उत्तर-दक्षिण लोकमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उत्तर-दक्षिण लोकमार्ग चीनको तिब्बतस्थित फलाकदेखि भारतको बिहारस्थित भिठ्ठामोड जोड्ने लोकमार्ग हो। भारतीय सिमाना भिठ्ठामोडबाट जलेश्वर, बर्दिबास, दोलखाको लामाबगर हुँदै खुर्कोटको पुलसम्म १ सय २३ किलोमिटर सडकमा यातायात चालू छ । लामाबगरबाट उत्तर-दक्षिण लोकमार्गको खुर्कोट पुलबाट ३२ किलोमिटर ट्रयाक खुलेपछि यो नाकाले चीन र भारतलाई जोड्नेछ। चीन र भारत जोड्ने अरनिको राजमार्ग भन्दा छोटो हुनेछ। तिब्बतको ल्हासासिगात्सेबाट भारतको बिहार हुँदै सामान ढुवानी गर्न सजिलो यो सडक व्यपारिक दृष्टिले महत्त्वपूर्ण छ।[१]

सन्धर्भ सामग्रीहरू:[सम्पादन गर्नुहोस्]

  1. राजेन्द्र मानन्धर; चीन भारत जोड्ने लोकमार्ग द्रुत गतिमा; इकान्तिपुर, १९ जुलाई २०११ वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति