासम्म गृहशिक्षा लिनुभएका शाह थप अध्ययनको लागि मामा धीरविक्रम शाहसँगै भारत जानुभयो। शाहले आठ वर्षको उमेरमा सिंहदरवारमा आयोजित क्रिकेट खेलको अवलोकन गर्नुभएको थियो। सो खेल हेरेपछि अचम्ममा पर्नुभएका शाहले यो खेल किन यसरी खेलेका होलान् भनेर सोचमग्न हुनुभएको थियो रे शाहले १५ वर्षको उमेरमा पहिलोपटक खेल मैदानमा ओर्लनुभयो तर क्रिकेटमा होइन फुटबलमा। खेल्न त शाहले फुटबल टेबुलटेनिस देखि हाइजम्प समेतमा आफनो बलियो उपस्थिति देखाउनुभयो नेपाली खेलकुदमा। तर पहिलो पटक राँचीमा खेलेको पहिलो क्रिकेट खेल अझै पनि राम्रोसँग स्मरण छ। त्यो प्रतियोगितापछि शाहको क्रिकेट मोह बढ्दैगयो। बीएसम्मको अध्ययन सकी १९५३ सालमा नेपाल आउनुभएपछि शाहलाई नेपाली क्रिकेटमै केही गर्नुपर्दछ भन्ने लाग्यो र नेपाली क्रिकेटको संस्थागत शृङ्खला शाह क्रिकेटमा लागेको केही वर्षमा नै क्रिकेट टोलीको कप्तान हुनुभयो। त्यो बेला क्रिकेटमा नामी हस्तीका रूपमा कहलिएका स्व. डा. कल्याणमणि दिक्षीत, माधवकुमार रिमाल, शक्ति राना, शंकर पन्त, स्व. पृथ्वी ब. िसंहसँगको सम्वन्ध अझैपनि शाहको दिमागमा झल्किरहन्छ। शाहले सन् १९५५ सालमा क्रिकेट खेलबाट सन्यास लिनुभयो। नेपाललाई एसियाली क्रिकेट हुदै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलसम्म पुर्याउन शाहले निकै पापड पेल्नुपरेको त्यो सम्झना अहिले पनि शाहको मस्तिष्कमा खेलिरहन्छ। पहिलो पटक सन् १९६५ सालमा नेपाली क्रिकेट संघका अध्यक्षका रूपमा नेपाली क्रिकेटमा छाउनु भएका शाहले ४० वर्षसम्म यो पदको कार्यभार सम्हाल्नु भएपनि त्यसको अन्त्य भने दुखद रहेको उहाँको धारणा छ नेपाली क्रिकेटको विकाशमा शाहले गरेको पहल र मेहेनतले क्रिकेट क्षेत्रलाई मात्र होइन ब्यक्तिगत जीवनमा पनि फाइदा पुगेको उहाँको भनाई छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]