अष्टाङ्गयोग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अष्टाङ्गयोगYoga Meditation Pos-410px.png

अष्टाङ्गयोगयोग

याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेगः अर्थात् याेगका अाठ अङ्गकाे समूहलार्इ अष्टाङ्ग याेग भनिन्छ । यम-नियम-अासन-प्रणायाम-प्रत्याहार-धारणा-ध्यान-समाध- याेऽष्टाङ्गानि (पातञ्जलयाेगसूत्रम्) । यही सूत्रबाट नै राजयाेग नामक अध्यायकाे प्रारम्भ भएकाे देखिन्छ ।योग हिन्दू संस्कृतिको एक महान, रहस्यमय एवं गुह्य विज्ञान हो । यसको प्रमाणिक प्रादुर्भाव करवि ५००० वर्ष पहिले भएको पाइन्छ । योग सम्बन्धि उपलब्ध प्राचीन प्रमुख ग्रन्थहरुमा महर्षि पतञ्जलीद्वारा रचित पातञ्जलयोगप्रदीप प्रमुख एवं प्रमाणिक ग्रन्थ हो । योग सम्बन्धि अन्य प्राचीन ग्रन्थहरुमा महर्षि घेरण्डद्वारा रचित घेरण्ड संहिता, योगताराबली, हठयोग प्रदीपिका, योगशिखोपनिषद्, दत्तात्रेय–योगशास्त्र, बहिरंगयोग , पराशर संहिता , याज्ञवल्क्य संहिता ध्यानविन्दुपनिषद् श्रीमद्भगवत् गीता गोरक्ष संहिता इत्यादी हुन् । इतिहासकारहरुले पतञ्जलीलाई ईशापूर्व दोश्रो शताब्दीका मानेका छन् । कैयन् इतिहासकारहरुले महर्षि चरक र पतञ्जली एउटै व्यक्ति हुन् पनि भनेका छन् । आयुर्वेद क्षेत्रका महान विद्वान् श्री चक्रपाणि, विज्ञान भिक्षु तथा भाव मिश्रले पनि चरक र पतञ्जली एउटै व्यक्ति हुन भनि लेखेका छन् । पतञ्जली योगसूत्रमा जम्मा ४ पाद छन् । प्रथम समाधी पाद जसमा ५१ सूत्र छन्, दोश्रो साधना पाद , जसमा ५५ सूत्र छन् । तेश्रो विभूति पाद जसमा ५५ सूत्र छन् र चौथो कैवल्य पाद,जसमा ३४ सूत्र छन् । यसरी पतञ्जली योग सूत्रमा कुल १९५ सूत्र छन् । सूत्र भनेको कुनै ज्ञानको बिजगणितीय सूत्र जस्तै संक्षिप्त प्रारुप हो । जस्तै ः– योगच्श्रित्तवृत्तिनिरोधः अर्थात् चित्तवृत्तिको निरोध हुनुनै योग हो । अथवा मनमा कुनैपनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादी आउनै नदिनु, विचारको निरोध गरिदिनुनै योग गर्नु हो । त्यस्तो अवस्थामा मन, पूर्ण विचार शून्य हुन्छ । मन विचारशून्य भएपछी यो स्वतः ध्यान धारणा र समाधीतिर उन्मुख हुन्छ । मनलाई विचार शून्य बनाउन धैरै कठिन छ । यो अवस्था प्राप्त गर्न त्यती सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुनसंग भन्नुहुन्छ ः– असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। (गिता) अर्थात् हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ , तापनि यसलाइ अभ्यास वा वैराज्ञले नियन्त्रिणमा ल्याउन सकिन्छ । योगको प्रमुख उद्येश्य शरीर र मनलाई मल रहित बनाई आत्मालाई परमात्मामा एकीकरण वा विलय गराउनु हो । योगका कैयौं प्रकारहरु छन् । जस्तै ः हठयोग, ध्यान योग , ज्ञान योग, सांख्य योग, कर्मयोग , भक्तियोग, पे्रम योग इत्यादि । यी सवैको एउटै उद्येश्य ईश्वर साक्षात्कार गर्नुहो । तं विद्याद्दुःख संयोग वियोग योग संज्ञितम् । अर्थात जो दुःख रुप संसारको संयोग बाट रहित छ त्यही नै योग हो । यो महान लक्ष प्राप्त गर्न महाऋषी पतञ्जलीले योगमार्गमा कुल ८ वटा नियमहरुको पालना गर्नुपर्ने कुरा औल्याएका छन् । जस्तै ः– यमनियमासनप्राणायामप्रत्याहार धारणा ध्यान सामाध्योऽष्टावङ्गानि । (प.योगदर्शन) अर्थात् ः– यम,नियम,आसन,प्रणायाम,प्रत्याहार,ध्यान,धारणा र समाधी यी योगका आठ अंग हुन् । तर गुरु गोरखनाथले योगका ६ वटा अंग मात्रै स्वीकार गरेका छन् । उहाँले महाऋषी पतञ्जली निर्मित योगका सुरुका दुई अंगहरु यम र नियमको अनुमोदन गर्नु भएको छैन । जस्तै ः– आसनं प्राणसंरोध प्रत्याहारश्च धारणा । ध्यानं समाधी रेतानि योगांगांनी वदन्तिषट् ।। (गोरक्ष संहिता) । अर्थात ः–आसन,प्राणयाम,प्रत्याहार,धारणा,ध्यान र समाधी लाई योगका ६ अंग भन्दछन् । तर अधिकांश योगाचार्य हरुको मतमा योग सिद्धिको लागि आठवटा नियमहरुको अनिवार्यता भएकोले निम्न ८ वटा योगमार्गको अनुसरण बाट मात्रै योगको पूर्ण लक्ष प्राप्त गर्न सकिन्छ । जुन यसप्रकार छन् ः– [१] पतञ्जलिद्वारा प्रतिपादन गरिएका याेगका यी अाठ अङ्गलार्इ उनैले दुर्इ भागमा विभक्त गरेका छन् -


१.बहिरङ्ग भाग ः यम-नियम-आसन-प्राणायाम-प्रत्याहार अष्टाङ्ग याेगका बहिरङ्ग भाग मानिन्छन् । शरीरका बाह्य पक्षहरूकाे साधनाका निमित्त

बहिरङ्ग याेगकाे अावश्यकता पर्दछ । यिनीहरू बहिर्निष्ठ हुन्छन् ।

अन्तरङ्ग भाग ः धारणा, ध्यान, समाधि अष्टाङ्ग याेगका अन्तरङ्ग पक्ष हुन् । यिनीहरू अात्मनिष्ठ हुन्छन्, त्यसैले अात्मचिन्तनद्वारा यिनीहरूकाे सिद्धि प्राप्त हुन्छ । उपर्युक्त सबैकाे खाेलुवा तल दिइएकाे छ ः

१ यम[सम्पादन गर्ने]

यम अन्तरगत अहिंसा,सत्य,अस्तेय,ब्रह्मचर्य र अपरिग्रह पर्दछन् । यिनहिरुको विस्तृत व्याख्या तल गरीएको छ

अहिंसा[सम्पादन गर्ने]

प्राणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनु हो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउँछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक ।

१. बाैद्धिक अहिंसा ः प्राणी मात्रलार्इ अाफुसमान देख्नु, मनले कसैकाे कुभलाे नचिताउनु बाैद्धिक हिंसा हाे । यसलार्इ मानसिक हिंसा पनि भनिन्छ ।

२. वाचिक अहिंसा ः शस्त्र अस्त्रकाे चाेट बिर्सन सकिन्छ तर वचनद्वारा लागेकाे चाेट सदासर्वदा रहिरहन्छ । अर्काकाे हित गर्ने र मनाेहारी वचन बाेल्नु वाचिक अहिंसा हाे ।

३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ ।

अस्तेय[सम्पादन गर्ने]

कुनै पनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु÷नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्नु अस्तेय हो ।

सत्य[सम्पादन गर्ने]

मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्य हो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राणीकाे हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ सत्यमेव जयते नानृतम् अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ । सत्यलार्इ दुर्इ भागमा बाँडेर अध्ययन गरिएकाे छ मानसिक वा बाैद्धिक सत्य र वाचिक सत्य । १. मानसिक (बाैद्धिक सत्य) - मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे ।

ब्रह्मचर्य[सम्पादन गर्ने]

मन वचन र कर्मले कामवाशनाको पूर्ण निरोध बह्मचर्य हो । योगशास्त्रहरुमा अनावश्यक यौनकृया अथवा संभोगले मानिसमा रहेको दिव्य ऊर्जा नाशहुन्छ भनि बताइएको छ । जस्तै – मरणं विन्दुपातेन जीवनं विन्दुधारणात् । योगशास्त्र अनुसार चेतनाको उच्चस्तर विकासमा अनावश्यक संभोग बाधक छ । यसको इच्छा प्रथमतः मनमा जाग्दछ , अतः यसको कामना मानसिक धरातलमै नआओस भनि यसको निरोधको अभ्यास गर्नु भनेको ब्रह्मचर्य हो । भनिएको छ – कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुन त्यागी ब्रह्मचर्य प्रचक्षते । अर्थात मन, वचन र कर्मले हुने सवै किसिमका मैथुनको त्याग गर्नुनै ब्रह्मचर्य हो । तपाईले अश्लील वार्ता सुन्नु मात्रै भयो भने तपाई ब्रह्मचारी मानिनु हुन्न । यो ब्रह्मचर्यको परिभाषा हो ।

अपरिग्रह[सम्पादन गर्ने]

अपरिग्रह भनेको आफुलाई नचाहिने अनावश्यक बस्तुको संग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आपूmलाई ठान्नु परिग्रह हो । यसको विपरित ती यावत् वस्तुहरुको स्वामित्व बाट अलग्गिनु अपरीग्रह हो । संक्षेपमा संक्षिप्त जीवन यापन भन्दा बढी अनावश्यक भौतिक बस्तुको संग्रह नगर्नु नै अपरीग्रह हो । भगवान बुद्घले पनि आफ्नो साधना पद्घती विपश्यनाका साधकहरु लाई यी उपर्युक्त अनुशासनहरुको अनिवार्य पालना गर्ने निर्देशन दिनु भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. याेगाचार्य,सिंह सी.बी. (सन् २००८ः १४), अष्टाङ्ग याेग कला, देहली, भारत ः दिव्य संस्कृति प्रतिष्ठान