जयन समूह
व्यवसाय प्रकार | सार्वजनिक |
|---|---|
| आइएसआइएन | KW0EQ0601058 |
| उद्योग | दूरसञ्चार |
| स्थापित | १९८३ (मोबाइल दूरसञ्चार कम्पनीको रूपमा)[१] |
| स्थापनाकर्ता | Nasser Al-Kharafi |
| केन्द्रीय कार्यालय | कुवेत |
सेवा क्षेत्र | मध्य पूर्वका ८ वटा देशहरू |
मुख्य व्यक्ति | अहमद अल तहुस (अध्यक्ष), बदर अल खराफी (उपाध्यक्ष र समूहका कार्यकारी) |
| आम्दानी | |
कर्मचारी सङ्ख्या | ६,०००+ (३१ मर्च २०१९) |
| वेबसाइट | जयन.कम |
जयन समूह (अरबी: مجموعة زين) वा जयन मोबाइल सञ्चार समूह कुवेतमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो।[२] सन् १९८३ मा मध्य पूर्व र अफ्रिकाको पहिलो दूरसञ्चार कम्पनीको रूपमा स्थापना भएको यो कम्पनी हाल आएर यस क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीहरू मध्ये एक हो। सन् १९८३ मा कुवेतमा मोबाइल दूरसञ्चार कम्पनीको रूपमा स्थापित गरिएको यस कम्पनीलाई सन् २००७ मा जयनको रूपमा पुनर्गठन गरिएको थियो।[३][४] अफ्रिका र मध्य पूर्वमा गरी यसले ८ वटा देशहरूमा सेवा प्रदान गर्दछ। कम्पनीका उपाध्यक्ष र समूहका प्रमुख कार्यकारी अधिकृत बिदर नासर अल-खराफी हुन्।[४][५] उनी सन् २०१७ मार्चमा यस पदमा नियुक्त भएका थिए। जयनको प्रधान कार्यालय कुवेतको राजधानी कुवेत सहरमा अवस्थित छ। सन् २०२० जुन ३० सम्म यसमा ४.७६ करोड ग्राहकहरू आवद्ध छन्। [६]
यसले कुवेत, बहराइन, साउदी अरब, जोर्डन, इराक, सुडान, दक्षिण सुडान र लेबनानमा गरी जम्मा ८ वटा देशहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ।[७] यस बाहेक जयनले मोरोक्कोको प्रमुख दूरसञ्चार कम्पनी इन्वीको पनि १५.५% भागको नियन्त्रण गरेको छ। यसले सेवा गर्ने दूरसञ्चार समुदायको महत्त्वपूर्ण साझेदार हो। यो विश्वव्यापी स्तरको मोबाइल सेवाहरू प्रदान गर्न कटिबद्ध छ। यो कम्पनी सामाजिक दायित्व प्रति एकदमै प्रतिबद्ध छ र आर्थिक, सामाजिक र सांस्कृतिक परियोजनाहरू मार्फत यसले जनताको जीवनमा सकारात्मक प्रभाव पार्न काम गर्दै आइरहेको छ।[८]
जयन समूहले सन् २०१६ मा १५.७ करोड दिनार (५१.९ करोड अमेरिकी डलर) र २% को वृद्धि दर हासिल गरेको थियो। यसको कुल वार्षिक संयुक्त राजस्व १.१ अर्ब दिनार पुगेको थियो भने यसले ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघिको आयमा पनि मुनाफा बढाएका थियो।[९] सन् २०१६ को अन्त्यमा यसले ५१.२ करोड दिनार र वृद्धि दर ३% हासिल गरेको थियो।
सन् २०१७ को पहिलो ६ महिनामा यसले ५०.८ करोड कुवेती दिनार (१.६७ अर्ब अमेरिकी डलर) संयुक्त राजस्वको रूपमा उत्पन्न गरेको थियो। यसले ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघिको आयमा २१.२ करोड दिनार (६९.५ करोड अमेरिकी डलर) र ऋण, कर र मूल्यह्रास ४१.७% र कुल नाफा ८.२ करोड गरेको थियो।
जयन ब्रान्ड, जयन मोबाइल सञ्चार कम्पनीको पूर्ण स्वामित्वमा रहेको छ र यो कुवेती सेयर बजारमा पनि सूचीकृत छ।[१०] सन् २०२० मा, यसले, पूर्व भुक्तान ग्राहकहरूका लागि पाचौँ पुस्ता सञ्जाल सेवा सञ्चालन गर्ने घोषण गरेको थियो।[११] सन् २०१६ को रमदानको उपलक्ष्यमा मोरोक्कोका गायक तथा नर्तक सअद लिमुजर्रदले शान्ति फैलाउने उद्देश्यका साथ यसको विज्ञापनमा देखिएका थिए जसले युट्युबमा पाँच दिनमा ४० लाख अवलोकन प्राप्त गरेको थियो।[१२][१३]
इतिहास
[सम्पादन गर्नुहोस्]यस कम्पनीलाई २२ जुन १९८३ मा अमिरी दिक्रिले २.५ करोड कुवेती दिनार पूँजीका साथ कुवेती सार्वजनिक संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना गरेका थिए।[१४] मोबाइल र फ्याक्स सेवाहरू प्रदान गरिरहेको समय देखि यसले प्रविधि माध्यमको अनुसार सर्वोत्तम दूरसञ्चार सेवाहरू उपलब्ध गराएको थियो।[१५] सोही वर्ष कम्पनीले आधिकारिक रूपमा व्यापारीक सेवा प्रदान गर्न थालेको थियो। सन् १९९४ मा कम्पनीले विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको प्रक्षेपण गरेको थियो। विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवातको लगत्तै ग्राहकहरूले पहिलोपटक सन्देश पठाउने, इन्टरनेट चलाउने, अन्तर्राष्ट्रिय रोमिङ सेवाको उपयोग गर्ने, फ्याक्स पठाउने वा प्राप्त गर्ने र विभिन्न व्यक्तिहरूलाई सम्पर्क गर्न, प्रतिबन्ध गर्ने लगायतका सुविधाहरूको प्रयोग ह्वात्तै बढेको थियो। सन् २००४ मा कम्पनीले तेस्रो पुस्ता सञ्जालको प्रक्षेपण गरेको थियो।[१६] सन् २००८ मा, कम्पनी भौगोलिक अवस्थितिको आधारमा विश्वको चौथो ठूलो दूरसञ्चार प्रदायक बनेको थियो।[६]
तैनाथी र सुरुवात
[सम्पादन गर्नुहोस्]सन् २००२ मा, जयनले यसको विस्तार रणनीति सुरु गरेको थियो र यसले सुरुमा कुवेतको भौगोलिक सीमाहरु भित्र लगभग ६,००,००० ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो।[१७]
यसले आफ्नो रणनीतिमा अन्तर्राष्ट्रिय कम्पनी बन्ने कुरा पनि खुलासा गरेको थियो। जयनले भोडाफोन अन्तर्राष्ट्रियसँग ब्रान्ड साझेदारीको सम्झौतामा हस्ताक्षर गरेको थियो र यो सम्झौता हस्ताक्षरको गरेको दुई वर्ष भित्रै जयनले जोर्डन, बहराइन, इराक र लेबनानमा यसको सञ्जाल मञ्च स्थापित गर्नका लागि धेरै अरबी बजारहरूमा प्रवेश गरेको थियो।[१८]
प्रविधि
[सम्पादन गर्नुहोस्]पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]जयन नयाँ प्रविधि प्रति सकारात्मक रूपमा अघि बढेको छ। यसले दिगो मोबाइल दूरसञ्चार प्रविधिमा लगानी गर्दै सेवाहरूको पूर्ण एकीकृत अङ्क प्रदान गर्ने लक्ष्य लिएको छ जसले ग्राहकहरूलाई सेवाको उपभोग गर्न सहज बनाउँदछ।[१९] सञ्चालित देशहरूमा यसको सबै परिचालनहरू मार्फत, जयन मोबाइल सञ्चार सञ्जालको बढ्दो र विकसित भइरहेको विश्वको प्रबन्धमा अग्रणी प्रमाणित भएको मानिएको छ।[२०] नयाँ प्रविधिहरूको द्रुत तैनातीले जयनलाई धेरै परिष्कृत सञ्जालको स्थापना गर्न ठूलो सहयोग पुर्याइरहेको छ र यदि उक्त कदमले समूहलाई मध्य पूर्व र अफ्रिकामा मोबाइल सञ्चार उद्योगको नक्सामा एकदमै भिन्न स्थानमा राख्न सफल भयो भने, यसले कम्पनी सञ्चालन गुणस्तर र प्रभावकारिता व्यवस्थापनमा चुनौती बढाउने बताइएको छ।[२१]
हालसालैका वर्षहरूमा यस समूहले एक प्राविधिक रणनीति अपनाएको छ जसले यसलाई ग्राहकहरूको अनुभव सुधार गर्नमा ठूलो मद्दत पुर्याएको छ। यस प्रविधिले एकल मञ्चको प्रयोग विभिन्न आवृत्ति (९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २.१ गिगाहर्ज) मा विभिन्न प्रविधिहरू (दोसो र तेस्रो तेस्रो पुस्ता सञ्जाल र दीर्घकालीन सञ्जाल) लाई समर्थन गर्दछ।[२२] हाल प्रस्तुत सञ्चार प्रविधिको विकास र विविधताका साथ, यो एक प्राविधिक परिप्रेक्ष्य तथ्याङ्कबाट, विशेष गरी कम्पनीको सञ्चालन क्षेत्रहरूमा चौथो पुस्ता सेवाहरूमा उच्च गति डाटा आदनप्रदान व्यापक रूपमा बढेको सङ्केत हुन्छ।[२३] जयनका अनुसार आफ्नो केही सञ्जालमा यो उन्नत प्रकारको सञ्चार प्रविधि फैलाउन अग्रगामी रहेको छ, जसलाई कुवेत, साउदी अरब, बहराइनर लेबनानमा दीर्घकालीन सञ्जाल प्रविधि व्यापक रूपमा प्रयोग गरिएको छ। डाटा सेवाहरूको ठूलो वृद्धिलाई पूरा गर्न सूचना प्रविधिको क्षेत्रमा लगानीमा बृद्धि गर्दै कम्पनीले यस उद्योगमा आर्थिक बृद्धि गर्न र मध्य पूर्वमा काम गर्ने विधिहरू र प्रयोगकर्ताहरूको व्यक्तिगत जीवनको पुनर्संरचनाको क्षेत्रमा मौलिक भूमिका खेल्दछ।[२४]
अफ्रिकामा उपस्थिति (सन् २००५–२०१०)
[सम्पादन गर्नुहोस्]सन् २००५ देखि २०१० सम्म, मध्य पूर्व र उत्तर अफ्रिकामा बजार विस्तार गर्ने उदेश्यका साथ जयनले उप सहारा अफ्रीकाका धेरै देशहरूमा उपस्थित जनाएको थियो।[२५]
जयन मे २००५ मा, अफ्रिकी दूरसञ्चार बजारमा सेलटेल अन्तर्राष्ट्रियको खरिद पश्चाच् प्रवेश गरेको थियो। यसले सेलटेल अन्तर्राष्ट्रियलाई ३.४ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। सेलटेलले त्यतिबेला अफ्रिकाका १३ देशहरूका ५० लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। जयनले अफ्रिकी महादेशमा धेरै लगानी गरी सञ्जाल विस्तार गरेको थियो। यसले दुईवटा देशहरूका दूरसञ्चार कम्पनीको पनि अधिग्रहण गरेको थियो। जून २०१० मा, जयनका अफ्रिकी महादेशमा ४ लाख ग्राहकहरू रहेका थिए। यसले सो समयमा बुर्किना फासो, चाड, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, गाबोन, घाना, केन्या, माडागास्कर, मलावी, सियरा लियोन, तान्जानिया, युगान्डा र जाम्बियामा सेवा प्रदान गरेको थियो।[२६]
सन् २०१० को सुरुवातमा, जयनले सबै अफ्रिकी सञ्चालन बिक्रीको लागि एक प्रस्ताव स्वीकार गरेको थियो। ८ जून २०१० मा, यसले जयन अफ्रिकाको १००% स्वामित्व भारतको अग्रणी दूरसञ्चार कम्पनी भारती एयरटेल लिमिटेडलाई १०.७ अर्ब अमेरिकी डलरको लागि एक उद्यमको आधारमा बिक्री गर्नको लागि सबै जरूरी अवस्थाहरू पुरा गरेको घोषण गरेको थियो।[२७] ८ जून २०१० मै भारती एयरटेलले जयनले अफ्रिकी महादेशका १५ वटा देशहरूमा प्रदान गर्दै आइरहेको दूरसञ्चार सेवा आफ्नो पक्षमा गरेको थियो जसले गर्दा यो प्रयोगकर्ताका आधारमा विश्वको ५ ठूलो दूरसञ्चार प्रदायक कम्पनी बनेको थियो।[२८]
हाल, जयनले अफ्रिकी महादेशका सुडान र दक्षिण सुडानमा मात्रै दूरसञ्चार सेवा प्रदान गर्दै आइरहेको छ।[२९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अवलोकन, जयन डटकम।
- ↑ مجموعة زين الكويتية للاتصالات, غادة ابراهيم, (अरबी भाषामा)।
- ↑ Zain Group (१३ मार्च २०१६), "Zain Group appoints chairman and CEO", ग्लोबल टेलिकम विजनेस, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ Zain Group (१३ मार्च २०१६), "Zain Group appoints chairman and CEO", ग्लोबल टेलिकम बिजनेस, अन्तिम पहुँच १७ मे २०१७।
- 1 2 معالم و حقائق عن زين, जयन समूह, अन्तिम पहुँच १० अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ هذه الشركات الكويتية ستستفيد من رفع العقوبات عن السودان, الكويتية, المستفيدين, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ "Zain on the Forbes Global 2000 List", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१९।
- ↑ تراجع أرباح شركة زين بسبب فرع السودان, دقيقة, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ السوق المالية السعودية “تداول” تستأنف عملها الأربعاء, المالية, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ Zain offers unlimited opportunities on Kuwait’s most powerful 5G network, कुवेत टाइम्स, अन्तिम पहुँच १० अगस्ट २०२०, (अङ्ग्रेजी भाषामा)।
- ↑ البيانات الصحافية, अन्तिम पहुँच १० अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ Zain's Ramadan TVC soars high on popularity charts ..., commsmea, अन्तिम पहुँच १० अगस्ट २०२०, (अङ्ग्रेजी भाषामा)।
- ↑ أرباح "زين الكويتية" تتراجع 14% بالنصف الأول من 2020, الاتصالات, المتنقلة, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ ?زين? تستحوذ على 92% في ?كنار? السودانية, وافقت, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ بطاقات الجوال و الإنترنت, अन्तिम पहुँच २० मार्च २०२०, (अरबी भाषामा)।
- ↑ الصفحة الرئيسية/ فرص/ تدريب عملي فرص تدريب في السودان لدى شركة زين للاتصالات: موظف اتصالات 2019, للاتصالات, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ «زين السعودية» تعزز من خدماتها لقطاع الأعمال من خلال «مؤسسة فودافون العالمية», إطار, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ استعلام عن فاتور, अन्तिम पहुँच २९ मार्च २०२०, (अरबी भाषामा)।
- ↑ الاتصالات المتنقل, मुबाशेर, अन्तिम पहुँच २० मार्च २०१०, (अरबी भाषामा)।
- ↑ حقوق النشر محفوظة 2020م "زين", अन्तिम पहुँच २० मार्च २०२०, (अरबी भाषामा)।
- ↑ شركة الاتصالات المتنقلة السعودية (زين السعودية), आरजाम, अन्तिम पहुँच २० मार्च २०२०, (अरबी भाषामा)।
- ↑ استعلام عن فاتورة زين برقم الهوية, मसोय, अन्तिम पहुँच २० मार्च २०२०, (अरबी भाषामा)।
- ↑ "مجموعه ها در ریاضیات – مفاهیم پایه", صفحه اصلی, अन्तिम पहुँच ९ जनवरी २०२०। अभिलेखिकरण २०२०-१०-०८ वेब्याक मेसिन
- ↑ شبكة (أم تي أن) للاتصالات تبدأ العمل في مقاطعة فشلا لأول مرة, الخبر, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।
- ↑ "أرباح مجموعة "زين" تنمو 2% في 2", सुडान अखबार, अन्तिम पहुँच नोभेम्बर २०१९।[स्थायी मृत कडी]
- ↑ Quand Celtel quittera l’Afrique…, Frédéric Maury, Jeune Afrique, 7 juillet 2008
- ↑ "Monster Bharti, Zain deal confirmed"।
- ↑ أرباح مجموعة "زين" تنمو 2% في 2017, تنمو, अन्तिम पहुँच ९ अगस्ट २०२०, (अरबी भाषामा)।