आइएसी (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइएसी
पूर्व नाम
एचएसएन निगम (सन् १९९६–१९९८)
युएसए सञ्जाल निगम
(सन् १९९८–२००२)
युएसए इन्टरएक्टिभ (सन् २००२–२००३)
इन्टरएक्टिभ कोर्प (सन् २००३–२००४)
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS44891N1090 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसञ्चार माध्यम
पूर्ववर्तीहरूसिल्भर किङ सञ्चार
स्थापितअगस्ट २४, १९९५; २८ वर्ष पहिले (१९९५-०८-24)
केन्द्रीय कार्यालयआइएसी भवन, ,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
ब्यारी डिलर (अध्यक्ष र वरिष्ठ अधिकृत)
जोए लेभिन (कार्यकारी)
उत्पादनहरूअन्तरक्रियात्मब माध्यम
आम माध्यम
इन्टरनेट
राजश्व $ ३.१४ अर्ब (सन् २०१६)
परिचालन आय
ह्रास $ ३.२६ करोड (सन् २०६)
ह्रास $४.१३ करोड (सन् २०१६)
कुल सम्पत्ति US$४.६५ अर्ब (2016)
कुल इक्विटी $२.०१ अर्ब (सन् २०१६)
कर्मचारी सङ्ख्या
९,२६९[१] (2017)
वेबसाइटiac.com

आइएसी एक अमेरिकी नियन्त्रक कम्पनी हो जसले १०० भन्दा बढी देशहरूमा विभिन्न सञ्चार माध्यम र इन्टरनेट सम्बन्धित ब्राण्डहरूको स्वामित्व राख्दछ।[२] कम्पनीको प्रधान कार्यालय न्यु योर्क सहरमा अवस्थित छ[३] भने यसलाई डेलावेयर सहरबाट सुरु गरिएको थियो।[४] जोए लेभिन, पहिले कम्पनीको खोज र अनुप्रयोग क्षेत्रको नेतृत्व गरेका जोए लेभिनले सन् २०१५ देखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।[५] [६]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९८० र सन् १९९० को दशक[सम्पादन गर्नुहोस्]

आइएसी सन् १९८६ मा स्थानीय टेलिभिजन स्टेसनहरू खरीद गर्दै होम सपिङ नेटवर्क (अनुवादित: गृह किनमेल सञ्जाल)को दर्शक सङ्ख्या बढाउने योजनाको एक अंशको रूपमा, सिल्भर किङ प्रसारण कम्पनीको रूपमा स्थापित भएको थियो।[७][८] सन् १९८८ सम्ममा, सिल्भर किङले ११ स्टेसनहरूलाई करिबकरिब २२ करोड अमेरिकी डलरमा खरिद गरेको थियो।[८] कम्पनीले पछि यसको नाम एचएनएस सञ्चार, निगम र त्यसपछि सिल्भर किङ सञ्चार निगममा परिवर्तन गरेको थियो।[७] सन् १९९२ मा, सिल्भर किङ एचएसएनका सेयरधनीहरूका माझ टुक्रिँदै एक सार्वजनिक कम्पनीको रूपमा गठन भएको थियो।[९] अगस्त १९९५ मा अमेरिकी व्यापारी ब्यारी डिलरले सिल्भर किङलाई खरिद गरेका थिए जसलाई कम्पनीको सबैभन्दा ठूलो सेयर रहेको लिबर्टी मिडिया निगमको समर्थन रहेको थियो।[१०][११] फक्स प्रसारण कम्पनीको निर्माणको नेतृत्वमा रहेका डिलरले कथित एक नयाँ प्रसारण सञ्जालको आधारको रूपमा सिल्भर किङको स्टेसनको उपयोग गर्न आशा लिएका थिए। [११]

सन् १९९० को दशकमा कम्पनीले धेरै सम्पत्तिहरू अधिग्रहण गरेको थियो। डिसेम्बर १९९६, मा, सिल्भर किङले १.३ अर्ब अमेरिकी डलरको सेयरमा एचएसएनमा ८०% स्वामित्व प्राप्त गरेको थियो र यसको आफ्नो नाम एचएसएन, निगममा परिवर्तन गरेको थियो।[१२][१३][१४] सोही समयमा, कम्पनीले सेभो पिक्चर्स, एक असफल चलचित्र स्टुडियोलाई २१ करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो जसले अमेरिकी कम्पनी एसएफ प्रसारण मार्फत फक्समा आवद्ध ४ स्टेसनहरूको पूर्ण स्वामित्व कायम गरेको थियो।[१५] एचएसएनले जुलाई १९९७ मा टिकटमास्टर समूहमा नियन्त्रक अंश खरीद गरेको थियो र बाँकी कम्पनीलाई जुन १९९८ मा प्राप्त गरेको थियो। फेब्रुअरी १९९८ मा, यसले युनिभर्सल स्टुडियोको टेलिभिजन सम्पत्ति (युएसए सञ्जाल, साइ-फाई च्यानल, र युनिभर्सल टेलिभिजनको घरेलु उत्पादन र वितरण उपकरण सहित) लाई ४.१ अर्बमा खरिद गरेको थियो।[१६] कम्पनीको नाम यस बिन्दुमा आफ्नो नाम युएसए सञ्जाल निगममा परिवर्तन गरेको थियो।अधिग्रहण रणनीतिलाई जारी राख्दै, कम्पनीले मे १९९९ मा, १४ करोड ९० लाख अमेरिकी डलरमा होटेल आरक्ष सञ्जालको अधिग्रहण गरेको थियो।[१७][१८]

युएसए नेटवर्क्सले टिकटमास्टरको अनलाइन विभागलाई सेप्टेम्बर १९९८ मा सहर सहयोगी वेबसाइट सिटी सर्चको साथ गाभेको थियो[१९][२०] र यस लगत्तै नयाँ कम्पनी स्थापना गरिएको थियो जुन टिकटमास्टर अनलाइन - सिटी सर्चको रूपमा सार्वजनिक भएको थियो।[२०] युएसए नेटवर्क्सले त्यसपछि सन् २००१ मा टिकटमास्टरको सम्पत्तिलाई टिकटमास्टर अनलाइन - सिटी सर्चलाई बिक्री गरेको थियो[२१][२२] र संयुक्त कम्पनीमा ६१% प्रतिशतको सेयर कायम गरेको थियो जुन हाल केवल टिकटमास्टरको रूपमा परिचित छ।[२३][२४] युएसए सञ्जालले सन् २००३ मा, सबै सेयरहरूको खरीद गर्दै टिकटमास्टरलाई पूर्ण स्वामित्वमा फिर्ता ल्याएको थियो।[२५]

सन् २००० को दशक[सम्पादन गर्नुहोस्]

सन् २००० को दशकको सुरुमा, युएसए सञ्जालले आफ्नो परम्परागत टेलिभिजन प्रसारण र उत्पादन एकाइहरूलाई अलग गर्न सुरु गरेको थियो।[२६] मे २००१ मा युनिभिजन सञ्चारले १३ स्थानीय स्टेसन सहित युएसए नेसञ्जालको विभाग, युएसए प्रसारणलाई अधिग्रहण गरेको थियो।[२७] अर्को वर्ष, फ्रान्सेली कम्पनी भिभेन्दीले युएसए सञ्जाल र साइ-फाइ च्यानल[२८] लगायतका युएसए सञ्जालका बाँकी प्रसारण मनोरञ्जन व्यवसायहरूलाई खरीद गरेको थियो।[२९] खरिद पश्चात्, डिलरले नेतृत्वमा रहेको एक नयाँ कम्पनी भिभेन्दी विश्वव्यापी मनोरञ्जन (अनुवादित शीर्षक) को स्थापना गरिएको थियो।[३०] लेनदेनको समयमा, युएसए सञ्जालले आफ्नो अनलाइन विभागको निर्माण गर्न जारी राखेको थियो।[३१] जुलाई २००१ मा, कम्पनीले एक्सपिडियाको अधिग्रहणको साथ अनलाइन यात्रा व्यवसायमा प्रवेश गरेको थियो[३२] जहाँ यसले यो भन्दा अगाडिको वर्षमा इन्टरभल अन्तर्राष्ट्रियको अधिग्रहण गरेको थियो।[३३]

अनलाइन सम्पत्तिमा ध्यान केन्द्रित गरे पश्चात्, यसले मे २००२ मा, यसको नाम युएसए इन्टरएक्टिभ[३४] ( युएसएआई) मा परिवर्तन गरेको थियो भने यसले जुन २००३ मा, नाम इन्टर एक्टिभ कोर्पमा[३५] परिवर्तन गरेको थियो र अन्ततः जुलाई २००४ मा कम्पनीफे आफ्नो नाम आइएसी/इन्टर एक्टिभ कोर्पमा परिवर्तन गरेको थियो।[३६]

अगस्त २००३ मा, आइएसीले अनलाइन विनिमय तुलना वेबसाइट प्राप्त लेन्डिङट्री प्राप्त गरेको थियो[३७] र सेप्टेम्बरमा, कम्पनी छुट यात्रा वेबसाइट हटवायर डटकमको अधिग्रहण गरेको थियो।[३८] अक्टोबरमा, आइएसीले फ्रान्सेली यात्रा वेबसाइट एनिवे डटकम त्रान्सात मार्फत ६ करोड २७ लाख अमेरिकी डलरमा खरिद गर्न सहमत भएको थियो।[३९]

सन् २००४ र २००५ मा, आइएसीले अधिग्रहण मार्फत यसको वृद्धिलाई जारी राखेको थियो।[४०] यसले सम्पत्ति थप गर्दै ट्रिपएडभाइजर, सर्भिसम्याजिक , र आस्क जिभ्स लगायतका सेवाहरूलाई प्राप्त गरेको थियो।[४१] यसले यस अवधिमा गिफ्ट्स डटकमको पनि सुरुवात गरेको थियो। अगस्त २००५ मा, कम्पनीले आफ्नो यातायात सम्बन्धी वेबसाइटहरूसँग सहकार्य गर्दै नयाँ सार्वजनिक कम्पनी, एक्सपिडिया, निगमको रूपमा काम सञ्चालन गरेको थियो।[४२] सन् २००६ मा, यसले सुबाई डटकमलाई खरिद गरेको थियो। जसलाई कम्पनीले पछि जेट र कनेक्टेड भेन्चर नामक कम्पनीलाई बिक्री गरेको थियो जसमा कलेनह्युमर र भिमिओ समावेश थिए।[४३]

मे २००८ मा, आइएसी र आक्स डटकमले लेक्सिकोलाई प्राप्त गरेका थिए[४४] जुन डिक्सनरी डटकम ,थेसौरुस डटकम, र रिफेरेन्स डटकमको मालिक हो।[४५] अगस्त २००८ मा, आइएसीले यसको धेरै व्यवसायहरूलाई रद्द गर्दै ट्री डटकम (पूर्व लेन्डिङट्री), होम सपिङ नेटवर्क, टिकटमास्टर, र इन्टरभल अन्तर्राष्ट्रिय समावेश छन्। सन् २००९ मा, आइएसीले अर्वनस्पुन[४६] र पिपुल मिडियालाई[४७] खरिल गरेको थियो र निर्माता कम्पनी नोस्योनालको सुरुवात गरेको थियो।[४८] पछि, यसले सन् २०१५ मा, अर्बनस्पुनलाई जोमाटोका लागि बिक्री गरेको थियो।[४९]

तथ्यसूत्र[सम्पादन गर्नुहोस्]

  1. https://www.iac.com/media-room/press-kit/key-facts
  2. Cohen, Aaron (२०२०-०१-०७), "How the remnants of About.com are stealthily taking over the internet", फास्ट कम्पनी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-१६ 
  3. "Inline XBRL Viewer", www.sec.gov, अन्तिम पहुँच २०२०-०५-०६ 
  4. "Our Brand Locations", IAC, मूलबाट २०१२-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०१-२८ 
  5. "Joey Levin | IAC", iac.com, मूलबाट २०१५-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१२-१६ 
  6. "IAC/InterActiveCorp | Leadership of IAC from company website", आइएसी, मूलबाट २०१६-११-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१२-१६ 
  7. ७.० ७.१ Form 10-K: Annual Report (Report). एचएसएन निगम. April 14, 1997. p. 3. https://www.sec.gov/Archives/edgar/data/891103/0000950144-97-004147.txt. अन्तिम पहुँच मिति: 2017-08-27. 
  8. ८.० ८.१ James Greiff (जुलाई ४, १९८८), "Cable TV broker has a new vision", St. Petersburg Times – न्युज ब्याङ्कद्वारा। 
  9. "HSN completes Silver King spinoff", The Roanoke Times, डिसेम्बर ३०, १९९२ – न्युज ब्याङ्कद्वारा। 
  10. "Diller Is Cleared To Take Control of Silver King", न्युयोर्क टाइम्स, १९९६-०३-१२, मूलबाट २०१५-०१-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-०८ 
  11. ११.० ११.१ Geraldine Fabrikant (अगस्ट २६, १९९५), "Return of the fox", Fort Worth Star-Telegram – न्युज ब्याङ्कद्वारा। 
  12. Martin Peers (डिसेम्बर १९, १९९६), "Silver King annexes HSN", Variety, मूलबाट २०१६-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१३ 
  13. Mark Albright (अगस्ट २७, १९९६), "HSN is acquired as deal is revamped", Petersburg Times – NewsBankद्वारा। 
  14. Form 8-K: Acquisition or disposition of assets (Report). Silver King Communications. December 23, 1996. https://www.sec.gov/Archives/edgar/data/891103/0000898822-96-000595.txt. अन्तिम पहुँच मिति: 2017-08-31. 
  15. "Diller to take over Savoy, Home Shopping", UPI NewsTrack, नोभेम्बर २७, १९९५ – न्युज ब्याङ्कद्वारा। 
  16. "HSN, With 50.1%, Has Controlling Stake In Ticketmaster", न्युयोर्क टाइम्स, १९९७-०७-३०, मूलबाट २०१४-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-०८ 
  17. Kevin Shinkle (मार्च ११, १९९८), "USA Networks gets deal after boosting bid for Ticketmaster", Fort Worth Star-Telegram, ब्लुमबर्ग – NewsBankद्वारा। 
  18. Form 10-K: Annual Report (Report). USA Networks, Inc.. March 24, 1999. p. 3. https://www.sec.gov/Archives/edgar/data/891103/0000950123-99-002419.txt. अन्तिम पहुँच मिति: 2017-08-27. 
  19. "Barry Diller Is No Visionary, But...", फर्च्युन पत्रिका, मूलबाट २०१५-०१-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-०८ 
  20. २०.० २०.१ "HSN adds to TV fare; is renamed", द टाम्पा ट्रिब्युन, फेब्रुअरी १३, १९९८ – न्युज ब्याङ्कद्वारा। 
  21. Form S-1: Registration Statement (Report). Ticketmaster Online–CitySearch. September 30, 1998. p. 5. https://www.sec.gov/Archives/edgar/data/1006637/0001012870-98-002510.txt. अन्तिम पहुँच मिति: 2017-08-27. 
  22. "Ticketmaster Online has IPO", एसोसिएटेड प्रेस समाचार सेवा, डिसेम्बर ३, १९९८ – न्युज ब्याङ्कद्वारा। 
  23. Gary Gentile (नोभेम्बर २२, २०००), "USA Networks consolidates Ticketmaster operations", एसोसिएटेड प्रेस अभिलेख – न्युजब्याङ्कद्वारा। 
  24. "Ticketmaster Online–CitySearch and Ticketmaster close transaction" (प्रेस विज्ञप्ति), Ticketmaster, जनवरी ३१, २००१, मूलबाट २०१७-०८-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-२७ – एड्गरद्वारा। 
  25. "USA Interactive completes acquisition of Ticketmaster" (प्रेस विज्ञप्ति), युएसए इन्टरएक्टिभ, जनवरी १६, २००३, मूलबाट २०१६-०२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१६ 
  26. "U.S. Approved Univision Deal", न्युयोर्क टाइम्स, २००१-०५-०९, मूलबाट २०१४-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  27. "Vivendi Completes USA Deal", लस एन्जलस टाइम्स Times, २००२-०५-०८, मूलबाट २०१४-१२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  28. "Vivendi Seals $10.3B USA Networks Deal", फक्स न्युज, २००१-१२-१७, मूलबाट २०१४-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  29. "USA Networks acquires Expedia", द सिकागो ट्रिब्युन, २००१-०७-१७, मूलबाट २०१५-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१८ 
  30. "USA Interactive to Acquire Interval International...", HospitalityNet.org, मूलबाट २०१५-०५-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१८ 
  31. "History", आइएसी, मूलबाट २०१६-१२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ५, २०१६  The page repeatedly refers to "USAI", e.g. "USAI acquires Precision Response Corporation (announced 1/00)".
  32. "USA Networks, Inc. completes transaction with Vivendi Universal; company renamed USA Interactive" (प्रेस विज्ञप्ति), युएसए इन्टरएक्टिभ, मे ७, २००२, मूलबाट २०१७-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-२७ – EDGARद्वारा। 
  33. "LendingTree suitor changing name", बिज पत्रिका, मूलबाट २०१४-११-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  34. Form 8-K: Current report (Report). IAC/InteractiveCorp. July 14, 2004. https://www.sec.gov/Archives/edgar/data/891103/000110465904019525/a04-7811_18k.htm. अन्तिम पहुँच मिति: 2017-08-27. 
  35. "InteractiveCorp to buy Hotwire", युएसए टुडे, २००३-०९-२२, मूलबाट २०१४-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  36. "Transat announces sale of Anyway.com to IAC/InterActiveCorp", द फ्रि लाइब्रेरी, मूलबाट २०१४-१०-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२४ मिति
  37. Hansell, Saul (२००४-०३-१७), "Deals: InterActive Corp to Acquire TripAdvisor", न्युयोर्क टाइम्स, मूलबाट २०१४-११-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  38. "IAC/InterActive Corp Acquires ServiceMagic", ACHR News, मूलबाट २०१५-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  39. Fabrikant, Geraldine (२००५-०३-२१), "AskJeeves Inc to Be Bought for $2 Billion", न्युयोर्क टाइम्स, मूलबाट २०१५-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  40. "IAC Launches Gift-Giving Web Site", वाल स्ट्रिट जर्नल, २००५-०३-२१, मूलबाट २०१५-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  41. Hansell, Saul (२००५-०८-०८), "Spinoff of Expedia Comes at Tough Time for Its Sector", न्युयोर्क टाइम्स, मूलबाट २०१४-११-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  42. "Walmart buys Zappos competitor ShoeBuy for $70M to help Jet.com battle Amazon in online apparel", गिकवायर (अङ्ग्रेजीमा), २०१७-०१-०६, मूलबाट २०१७-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०१-०९ 
  43. "IAC Buys CollegeHumor.com", एड्विक, मूलबाट २०१४-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-१५ 
  44. "IAC to Buy Lexico to Boost Its Ask.com" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०९ मिति. वाल स्ट्रिट जर्नल। पहुँचमिति ११ फेब्रुअरी २०१५।
  45. "IAC: And Then There Were Five" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-२९ मिति। फोर्ब्स। पहुँचमिति १३ जुन २०१०।
  46. "IAC purchases Seattle restaurant guide site UrbanSpoon", सियाटल टाइम्स, मूलबाट २०१५-०२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१५ 
  47. "IAC Buys More Dating Sites For $80 Million", बिजनेस इन्साइडर, मूलबाट २०१५-०२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१५ 
  48. "IAC Announces Launch of Production Company Notional", पिआर न्युजवायर, मूलबाट २०१५-०२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१५ 
  49. "Zomato buys Urbanspoon for $52M to enter US", १२ जनवरी २०१५, मूलबाट २०१६-०३-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण १४ मार्च २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:आइएसी ढाँचा:मुख्य इन्टरनेट कम्पनीहरू