गोविन्द वर्तमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्द अधिकारी
जन्मगेहेन्द्र अधिकारी
चैत्र १, २०१७
चाबहिल
वासस्थानचाबहिल
पेशालेखक, समालोचक
धर्महिन्दु
जीवनसाथीस‌ंगिता अधिकारी
सन्तानअग्रिम अधिकारी, उष्मा अधिकारी
मातापिताशृधर अधिकारी, भगवती अधिकारी

गोविन्द अधिकारी (जन्म वि. सं. २०१७ चैत्र २)[१] (अङ्ग्रेजी: Govinda Adhikari) नेपाली भाषाका साहित्यकार, कवि तथा निवन्धकार हुन्।[२] उनको जन्म काठमाडौँ जिल्लाको चाबहिलमा वि. सं. २०१७ सालमा भएको थियो। उनी नेपाली साहित्यमा गोविन्द वर्तमानका रूपमा स्थापित छन्।[३] उनी 'भएको भैदिए' शीर्षक कविताबाट वि. सं. २०३० पुषमा कविको रूपमा अगाडि आएका थिए।[४] उनी वि. सं. २०३९ सालदेखि पत्रकारितामा क्रियाशिल भएका थिए भने वि. सं. २०४८ सालदेखि २०५० भदौसम्म सञ्चारकर्मीका रूपमा ‘युगसम्वाद’ साप्ताहिकमा पनि कार्यरत् थिए। 'सोह्र साँझ' र 'हरियो साइकल' उनको चर्चित निबन्ध सङ्ग्रह हो। [५]

उनको ५१ वर्षको उमेरमा विक्रम सम्वत २०६९ साल कातिक ६ गते काठमाडौँमा देहान्त भएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://nepalihimal.com/article/330 जन्म मिति
  2. https://www.onlinekhabar.com/2017/03/557304
  3. http://nepalihimal.com/article/330
  4. http://nepalihimal.com/article/330 पहिलो कृति
  5. http://yugasambad.com.np/index.php?mod=article&cat=main&article=957 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०७ मिति पत्रकारितामा संलग्नता

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]