श्रीनगर डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीनगर डाँडा
पर्यटकीय स्थल
देश: नेपाल
विकास क्षेत्र:पश्चिमाञ्चल विकास क्षेत्र
अञ्चललुम्बिनी अञ्चल
जिल्ला:पाल्पा जिल्ला
वेबसाइटwww.tansenmun.org.np

श्रीनगर डाँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलको पाल्पा जिल्लामा रहेको पर्यटकीय स्थल हो ।

भ्यू टावर[सम्पादन गर्नुहोस्]

श्रीनगर डाँडामा पाल्पालाई चिनाउने करुवा आकारको भ्यू टावर रहेको छ । १० तलाको रहने उक्त भ्यू टावरको नवौ तलामा चिया क्यान्टीन सञ्चालन गर्ने, बूढाबूढी समेतमाथि सम्म पुग्न सकुन भनेर लिफ्ट सञ्चालन गरिने योजना निर्माण समितिको रहेको छ । यस भ्यू टावरबाट पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची, पर्वत, तनहुँ, कास्की लगायतका विभिन्न जिल्लाहरूको सहजै अवलकोकन गर्न सकिनुका साथै विभिन्न हिमश्रृंखलाहरूको समेत दृश्यावलोकन गर्न सकिने छ ।