आन्द्रे पिर्लो
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | आन्द्रे पिर्लो[१] | ||
उचाइ | १.७७ मी (५ फिट १० इन्च)[२] | ||
खेल्ने स्थान(हरू) | मिडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | युभेन्टस | ||
सङ्ख्या | २१ | ||
युवा करियर | |||
१९९४–१९९५ | ब्रेस्सीया | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९५–१९९८ | ब्रेस्सीया | ४७ | (६) |
१९९८–२००१ | इन्टर मिलान | २२ | (९) |
१९९९–२००० | → रेग्गिना (ऋण) | २८ | (६) |
२००१ | → ब्रेस्सीया (ऋण) | १० | (०) |
२००१–२०११ | एसी मिलान | २८४ | (३२) |
२०११– २०१५ | युभेन्टस | ११९ | (१६) |
२०१५-२०१७ | न्यु योर्क सिटी | ||
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००२– | इटाली | ११३ | (१३) |
सम्मान | |||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० मे २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ अक्टोबर २०१४ |
आन्द्रे पिर्लो (जन्म: १९ मे १९७९) इटालियन पेशागत फुटबल खेलाडी हुन् । उनी इटालियन सिरी ए क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुन्, जसलाई डिप-लाईङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाईन्छ । साथै उनको हेराई, बल नियन्त्रण र पास गर्ने अभुतपुर्व क्षमताका कारण उनलाई यो स्थानमा खेल्ने विश्वकै अग्रज फुटबलर मानिन्छ । राष्ट्रिय टोलीमा ११३ उपस्थिति जनाएका पिर्लो इटालीको फुटबल इतिहासकै चौथो सर्वाधिक उपस्थिति जनाउने खेलाडी हुन् । उनले इटालीको युवा टोलीमा १५, १८ र २१ वर्ष उमेर समुहमा खेल्ने अवसर पाएका थिए । यु-२१ टोलीका लागि आफ्नै कप्तानीमा २००० यूइएफए यूरो यू-२१ च्याम्पियनशीप जिताएका थिए भने उच्च गोलकर्ता पनि बनेका थिए । २००२ फिफा विश्वकपको छनौट खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका पिर्लोले आफ्नो कप्तानीमा टोलीलाई २००४ ओलम्पिकमा कास्य पदक दिलाएका थिए । उनी २००६ फिफा विश्वकपमा टोलीको विजयका लागि सहाय्यकारी सावित भए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
- ↑ "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अन्तिम पहुँच ५ जुन २०१३।
- ↑ "Andrea Pirlo", juventus.com, अन्तिम पहुँच १९ जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति