अरेन्ज जाेर्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरेन्ज जोर्डन
व्यवसाय प्रकार
लिमिटेड कम्पनी
उद्योगदूरसञ्चार
स्थापित१९९९
केन्द्रीय कार्यालय,
उत्पादनहरूल्यान्डलाइन, मोबाईल नेटवर्क सञ्चालक, इन्टरनेट
राजश्वह्रास ३६०.३ मिलियन (२०१३)[१]
परिचालन आय
ह्रास 0६१.५ मिलियन (२०१३)
ह्रास 0२४३ मिलियन (२०१३
कुल सम्पत्तिह्रास ६१८.३ मिलियन (२०१३)
कर्मचारी सङ्ख्या
ह्रास २,१३६ (२०१३)
मूल सङ्गठनजोर्डन टेलिकम समुह
वेबसाइटआधिकारिक वेबसाइट

अरेन्ज जोर्डन जोर्डनमा आधारित एक सार्वजनिक मोबाइल टेलिफोन सञ्जाल हो। यो जोर्डन टेलिकमबाट इजाजत पत्र प्राप्त मोबाइल सञ्चार कम्पनी हो। यो सन् १९९९ मा स्थापित भएको थियोे भने यसको मुख्य कार्यलय जोर्डनको राजधानी अम्मानमा अवस्थित छ । सन् २०१३ को तथ्याङ्क अनुसार यहाँ २,१३६ जना कर्मचारीहरू कार्यरत छन् । यो जोर्डनको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायको हो ।

कम्पनी पहिलो पटक २१ सेप्टेम्बर १९९९ मा दर्ता भएको थियो । यो जोर्डनमा सेवा गर्ने उद्देश्यले निर्माण गरिएको थियोे, र १५ सेप्टेम्बर २००० यसले पूर्ण सार्वजनिक सेवा सुरु गरेको थियोे ।

सन् २००७ सम्ममा पुनर्गठन हुनु भन्दा अधि यस मोबाइल सञ्चालकलाई मोबाइलकम भनिन्थ्यो । यो लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियोे ।

इतिहास[सम्पादन गर्नुहोस्]

२३ जनवरी २००० मा निजीकरणको लागि जोर्डन टेलकम समूह, जोर्डन सरकारको ६०% स्वामित्वमा रहेको थियोे र बाँकी ४०% जेआइटिसिअे इन्भेस्टमेन्ट समूहको स्वामित्व रहेको छ । जेआइटिसिअे इन्भेस्टमेन्ट कम्पनी फ्रान्स टेलिकमको (८८%) र अरब बैङ्कक (१२%) स्वामित्वमा रहेको एक होल्डिङ्स कम्पनी हो ।

मोबाईल[सम्पादन गर्नुहोस्]

३० मार्च २०१० मा, अरेन्ज जोर्डनले जोर्डनमा पहिलो ३ जी नेटवर्कको शुभारम्भ गरेको थियोे । ओरेन जोर्डनका पूर्व-पर्मुख कार्यकारी अधिकृत नायला खुवामको अनुसार यसको डब्लु-सीडीएमए सञ्जाल तीन चरणहरूमा विस्तार गरिएको थियोे । पहिलो चरण अन्तर्गतको नेटवर्क बिस्तारमा पश्चिम अम्मान, इबिड र हर्सामा यसले सेवा दिएको थियोे भने अप्रिलमा यसले आफ्नो सेवा क्षेत्र देशको राजधानी अम्मान र अर्को प्रमुख शहर अक्वाबामा सेवा विस्तार गरेको थियोे । सन् २०१० को गृष्म ऋतुमा यसको नेटवर्कले प्राय जसो सबै शहरी स्थानहरूमा र लगभग ७०% जनसङ्ख्यामा वा लगभग दुई मिलियन मानिसहरूका बिच यसले सेवा पुर्‍याएको थियोे ।

एडिएसएल[सम्पादन गर्नुहोस्]

सन् २००९ मा, अरेन्ज जोर्डनले आफ्नो जोर्डनका ग्राहकहरूमा ४ एमबीपीएस र ८ एमबीपीएस सम्म पुग्ने द्रुत गतिको एडिएसएल सेवा प्रदान गरेको थियोे । कम्पनी फेब्रुअरी २०११ मा यसको नयाँ एडिएसएल २+ र ३ जी+ प्याकेज अन्तरगतमा क्रमश २१ एमबिबिएस वा २४ एमबीबीएसको गतिको आफ्नो सेवा पेसकश गरेको थियोे ।

प्रतिस्पर्धा[सम्पादन गर्नुहोस्]

अरेन्ज जोर्डन, जोर्डजमा दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो। यसका मुख्य प्रतिस्पर्धीहरू: उमनिह र जोर्डनको सबैभन्दा पुरानो दूरसञ्चार सेवा प्रदायक जेइ जोर्डन हो जुन कुवेती दूरसञ्चार कम्पनी जेइन समूहको सहायक कम्पनी हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१३ वार्सिक प्रतिवेदन", अरेन्ज जोर्डन। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट