सामग्रीमा जानुहोस्

अनुष्का शेट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुष्का शेट्टी
Anushka Shetty
सन् २०१३ मा शेट्टी
जन्मस्वीटी शेट्टी[]
(1981-11-07) ७ नोभेम्बर १९८१ (उमेर ४४)[]
पुत्तुर, कर्नाटक, भारत
मातृ शिक्षाप्रतिष्ठानमाउन्ट कार्मेल कलेज, बेङ्गलोर
पेशाअभिनेत्री
कार्यकालसन् २००५–वर्तमान
हस्ताक्षर

स्वीटी शेट्टी (जन्म ७ नोभेम्बर १९८१), उनको मञ्च नाम अनुष्का शेट्टीद्वारा परिचित, एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा तेलुगुतमिल चलचित्र उद्योगहरूमा काम गर्छिन्। उनले धेरै पुरस्कार प्राप्त गरिसकेकी छिन्, जसमा तीन सिनेमा पुरस्कार, एक नन्दी पुरस्कार, तमिलनाडु राज्य चलचित्र पुरस्कार र आठ नामाङ्कनहरूबाट तीन फिल्मफेयर पुरस्कार समावेश छन्। अनुष्का भारतमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री हुन्[] र उनलाई लोकप्रिय रूपमा "दक्षिण भारतीय सिनेमाको लेडी सुपरस्टार" भनेर चिनिन्छ।[][][][]

उनले सन् २००५ को तेलुगु चलचित्र 'सुपर'बाट अभिनयको सुरुवात गरेकी थिइन्, जसले उनलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री – तेलुगु नामाङ्कन दिलाएको थियो। अर्को वर्ष, उनले एसएस राजामौलीको 'विक्रमारकुडु'मा अभिनय गरेकी थिइन्, जुन एक प्रमुख व्यावसायिक सफलता भएको थियो। उनका थप चलचित्रहरू 'लक्ष्यम' (सन् २००७), 'सौर्यम' (सन् २००८) र 'चिन्तकयला रवि' (सन् २००८) पनि बक्स अफिसमा सफल थिए। सन् २००९ मा, शेट्टीले डार्क फ्यान्टसी 'अरुन्धती'मा दोहोरो भूमिका खेलेकी थिइन्, जसले उनलाई आलोचनात्मक प्रशंशा र धेरै पुरस्कारहरू दिलाएको थियो, जसमा उनको पहिलो सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार - तेलुगु, सर्वश्रेष्ठ अभिनेत्रीको लागि नन्दी पुरस्कारसर्वश्रेष्ठ अभिनेत्रीको लागि सिनेमा पुरस्कार समावेश छ। अर्को वर्ष, प्रशंसित नाटक 'वेदम'मा एक वेश्याको चित्रणको लागि शेट्टीले सर्वश्रेष्ठ अभिनेत्रीको लागि लगातार दोस्रो फिल्मफेयर र सिनेमा पुरस्कार जितेकी थिइन्।[] चलचित्रहरूको शृङ्खलाको सफलतापछि, उनले आफूलाई तेलुगु सिनेमाको अग्रणी अभिनेत्रीको रूपमा स्थापित गरेकी छिन्।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

कर्नाटकको मङ्गलोरमा जन्मेकी, अनुष्का जातीय तुलुवा हुन् जो 'बेलिपडी उरमालु गुथु' परिवारबाट हुन्।[१०] उनका आमा बुबा प्रफुल्ल र ए.एन. विट्टल शेट्टी हुन्।[१०] उनका दुई भाईहरू गुणरञ्जन शेट्टी र साई रमेश शेट्टी छन् जो कस्मेटिक सर्जन हुन्।[१०] अनुष्काले आफ्नो स्कूली शिक्षा बेङ्गलोरमा र उनको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन माउन्ट कार्मेल कलेज, बेङ्गलोरमा गरेकी थिइन्। उनी भरत ठाकुरको नेतृत्वमा एक योग प्रशिक्षक पनि थिइन्।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sweety "is a boring person, that's why I become Anushka for my fans: Anushka Shetty", indiatimes.com, अन्तिम पहुँच ३० जुन २०१७
  2. "'Baahubali' "actress Anushka Shetty celebrates her 34th birthday!", dnaindia.com, अन्तिम पहुँच ३० जुन २०१७
  3. "Baahubali 2: Did you know Prabhas, Rana Daggubati, Anushka are highest paid star cast in India?", India Today, Ist।
  4. "Happy Birthday Anushka Shetty: 6 Best Performances of the Baahubali actress who is a darling among the masses - Times of India ►", The Times of India
  5. "Rajinikanth, Ram Charan laud Anushka Shetty's performance in Bhaagamathie", Indian Express, ३ फेब्रुअरी २०१८।
  6. "5 Reasons To Watch Anushka Shetty's Bhaagamathie", Sakshi Post, मूलबाट २४ जनवरी २०१८-मा सङ्ग्रहित। अभिलेखिकरण २३ अक्टोबर २०१९ वेब्याक मेसिन
  7. "Anushka helped with 'feminine' tips, says Unni Mukundan", OnManorama
  8. "Meet super-talented Anushka Shetty! – Rediff.com Movies", Movies.rediff.com, ३१ मे २०१०, अन्तिम पहुँच १८ जुन २०११
  9. "Top Telugu actresses of 2009 – Rediff.com Movies", Movies.rediff.com, २९ डिसेम्बर २००९, अन्तिम पहुँच १८ जुन २०११
  10. 1 2 3 Vinobha KT (२४ डिसेम्बर २०११), "Household Kola draws Tulu belle to Bellipady", The Times of India, अन्तिम पहुँच ७ जनवरी २०१२ अभिलेखिकरण २० मे २०१३ वेब्याक मेसिन
  11. "Meet super-talented Anushka Shetty!", rediff.com, अन्तिम पहुँच ३० जुन २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]