अनुष्का शेट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुष्का शेट्टी
Anushka Shetty
सन् २०१३ मा शेट्टी
जन्मस्वीटी शेट्टी[१]
(1981-11-07) ७ नोभेम्बर १९८१ (उमेर ४२)[२]
पुत्तुर, कर्नाटक, भारत
मातृ शिक्षाप्रतिष्ठानमाउन्ट कार्मेल कलेज, बेङ्गलोर
पेशाअभिनेत्री
कार्यकालसन् २००५–वर्तमान
हस्ताक्षर

स्वीटी शेट्टी (जन्म ७ नोभेम्बर १९८१), उनको मञ्च नाम अनुष्का शेट्टीद्वारा परिचित, एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा तेलुगुतमिल चलचित्र उद्योगहरूमा काम गर्छिन्। उनले धेरै पुरस्कार प्राप्त गरिसकेकी छिन्, जसमा तीन सिनेमा पुरस्कार, एक नन्दी पुरस्कार, तमिलनाडु राज्य चलचित्र पुरस्कार र आठ नामाङ्कनहरूबाट तीन फिल्मफेयर पुरस्कार समावेश छन्। अनुष्का भारतमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री हुन्[३] र उनलाई लोकप्रिय रूपमा "दक्षिण भारतीय सिनेमाको लेडी सुपरस्टार" भनेर चिनिन्छ।[४][५][६][७]

उनले सन् २००५ को तेलुगु चलचित्र 'सुपर'बाट अभिनयको सुरुवात गरेकी थिइन्, जसले उनलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री – तेलुगु नामाङ्कन दिलाएको थियो। अर्को वर्ष, उनले एसएस राजामौलीको 'विक्रमारकुडु'मा अभिनय गरेकी थिइन्, जुन एक प्रमुख व्यावसायिक सफलता भएको थियो। उनका थप चलचित्रहरू 'लक्ष्यम' (सन् २००७), 'सौर्यम' (सन् २००८) र 'चिन्तकयला रवि' (सन् २००८) पनि बक्स अफिसमा सफल थिए। सन् २००९ मा, शेट्टीले डार्क फ्यान्टसी 'अरुन्धती'मा दोहोरो भूमिका खेलेकी थिइन्, जसले उनलाई आलोचनात्मक प्रशंशा र धेरै पुरस्कारहरू दिलाएको थियो, जसमा उनको पहिलो सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार - तेलुगु, सर्वश्रेष्ठ अभिनेत्रीको लागि नन्दी पुरस्कारसर्वश्रेष्ठ अभिनेत्रीको लागि सिनेमा पुरस्कार समावेश छ। अर्को वर्ष, प्रशंसित नाटक 'वेदम'मा एक वेश्याको चित्रणको लागि शेट्टीले सर्वश्रेष्ठ अभिनेत्रीको लागि लगातार दोस्रो फिल्मफेयर र सिनेमा पुरस्कार जितेकी थिइन्।[८] चलचित्रहरूको शृङ्खलाको सफलतापछि, उनले आफूलाई तेलुगु सिनेमाको अग्रणी अभिनेत्रीको रूपमा स्थापित गरेकी छिन्।[९]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

कर्नाटकको मङ्गलोरमा जन्मेकी, अनुष्का जातीय तुलुवा हुन् जो 'बेलिपडी उरमालु गुथु' परिवारबाट हुन्।[१०] उनका आमा बुबा प्रफुल्ल र ए.एन. विट्टल शेट्टी हुन्।[१०] उनका दुई भाईहरू गुणरञ्जन शेट्टी र साई रमेश शेट्टी छन् जो कस्मेटिक सर्जन हुन्।[१०] अनुष्काले आफ्नो स्कूली शिक्षा बेङ्गलोरमा र उनको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन माउन्ट कार्मेल कलेज, बेङ्गलोरमा गरेकी थिइन्। उनी भरत ठाकुरको नेतृत्वमा एक योग प्रशिक्षक पनि थिइन्।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sweety "is a boring person, that's why I become Anushka for my fans: Anushka Shetty", indiatimes.com, अन्तिम पहुँच ३० जुन २०१७ 
  2. "'Baahubali' "actress Anushka Shetty celebrates her 34th birthday!", dnaindia.com, अन्तिम पहुँच ३० जुन २०१७ 
  3. "Baahubali 2: Did you know Prabhas, Rana Daggubati, Anushka are highest paid star cast in India?", India Today, Ist। 
  4. "Happy Birthday Anushka Shetty: 6 Best Performances of the Baahubali actress who is a darling among the masses - Times of India ►", The Times of India 
  5. "Rajinikanth, Ram Charan laud Anushka Shetty's performance in Bhaagamathie", Indian Express, ३ फेब्रुअरी २०१८। 
  6. "5 Reasons To Watch Anushka Shetty's Bhaagamathie", Sakshi Post, मूलबाट २४ जनवरी २०१८-मा सङ्ग्रहित। 
  7. "Anushka helped with 'feminine' tips, says Unni Mukundan", OnManorama 
  8. "Meet super-talented Anushka Shetty! – Rediff.com Movies", Movies.rediff.com, ३१ मे २०१०, अन्तिम पहुँच १८ जुन २०११ 
  9. "Top Telugu actresses of 2009 – Rediff.com Movies", Movies.rediff.com, २९ डिसेम्बर २००९, अन्तिम पहुँच १८ जुन २०११ 
  10. १०.० १०.१ १०.२ Vinobha KT (२४ डिसेम्बर २०११), "Household Kola draws Tulu belle to Bellipady", The Times of India, अन्तिम पहुँच ७ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २० मे २०१३ मिति
  11. "Meet super-talented Anushka Shetty!", rediff.com, अन्तिम पहुँच ३० जुन २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]